देश

सरकारद्वारा २१ जना शहीद घोषित (नामाबली सहित)
पोखरा, २८ पुस। सरकारले धनकुटाका २१ जनालाई शहीद घोषणा गरेको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकले पञ्चायतकालीन छिन्ताङ काण्डमा मारिएका १६ र माओवादीबाट विभिन्न समयमा मारिएका धनकुटाका ५ जना राप्रपा कार्यकर्ता गरी २१ जनालाई शहीद घोषणा गरेको हो। सरकारले घोषणा गरेको शहीदको सूचीमा परेका १६ जनामा छिन्ताङ काण्डमा सरकारद्वारा मारिएकामध्ये गोपालआनन्द राई, गंगाबहादुर तुप्रिहाङ राई, भैरबबहादुर खालिङ,...
कतै जय जयकार, कतै अपमान
पोखरा । पृथ्वी नारायण शाहको जन्म दिवसको अवसरमा कतै उनको जय जयकार, कतै सम्मानगर्दै सम्झना भइरहदाँ उनको अपमान गरिएको विषयले आजपनि चर्चा पाइरहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको शालिकमा पुगेर माल्यार्पण गरिरहदाँ उनलाई नरुचाउनेहरु बेग्लै कार्यक्रम गरी अपमान गरे।...
युुवा विद्यार्थी प्रशासन गएर भने – ‘भ्रष्टाचारी, हत्यारा, डन संसदमा, जनसेवक जेलमा क्या गजबको रमिता छ देशमा’
पोखरा, २६ पुस। डा गोविन्द केसीलाई पक्राउ गरिएको विरोध र रिहाइको मागगर्दै पोखरामा पनि प्रदर्शन गरिएको छ। स्वस्फुर्त रुपमा युवा तथा विद्यार्थीले गठन गरेको न्यायप्रेमी तथा राष्ट्रप्रेमी युवा समूह कास्कीको अगुवाईमा मोटरसाइकल ¥याली प्रदर्शन गरिएको हो। डा केसीको पक्षमा लेखिएका विभिन्न प्लेकार्ड सहित पोखराको जनप्रिय क्याम्पसबाट शुरु भएको युवा विद्यार्थीको ¥यालीले पोखराको विभिन्न स्थान परिक्रमा...
कांग्रेस प्रवक्तामा विश्वप्रकाश शर्मा
काठमाडौं- नेपाली कांग्रेसले पार्टीको प्रवक्तामा विश्वप्रकाश शर्मालाई मनोनयन गरेको छ। सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधानको धारा २४ (३) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य शर्मालाई पार्टीको प्रवक्तामा मनोनयन गरेका हुन्। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका शर्मा कांग्रेसभित्र बौद्धिक र प्रष्ट वक्ताकोरुपमा चिनिन्छन्। स्रोतः नागरिकन्यूज
प्रदर्शन जारी, डा. केसी पक्राउपछि कसले के भने ?
पोखरा, २६ पुस। डा. गोविन्द केसी पक्राउको विरोधमा देशका विभिन्न स्थानमा प्रदर्शन भैरहेको छ। उनको पक्राउको विरोधगर्दै चिकित्साक्षेत्रदेखि दलका नेता र स्वतन्त्र नागरिक समेत प्रदर्शनमा सहभागि भैरहेका छन्। डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरी रातारात हिरासतमा राखेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गरेका छन् । प्रहरीले आफूलाई थाहै नदिई डा. केसीलाई गिरफ्तार गरेको प्रधानमन्त्री देउवाको...
आमरण अनशन बसेका डा. केसी पक्राउ
काठमाण्डौं, २४ पुस। प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै आमरण अनशन सुरु गरेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ। अनशनस्थल त्रिभुवन शिक्षण अस्पताल महाराजगंजबाट उनलाई पक्राउ गरिएको हो। अनशनस्थलमा पक्राउ पूर्जी पढेर सुनाएर उनलाई नियन्त्रणमा लिइएको छ। चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रह गर्दै आएका डा. गोविन्द केसी १४ औ पटक अनशन बसेका थिए।...
पुस २७ गते सार्वजनीक बिदा, २५ मा प्याब्सनका विद्यालय बन्द
पोखरा, २४ पुस। राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते सार्वजनीक बिदा हुने भएको छ। सरकारले नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सो दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन पर्छ । विसं २०६२ सम्म सो दिन सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६३ देखि अघिल्लो...
डा. केसी फेरि आमरण अनशनमा
काठमाण्डौं, २४ पुस। प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै डा. गोविन्द केसी फेरि आमरण अनशन बसेका छन्। चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रह गर्दै आएका डा. गोविन्द केसी १४ औ पटक अनशन बसेका हुन्। न्यायलयलाई व्यक्तिगत स्वार्थपूर्ति गर्ने माध्यम र आफ्ना न्यायिक अपराध छोप्ने खोल बनाएको भन्दै उनले भने – ‘न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट...
काँग्रेसलाई ‘क्याडरबेस’ बनाऔं
पोखरा, २३ पुस । प्राध्यापकहरुले नेपाली काँग्रेसलाई मासबेसबाट ‘क्याडरबेस’ बनाउन सुझाव दिएका छन्। प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल पृथ्वीनारायण क्याम्पसले गरेको काँग्रेसको नीति, संरचना एवं रणनीति विषयक कार्यशालामा सहभागि प्राध्यापकहरुले त्यस्तो सुझाव दिएका हुन्। कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरु गरी तीन सय बढि सहभागि थिए। पार्टीले आफ्ना धारणा स्पष्ट राख्न नसक्नु, गरेका राम्रा कामका...
यस्तो भयो सर्वदलीय बैठकमा
पोखरा, २० पुस। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ। सर्वदलीय बैठकमा वाम गठबन्धन आवद्ध दलका नेताले सत्ता हस्तान्तरणलाई पहिलो सर्त बनाएका थिए। प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्नका लागिभन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक बोलाएका थिए। बैठकमा प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा बाम...
जब चिया उम्लियो…हेर्दा हेर्दै..
श्रीभद्र पौडेल हेमजा, १८ पुस । माछापुच्छे गाउँपालिका–६, रिभान, आनन्दठाँटीकी धनलक्ष्मी गुरुङ सोमबार बिहान साढे ६ बजेतिर उठिन् । जाडोको मौसम घरबाट केही पर विद्यालयमा पढाउन जानुपर्ने भएपछि उनले बिहानीको नियमित काम जस्तै, ग्यास चुलोमा पानी उमालिन्, दाल पकाइन् र चिया पनि बसालिन् । त्यस बेलासम्म ७ बजेर २० मिनेट गइसकेको थियो । १–२ मिनेटमै...
सिलवालको सांसद् पद के होला ? सबैको चासो
पोखरा, १९ पुस । नेपाल प्रहरीका पूर्वडीआईजी तथा एमालेबाट निर्वाचित सांसद् नवराज सिलवालविरुद्ध पक्राउ पूर्जी जारी गरिएपछि उनीसँग जोडेर विभिन्न खाले टिकाटिप्पणी र उनीमाथि के होला भन्ने बहस शुरु हुन थालेको छ। उनलाई पक्राउ गर्न प्रहरीले पूर्जी जारी गरिएपछि यतिबेला यो विषयले निकै चर्चा पाएको छ। उनीमाथिको कारबाही प्रक्रिया र सांसद् पद रहने या नरहने...