पोखरामा रैथाने हाटबजार, तिहारको मुखमा सयपत्री मेला

पोखरामा रैथाने हाटबजार, तिहारको मुखमा सयपत्री मेला

Firing_at_pokhara1

पोखरामा रैथाने हाटबजार सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रालिको साझेदारीमा हाटबजार सञ्चालन गर्न लागिएको हो।

हाटबजार आउँदो शनिबार शुभारम्भ गरिने कार्यक्रम रहेको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।

उनका अनुसार हाटबजारमा स्थानीय उत्पादनका दसभन्दा बढी स्टल रहनेछन्। मनखुसी फाउन्डेसनले तयार गरेको ह्यान्डीक्राफ्ट (मोजा, टोपी), प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय कृषि उपज, सगुन हस्तकलाले तयार गरेको धागोका सामान हाटबजारमा राखिने छ।

यस्तै पुष्पाञ्जलीद्वारा तयार गरिएको विवाहका लागि चाहिने सामान साइपाटा, विधाता हस्तकला उद्योगद्वारा उत्पादित हस्तकलाका सामग्री, कृषि सञ्जाल वडा नं ६ ले उत्पादन गरेका कृषिउपज र महिला सीप विकास संस्थाद्वारा उत्पादित स्थानीय हस्तकलाका सामाग्री पनि राखिने भएको छ।

हाटबजारमा तिहारलाई लक्ष्य गर्दै रैथाने खानाका परिकार सेलरोटी, झिलिङ्गा, चिनीरोटी, स्थानीयस्तरमा उत्पादित खाद्य वस्तु कोदो, मकै, गहुँ, फापरलगायत विभिन्न तरकारी पनि बिक्रीका लागि राखिने प्रमुख कडरियाले बताए।

उनका अनुसार सो अवसरमा तीन दिनसम्म सयपत्री फूल मेला–२०८० समेत आयोजना गरिनेछ। महानगरपालिकाले स्थानीय कृषकसँग साझेदारी गरेर एक सय ६५ रोपनीभन्दा बढी जमिनमा सयपत्री फूल लगाएको र उत्पादित फूल पनि बिक्रीमा राखिनेछ। सयपत्री फूलमा महानगरपालिका आत्मनिर्भर भएको प्रमुख कडरियाले बताए।

उनले भने, “यसपालीको तिहारमा सयपत्री फूल पोखरामा बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन, हामी यसमा आत्मनिर्भर भएका छौँ ।”

महानगरपालिकाले सयपत्री फूलको दररेटसमेत तोकेको छ। महानगरपालिकाको आर्थिक विकास महाशाखा, पोखरामा क्रियाशील पुष्प व्यवसायी र स्थानीय कृषकको समन्वयमा फूलको दर तोकिएको हो ।

दररेटअनुसार सयपत्री फूलको १५ देखि २० ग्रामको एक थुङ्गालाई रु पाँच देखि रु दस, १५ ग्राम तौल भएको एकथुङ्गाको मूल्य रु चार र पाँचदेखि दस ग्राम तौलको फूल रु दुई तोकिएको छ। यस्तै मालाको क्रमशः रु दुई सय, रु एक सय ८० र रु एक सय ५० तोकिएको छ भने प्रतिकेजी सयपत्री फूलको मूल्य रु चार सय तोकिएको छ।

श्री कम्प्लेक्समा तीन दिनसम्म चल्ने मेलामा स्थानीय तथा रैथाने उत्पादन प्रवद्र्धन, विकास र बजारीकरणका सम्बन्धमा थप छलफल तथा अन्तक्र्रियात्मक कार्यक्रमहरू गरिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
पोखरा पर्यटकीय राजधानीका रूपमा घोषणा गरिँदै
मन क्षेत्रीको नेतृत्वमा गजल सन्ध्या पोखरा

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 24 Jun 
Nepal Rastra bank
Check: 24 Jun 2024 18:45 UTC
Latest change: 24 Jun 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.54down
Indian Rupee 
Indian Rupee
83.42down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.93
British Pound 
British Pound
0.79
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
159.55down
US Dollar 
US Dollar
1
Rastra · USD · 24 Jun 
Nepal Rastra bank
Check: 24 Jun 2024 18:45 UTC
Latest change: 24 Jun 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀