लोकतन्त्रको रक्षार्थ, सुशासनको प्रत्याभूति र सद्भाव प्रवर्द्धनमा केन्द्रित रही मानवअधिकार तथा शान्ति समाजले नौ जिल्लामा नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ । मङ्सिर १६ गते कास्कीको पोखराबाट सुरु भएको अभियानअन्तर्गत मङ्सिर २० सम्ममा स्याङ्जा, पाल्पा, रुपन्देही, नवलपरासी पश्चिम, नवलपुर, चिवतन, गोरखा र नुवाकोटमा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको समाजले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल सहित स्थानीय, नागरिक समाजका प्रतिनिधि र राजनीतिक समाजका प्रतिनिधिले मन्तव्य व्यक्त गरेको नागरिक संवाद कार्यक्रममा सर्वसम्मतिबाट नौवटा नागरिक सङ्कल्पसमेत जारी भएको छ ।
पचहत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका दिन मङ्सिर २४ गते काठमाडौँ रामशाहपथस्थित नेपाल बार एशोसिएसनको सभाकक्षमा दिउँसो १ बजे आयोजना हुने कार्यक्रममा नागरिक सङ्कल्प र नौ जिल्लामा व्यक्त नागरिक आवाजको सार प्रस्तुत गरिने छ । यो कार्यक्रम देशव्यापीरूपमा आयोजना गरिँदै छ । मानवअधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले विसं २०५३ जेठ १९ गते स्थापित मानवअधिकार तथा शान्ति समाज एक स्वयंसेवी संस्था हो ।
भर्खरै
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं