देश

३२ जिल्लामा आज मतदान हुदै
पोखरा, १० मंसिर। प्रदेश र प्रतिनिधिसभा अन्तरगत पहिलो चरणमा ३२ जिल्लामा आज निर्वाचन हुदैछ। प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको हो।निर्वाचन आयोगका अनुसार, पहिलो चरणमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । आइतबार ३१ लाख ९१ हजार नौ सय ४५ मतदाताले मताधिकार प्रयोग गर्न पाउँने छन्। जसका लागि दुई हजार नौ सय...
[स्मरण] भेडाफर्ममा राजा वीरेन्द्र
प्रस्तुति : ईश्वरी ज्ञवाली विसं २०४१ हिउँदको कुरा हो । राजा वीरेन्द्र र रानी ऐश्वर्यले मध्यपश्चिमाञ्चलको क्षेत्रीय भ्रमण गर्ने कार्यक्रम थियो । सुर्खेतमा क्याम्प राखी त्यहीँबाट विभिन्न जिल्ला र क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यतालिका बनाइएको थियो । मैले पनि त्यस भ्रमण टोलीमा सहभागी हुने मौका पाएको थिएँ . जुम्लाको सदरमुकाममा राजाको अभिनन्दन कार्यक्रमको आयोजना गरिएको...
अचानक प्रधानमन्त्री पोखरामा
पोखरा, ७ मंसिर। प्रधानमन्त्री एवं काँगे्रस सभापति शेरबहादुर देउवा बिहीबार साँझ अचानक पोखरा आइपुगेका छन्। कालिकोटमा आयोजित चुनावी सभालाई सम्वोधन गरी राजधानी फर्कने क्रममा साँझ परेका कारण राजधानी जान नसके पछि पोखरा आइपुगेका हुन्। उनी हेलिकप्टरबाट पोखरा विमानस्थल अवतरण भएको बताइएको छ। उनी पोखराको राष्ट्र बैंक गेष्ट हाउसमा बसेका छन्। साँझ परेका कारण सुरक्षाका दृष्टिकोणले...
जताततै बम आतंक
पोखरा, ७ मंसिर। निर्वाचनको मिति नजिकिदै गर्दा देशका विभिन्न स्थानमा बम आतंक बढेको छ। निर्वाचन विथोल्न चाहने समूहले बम आतंक बढाएको अनुमान गरिएको छ। केहि दिन यता जनजीवन आतंकित पार्नेदेखि उम्मेदरवारलाई समेत लक्षित गरी बम आक्रमण बढ्दै गइरहेको छ। निर्वाचनको समय आउन तीन दिन मात्र बाँकी रहदाँ विभिन्न जिल्लामा बम विस्फोट हुने र भेट्टिनेक्रम बढिरहेको...
काँग्रेस सभालाई लक्षित गरी बम
पोखरा, ७ मंसिर। काँग्रेसले चरिकोटस्थित सातदोबाटोमा आयोजना गर्न लागेको चुनावी सभालाई लक्षित गरी बम राखिएको छ। सभास्थलभन्दा एक किलोमिटर पर ध्यावापानीमा सकेट बम फेला परेको बताइएको छ। स्थानीय भिमेश्वर – ६ को वडा कार्यालयमा बम भेटिएपछि त्यहाँको वातावरण आतंकित बनेको छ। बम निष्कृयपार्ने तयारी भैरहेको सुरक्षाअधिकारीको भनाई छ। काँग्रेसले गर्न लागेको चुनावी सभामा काँग्रेसका नेता...
छोरी चुनावमा, बाबु विरोधमा
केपी ढुंगाना काठमाडौं– एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामा चितवन–३ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जिताउन खटिएकी छिन्। प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार लामालाई उनको संगठनले नै चितवन खटाएको हो । दाहाललाई जिताउने जिम्मेवारी उनले पाएकी छिन्। उनका बाबु माणिक लामा भने निर्वाचन भाड्न सक्रिय रहेको आरोपमा प्रहरी हिरासतमा पुगेका...
मतदाता शिक्षा सामग्री लुटियो
जुम्ला,३० कात्तिक।जुम्ला सिंजा गाउँपालिका–२ को रनुखानामा मतदाता शिक्षा सामग्री लुटिएको छ । रोपनी जनजागृति प्रावि मतदान केन्द्रका मतदाताको लागि लिँदै गरेको मतदाता शिक्षा सामग्री अज्ञात समूहले लुटेको हो । मतदाता शिक्षा स्वयंसेवक जयशंकर चौँलागाई र राधा श्रेष्ठले मतदातालाई मतदानसम्बन्धी जानकारी गराउन जाने क्रममा बीच बाटोमा सामग्री लुटिएको उनीहरुले बताएका छन् । मंसिर १० गते हुने...
पत्रकार नेपाललाई विन्ध्यवासिनी कला पत्रकारिता पुरस्कार
पोखरा, ३० कात्तिक । पत्रकार विजय नेपाल ‘विन्ध्यवासिनी कला पत्रकारिता पुरस्कार–२०७४’ बाट सम्मानित हुने भएका छन् । गीत संगीत क्षेत्रको विकास र संगीतककर्मीको हितका लागि स्थापना भएको विन्ध्यवासिनी फाउण्डेसनले पत्रकार नेपाल सहित देशभर ९ जना पत्रकारलाई उक्त पुरस्कारबाट सम्मान गर्न लागेको हो। हाल राजधानी दैनिक र आदर्श समाज दैनिकमा कार्यरत नेपाल मोफसलबाट सम्मानित हुने एक...
प्रदेश ४ को सुरक्षा रणनीति
पोखरा, २९ कात्तिक । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश ४ मा पहिलो चरणमा हुने निर्वाचनमा विभिन्न जिल्लामा गरी झण्डै सय मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएको छ । यस प्रदेशका कुल ११ जिल्लामध्ये पहिलो चरणमा मंसिर १० मा गोरखा, लमजुङ, म्याग्दी, बागलुङ, मनाङ र मुस्ताङमा चुनाव हुँदैछ । तीमध्ये सुरक्षा दृष्टिकोणले सबैभन्दा बढी गोरखा...
पेट्रोलियम पदार्थको खपत बढ्यो, कारण यस्तो छ
काठमाडौं, २९ कात्तिक। मुलुक निर्वाचन भइरहेका बेला यसको प्रत्यक्ष प्रभाव सवै जसो क्षेत्रमा परेको पाईछ। निर्वाचनकै कारण विभिन्न क्षेत्रका उताव चढाव देखिन थालेको छ। निर्वाचन नजिकिँदै जाँदा पेट्रोलियम पदार्थको खपत बढेको छ । आगामी १० र २१ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका कारण सवारी गतिविधि बढ्दा पेट्रोल र डिजेलको माग वृद्धि भएको हो...
घाँटी रेटेर श्रीमतीको हत्या
सप्तरी २८, कात्तिक। सप्तरी बोदेबरसाइन नगरपालिका ३ गौराका ४० वर्षे जयप्रकाश यादवले श्रीमतीको घाँटी रेटेर हत्या गरेका हुन् । यादवले मंगलबार खेतमा आफूसँगै धान काट्न गएकी श्रीमती ललितादेवीको घाँटी रेटेर हत्या गरेको इलाका प्रहरी कार्यालय बोदेबरसाइनले जनाएको छ । यादवले धान काट्न प्रयोग गरिएको हँसियाले नै श्रीमतिको घाँटी रेटेर हत्या गरेका हुन् । यादवलाई प्रहरीले...