देश

आउँला त मेट्रो रेल ?
काठमाडौँ, २७ कात्तिक। सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन अध्ययन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको बैठकले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको हो । राष्ट्रिय योजना आयोगले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदनकाअनुसार...
विद्युत् चोरी गर्ने ८ जना पक्राउ
मोरङ, २७ कात्तिक।विद्युत् चोरी नियन्त्रण गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङले गए राति आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कर्यालय मोरङ, सशस्त्र प्रहरी र विद्युत् प्रधिकरणको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा जिल्लाको ग्रामथान गाउँपालिका–२ बाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–२ बस्ने रञ्जित मण्डल, आशाराम माझी, बिल्लु पोदार, वीरनारायण...
नाकाबन्दीको समर्थन गर्नेसँग मेरो प्रतिस्पर्धा तुलना गर्न मिल्दैन :लालबाबु पण्डित
नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा मोरङ क्षेत्र न. ६ का उम्मेदवार लालबावु पण्डितले आफ्नो जित सुनिश्चित भएको बताएका छन् । नेपाली कांग्रेसबाट प्रभावशाली नेता डा. शेखर कोइराला समेत उम्मेदवार बनेको मोरङ क्षेत्र नं ६ राष्ट्रिय राजनीतिमा चासोको विषय बनेको छ । मोरङ क्षेत्र नम्बर ६ को चुनावी प्रतिस्पर्धालाई रोचक रुपमा हेरिएको छ । प्रभावशाली र...
पूर्वराष्ट्रपतिमाथि घरभाडा नतिरेको भन्दै अपमान ! घरभेटीले पत्रिकामै छपाए १५ दिने सूचना
२० कात्तिक, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवमाथि सार्वजनिक बेइज्यती भएको छ । सरकारले गत साउन महिनादेखि पूर्वराष्ट्रपतिले आवासको भाडा नतिरेको भन्दै घरबेटीले १५ दिनभित्र घर खाली गरिदिन सोमबार पत्रिकामा सूचना जारी गरेका छन् । पूर्वराष्ट्रपति यादव ललितपुर- ४ स्थित बागडोलमा रहेको रविभक्त विष्टको घरमा भाडा तिरेर बस्दै आएका छन् । पूर्वराष्ट्रपतिको आवासको भाडा सरकारले...
कास्कीमा पाँच जनाले उम्मेदवारी फिर्ता लिए, बागी उठेका पालिखेले लिएनन्
पोखरा, १९ कात्तिक / कास्कीमा प्रतिनिधिसभा तर्फ २ र प्रदेशसभा तर्फ ३ गरी पाँच जनाले उम्मेदवारी फिर्ता लिएका छन् । तर, कास्की क्षेत्र नम्वर​ २ ‘ख’मा कांग्रेसबाट बागी उम्मेदवारी दिएका नरेश शंकर पालिखेको भने उम्मेदवारी फिर्ता भ​एको छैन । निर्वाचन आयोगले तोकेको शनिबार​​ दिउँसो १ बजेसम्ममा नेपाली कांग्रेसका ३ जना बागी उम्मेद्वारले उम्मेद्वारी फिर्ता गरेका...
गोरखामा कांग्रेस र माओवादी समर्थकबीच खुकुरी हानाहान, ३ जना घाइते
गोरखा १९ कार्तिक । भिमसेन गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गर्ने विषयमा विवाद हुँदा आइतबार साँझ भिमसेन–५ बगुवामा खुकुरी हानाहान भएको छ । कांग्रेस, माओवादी विवादका कारण युवाहरुबीच खुकुरी हानाहान भएको हो । दुई पक्ष बीचको झडपमा कांग्रेसका स्थानीय सबिन बानिँया, माओवादीका सुजन श्रेष्ठ र सुमन श्रेष्ठ गरी तीन घाइते भएका छन् । घाइतेहरुको टाउकोमा...
चुनाव भाँड्न भिआइपी मार्ने योजना, चार भारतीय ‘सुटर’ पोखराबाट पक्राउ
पोखरा, १८ कार्तिक / नेपाल प्रहरीले चार जना भारतीयलाई पोखराबाट पक्राउ गरेको छ । काठमाण्डौंको कमलादीबाट पेस्तोलसहित दुई जना भारतीय सुटर पक्राउ परेको घटना सेलाउन नपाउदै पोखरा प्रहरीले ४ भारतीयलाई शुक्रबार राति पोखराको सिद्धार्थ चोकबाट पक्राउ गरेको छ । पोखरा प्रहरी प्रमुख एसपी अशोक सिंहले चार जना भारतीय सुटरसहित १२ जनालाई शुक्रवार राति पक्राउ गरिएको...
रातारात पोखरा घुम्न आएका दुई युवक बाईक दुर्घटनामा, पैदलयात्री सहित तीनको मृत्यु
दमौली, कात्तिक १६ । पृथ्वी राजमार्गको डुम्रे–मुग्लिन सडकखन्डमा पर्ने आबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा बुधबार राति मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएर पल्टिँदा तीनजनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको वा३८प ५९७५ नम्बरको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजना र एक पैदल यात्रुको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलका चालक भक्तपुर कैलाशपुर बस्ने २०...
मोरङ ६ मा लालबाबुसँग काँग्रेसले शेखर कोईराला भिडाउने, एमालेलाई चार, माओवादीलाई दुई सीट
बिराटनगर, १४ कात्तिक । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं सफल पूर्व मन्त्री लालबाबु पण्डित मोरङ ६ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार छन् । नेपाली काँग्रेसले केन्द्रिय नेता शेखर कोईरालालाई लालबाबुसँग भिडाउँदैछ । नेकपा एमाले र माओवादीले मोरङ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ सिट र २ सीटमा भागवण्डा गरेका छन् । प्रदेशसभाका १२ सीटमध्ये दुबै...
प्रदेश-४ मा वामपन्थीको सिट बाँडफाँट (नामावलीसहित)
पोखरा, १३ कार्तिक: ४ नम्बर प्रदेशका जिल्लामा वाम गठबन्धनले उम्मेदवार बाँडफाँटको टुंगो लगाएको छ । उम्मेदवार छनोट कार्यदलले प्रदेश नम्बर ४ का टुंगो लाग्न बाँकी जिल्लाको छिनोफानो आइतबार साँझ गरेको हो । वाम गठबन्धनका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ तथा केही समानुपातिक सिट बाँडफाँटको टुंगो लगाएका...
‘सिंहदरबार बदल्ने संघर्ष’, अब देश बदल्ने संघर्षका लागि लालबाबु चुनावमा
राष्ट्रबादी नेता लालबाबु पण्डितको जीवनलाई पुस्तककै रुपमा पढ्न पाईने भएको छ । अब एक हप्ताभित्रै पब्लिकेसन नेपालयले सार्वजनिक गर्ने तयारी गरेको छ । ‘सिंहदरबार बदल्ने संघर्ष’ नामाकरण गरिएको यो पुस्तक यसै महिनाभित्र सार्वजनिक हुने नेपालयले जनाएको हो । पण्डितले युवा सञ्चारकर्मी मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन् । आसन्न प्रतिनिधि सभाकाो चुनावमा लालबाबु पण्डित...
ऋणले डुबियो भन्दै छोरा मारेर आफू मर्नेको सर्वत्र आलोचना – ‘छोरो त नामर्द हुतिहारा हुन्थेन नि’
धनगढीका एक पुरुषले श्रीमती तिहारमा माईत पठाएर छोरो मारे र आफू पनि मरे । ४१ वर्षीय विश्वेश्वर जोशीले ८ वर्षीय होनहार छोरोलाई क्रुर ढंगले हत्या गरी आफू झुण्डिएका थिए । श्रीमती भाइटीकाका लागि विराटनगरस्थित माईतीघर गएका बेला साँझ छोराको हत्या गरेका थिए । जोशीले सुसाईड नोट पनि लेखेको प्रहरीले जनाएको छ । नोटमा जोशीले ऋण...