काठमाडौँ, २७ कात्तिक। सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन अध्ययन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको बैठकले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय योजना आयोगले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदनकाअनुसार उपत्यकामा सञ्चालन गर्ने दुई मार्गमध्ये एउटा रेल विभागले र अर्को लगानी बोर्डले सञ्चालन गर्ने भन्ने उल्लेख थियो ।
लगानी बोर्डले अगाडि बढाउने मार्गको डिपिआर अगाडि बढाउन बोर्डको बैठकले निर्देशन दिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले माथिल्लो कर्णालीको वित्तीय व्यवस्थाका लागि एक वर्ष र अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि छ महिना म्याद थप गर्ने निर्णय गरेको उहाँले उल्लेख गर्नुभयो ।
बैठकमा उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापा तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थिति थियो ।
भर्खरै
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं