पोखरा, १ माघ। नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले थारु समुदायको महान् चाड माघी पर्व तथा नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति चाडको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत यस पर्वले सम्पूर्ण नेपालीबीचमा कायम रहेको सद्भाव, सहिष्णुता र एकतालाई अझ प्रगाढ बनाउँदै जाने विश्वास व्यक्त गरेका छन् ।
साथै, उनले थारू समुदायको समग्र हितका लागि संविधानमा थारू आयोगको व्यवस्था गरिएको र यो व्यवस्थाको कार्यान्वयनमार्फत थारू समुदायको विकास र उत्थान हुने उल्लेख गरेका छन् ।
‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक हो । नेपालको संविधानले समावेशी लोकतन्त्रलाई आत्मसात् गर्दै सबै जातजाति, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्थाहरू गरेको छ–प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
त्यस्तै बरिष्ठ नेता रामचन्द्र पौडेलको शुभकामना सन्देशमा नेपाल विविध जाति, भाषा, संस्कृति, परम्परा र चाडपर्व रहेको मुलुक भएको र यसकै माध्यमबाट राष्ट्रिय एकताको भावनालाई मजबुत बनाउन सहयोग पुरयाएको सन्दर्भमा नेपाली चाडपर्व र संस्कृतिको एक अभिन्न अंगका रुपमा रहेको मकर संक्रान्ति र माघी पर्वले पनि नेपालीहरुबीच आपसी प्रेम, सदभाव र सहिष्णुता अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने उल्लेख छ।
भर्खरै
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं