रञ्जन अधिकारी

रञ्जन अधिकारी

रञ्जन अधिकारीका अन्य लेखहरू

पछाडि फर्कने वा विकल्प खोज्नतिर लागे फेरि अर्को जुनी खेर जान्छः गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको व्यवस्थाबाट पछाडि फर्कने वा विकल्प खोज्नतिर लागे फेरि अर्को जुनी खेर जाने बताएका छन्। शुक्रबार कांग्रेस अर्घाखाँची जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री थापाले समस्याहरू हल गरेर जानुपर्ने बताए। ‘बिग्रेको छ, भत्केको छ तर यो पार्टीले सम्हाल्छ, नबरालिँऔं,’ थापाले भने, ‘तपाईंहरूको चित्त दुखेको छ, म मान्दछु। चित्त दुखाउनुपर्ने कारण पनि छन्, जान्दछु।...
भारतलाई हराउँदै अष्ट्रेलियाले उचाल्यो छैटौं पटक विश्वकपको उपाधि
ओपनर ट्रविस हेडको सानदार शतकको सहयोगमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ को फाइनलमा भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेको छ । जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियालाई जिताउन ओपनर ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय ३७...
आस्थाको पर्व छठ
धनुषा । छठ पर्वको छुट्टै पौराणिक महत्त्व रहेको छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ । यसले समाजमा रहेका छुवाछूतलगायत विकृति हटाउन सहायक सिद्ध हुने संस्कृतिविद् डा भोगेन्द्र झाले बताए । छठप्रतिको अटुट आस्थाका कारण जीवनको प्रारम्भदेखि नै सूर्य पूजालाई अनिवार्य मानिएको वरिष्ठ साहित्यकार रामभरोस कापडी भ्रमरले बताए । उनका...
साइबर क्राइम मुद्दामा झापाका एक किशोर पक्राउ
दमक । नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापा, कमल गाउँपालिका–१ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली फेसबुक आइडीमार्फत धेरै प्रकारका  कानुन विपरीतका क्रियाकलाप पोष्ट गरेको भन्ने उजुरीका आधारमा तीन दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिर्एको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार...
टिकटक नेपालमा प्रतिबन्ध, आजैबाट बन्द गर्ने प्राविधिक तयारी
काठमाडौं । सरकारले चिनियाँ भिडियो शेयरिङ एप टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । टिकटकबाट सामाजिक सद्‌भाव बिथोलिएको निष्कर्ष निकालेको सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट प्रतिबन्धको निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयलगत्तै सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मन्त्रालयबाट भर्खरै पत्र पाएको...
आज गाई पूजा, पशुपतिमा गरियो सामूहिक गाई पूजा
तिहारको आज चौंथो दिन । आज गाई पूजा गरेर देशभर गाइतिहार मनाइँदैछ । आज खण्डग्रास सुर्यग्रहण भएकाले पनि आज धार्मिक कार्यका लागि अपवित्र मानिन्छ । यद्यपि, अपरान्हपछिमात्र सुर्यग्रहण लाग्ने भएकाले गाईपूजा गर्न भने मिल्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने...
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा
काठमाडौँ, २५ कात्तिक : यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा,...
चितवनको सयपत्री र मखमली हङकङ निर्यात
भरतपुर । चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका-२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो । तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले जानकारी दिए । ‘आठ सय वटा सयपत्री...
तिहारमा मौसम सफा रहने
मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दसैँ मौसमी हिसाबले केही प्रभावित बनेको थियो । असोज १८ गतेदेखि झण्डै डेढसाता निरन्तर देशैभर वर्षा भयो । यतिखेर तिहारको माहोल चलिरहेको छ । तर मनसुन सकिएसँगै मौसमले पनि साथ दिएकाले यो पटकको तिहार निकै उल्लासमय हुने देखिएको छ । जल तथा...
म्याग्दीमा टिम्मुर खेती विस्तार
गलेश्वर (म्याग्दी) । म्याग्दीमा टिम्मुर खेती व्यावसायिक बन्दै गएको छ । खेतबारीका कान्ला र बाँझो जग्गामा मात्रै होइन खेती योग्य जमिनमा समेत अरु खेती छोडेर यहाँका किसानले टिम्मुर खेती गर्न थालेका छन् । जिल्लाको बेनी नगरपालिकाको वडा नं ३ भकिम्ली, वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्लेखेतसहित मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकामा...
सामाजिक सञ्जालको दुरुपयोग बढेको छः सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल दुरुपयोग हुँदा कुलत बढेको बताएकी छन्। ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित फूलचोकी माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष दिलबहादुर श्रेष्ठ, सदस्यहरु वुद्धिबहादुर श्रेष्ठ, हरिबहादुर मुल्मी, न्हुच्छेदास नापित र कृष्णबहादुर श्रेष्ठको सालिक अनावरण तथा विद्यालय स्मारिका लोकार्पण कार्यक्रममा मन्त्री शर्माले सूचना र प्रविधिको ठीक तरिकाले प्रयोग गर्न नसके गुणात्मक विकास गर्न...
गण्डकीका मुख्यमन्त्री र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिवबीच भेट
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालको भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ छुङछेङबीच आज भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री पाण्डेले सचिव वाङलाई स्वागत गर्दै नेपाल भ्रमण सफलताको कामना व्यक्त गरे । सचिव जुनझेङको गण्डकी प्रदेश र नेपाल भ्रमणले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनुका साथै पोखराको पर्यटन...