देश

सरकारले ग¥यो निर्णय, यी हुन् प्रदेश प्रमुख र अस्थायी राजधानी
काठमाडौ– मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सात वटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी राजधानी तोकेको छ। लामो समयदेखि प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा रहेको अन्यौलतालाई तोड्दै सरकारले निर्णय गरेको हो। कानूनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए अनुसार, प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही,...
भोलीको बिदा यथावत्
पोखरा, ३ माघ। सरकारले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ। तामाङ तथा ह्योल्मो समूदायको सोनाम ल्होछारको अवसरमा बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद दुवाडीका अनुसार सरकारले बिदा स्विकृत गरेको बताए। उनले भने ‘पूर्वनिर्धारित विदा अनुसार भोली पनि बिदा हुने छ।’ तामाङ समुदायले सरकारले दिदै आएको विदा परिवर्तन गर्नेपर्ने माग गर्दै...
आन्दोलनरत नर्सहरु सडक आए, नर्सले मन्त्रीलाई लेखेको पत्रमा यस्तो छ
पोखरा, ३ पुस। एक सातादेखि आन्दोलनरत नर्सहरुले आज सडकमा आएर आन्दोलन गर्ने भएका छन्। नेपाल नर्सिङ संघको आव्हानमा नर्सहरु प्रदर्शनमा उत्रन लागेका हुन्। आफ्ना मागहरु सरकारले सुनुवाई नगरेकोभन्दै आन्दोलनलाई थप शशक्त बनाउन सडकैमा आउने निर्णय गरेका छन्। ७४ हजार नर्सहरु विभेद र शोषणमा रहेको भन्दै नर्सहरु आन्दोलित भएका हुन्। आज राजधानीमा दिउसो १२ बजे माइतिघर...
कांग्रेसको बैठक माघ ४ गते
पोखरा, २ माघ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक माघ ४ गते बिहीबार नेपाली कांग्रेसको बैठक बस्ने भएको छ। पार्टी सभापति सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन्। बैठक ११ बजे शुरु हुनेछ। प्रदेश र प्रतिनिधिसभा चुनावमा पराजय व्यहोरपछि लगतै नेताहरुले पटक पटक केन्द्रीय समिति र महासमिति बैठक बोलाउन माग...
आगलागीमा दुई जनाको मृत्यू, एक घाइते
पोखरा, २ माघ। रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा घाँस दाउरा लिन गएका दुई जनाको आगलागीमा परी मृत्यू भएको छ। मृत्यू हुनेमा सोहि गाउँपालिका वडा नं ७ का श्यामबहादुर बोहरा र केशरमान मल्ल रहेका छन्। गाउँपालिकाको वडा नं ३ को लालपाटन जंगलमा गत शुक्रबारदेखि लागेको आगलागीमा परेर उनीहरुको मृत्यू भएको हो। आगलागीमा परेर सोही ठाउँका शेरबहादुर...
सभापति र बरिष्ठ नेताद्वारा माघे संक्रान्ति तथा माघी पर्वको शुभकामना व्यक्त
पोखरा, १ माघ। नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले थारु समुदायको महान् चाड माघी पर्व तथा नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति चाडको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत यस पर्वले सम्पूर्ण नेपालीबीचमा कायम रहेको सद्भाव, सहिष्णुता...
आज माघे संक्रान्ति र माघी पर्व
पोखरा, १ माघ। आज माघ महिनाको पहिलो दिन माघे संक्रान्ति मनाइदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । आज देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका ठाउँमा माघ स्नान गर्ने भक्तजनको...
पार्टीलाई नवजीवन दिने गरी अघि बढौं – प्रवत्ता शर्मा
पोखरा, ३० पुस। नेपाली काँग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले पार्टीले अधिकारिक रुपमा कसैलाई पनि प्रधानमन्त्रीमा प्रस्ताव नगरेको स्पष्ट पारेका छन्। केहि दिन पहिला एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काँग्रेसले आफुलाई प्रधानमन्त्री बन्न आग्रह गरेको बताइरहदाँ काँग्रेस प्रवत्ता शर्माले दाहाललाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको स्पष्ट पार्दै पार्टी जनादेशलाई आत्मासात् गरेर अगाडि बढ्ने उल्लेख गरे। राजधानीमा आइतबार भएको...
माघे सक्रान्तिको अघिल्लो दिन दुःखद घटना, पाँचको मृत्यू
पोखरा, ३० पुस। माघे संक्रान्तिको अवसरमा वरुण मेला जाने क्रममा संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यू भएको छ। मृतकमध्य दुई जनाको सनाखत भएको छ भने अन्यको सनाखत भएको छैन। घटनास्थलमा प्रहरी र स्थानीय उद्वारका लागि खटिएका छन्। खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जीप मकालु गाउँपालिका – ३, सामाटारमा...
अवैध चितुवाको छाला सहित तीन पक्राउ
पोखरा, २९ पुस । केन्द्रिय प्रहरी अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय लमजुङको संयुक्त प्रहरी टोलिले अवैध चितुवाको छाला सहित तीन जनालाई वेशीसहर स्थित एक होटलवाट पक्राउ गरेको छ । लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका ५ बस्ने वर्ष २७ का बिनोद तामाङ, राजेश अधिकारी र वडा नं. ६ बस्ने कमल तामाङलाई प्रहरीले पक्राउ गरेको हो। लमजुङको...
सहीद घोषणा स्वागतयोग्य — काँग्रेस वरिष्ठ नेता पौडेल
काठमाडौँ, २९ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले धनकुटाको खोकु छिन्ताङमा मारिएकाहरुलाई सहीद घोषणा र क्षतिपुर्ति दिने गरी सरकारले गरेको निर्णय स्वागतयोग्य र सकारात्मक कदम भएको बताएका छन्। उनले आज एक विज्ञप्ति जारी गरी पञ्चायत होस वा सबै खाले अधिनायकवाद विरुद्ध र लोकतन्त्रको पक्षमा पटकपटक संघर्ष गर्दा ज्यान गुमाएकाहरुलाई सहीद घोषणा गर्नुपर्ने र...
नारायणगढ मुग्लिन सडक चार दिन बन्द नहुने
चितवन- नारायणगढ मुग्लिन सडक शनिबारदेखि चार दिन चौबिसै घण्टा सञ्चालन हुने भएको छ। ‘पुस २९, ३०, माघ एक र दुई गते नारायणगढ मुग्लिन सडक रातमा पनि खुला नै रहनेछ’ चितवन जिल्ला ट्राफिक कार्यालयले निकालेको सूचनामा उल्लेख छ । रातमा छ घण्टा बन्द हुने गरेको निर्माणधिन नारायणगढ मुग्लिन सडक माघे संक्रान्तिको समय परेका कारण  चौबिसै घण्टा...