पोखरा, १३ साउन । नेपाल अङ्ग्रेजी भाषा शिक्षक संगठन (नेल्टा) गण्डकीको प्रथम अधिवेशनले डा. नवराज न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको बरिष्ठ उपाध्यक्षमा कमलराज लम्साल, उपाध्यक्षमा रामचन्द्र पोखरेल, महासचिवमा लक्ष्मणबाबु आचार्य, सचिवमा पिताम्बर पौडेल, कोषाध्यक्षमा विष्णुहरि बास्तोला, सदस्यता सचिवमा केशवप्रसाद कँडेल छन्। समितिको सदस्यहरुमा मिनु कुँवर श्रेष्ठ, विनोद न्यौपाने, उपेन्द्रबाबु ढकाल, लालप्रसाद...
पोखरा, १२ साउन । लायन्स क्लब अफ पोखरा माउण्टेन भ्यू सिटीले पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोटमा शनिवार बृक्षरोपण गरेको छ । स्थानीय कालिका मावि परिषरमा आयोजित कार्यक्रममा विभिन्न प्रजातिका ७० बिरुवा रोपिएको छ । हालै स्थापना भएको क्लबले बृक्षरोपणबाट आफ्नो कार्य शुरु गरेको हो । रिजन चेयर पर्सन शिव श्रेष्ठले क्लबका अध्यक्ष टिकाराम ‘माधव’...
पोखरा, ११ साउन । कास्की काँग्रेसले साउन १५ मा पोखरामा गर्न लागेको सरकारको अधिनायकवाद विरुद्वको प्रदर्शनलाई लक्षित गरी पोखरा – १० मा भेला, छलफल र बैठक भएको छ । पोखरा महानगरपालिका भित्रका सवै वडामा आन्दोलन तयारी स्वरुप भेला, छलफल र बैठक गर्ने कास्की काँग्रेसको निर्णय अनुसार पोखरा – १० मा पनि भएको हो । कास्की...
पोखरा, ९ साउन । जन्मदिन मनाउन भन्दै पछिल्लो समय फजुल खर्च गर्ने क्रम बढ्दै गएको छ । तर पोखराका एक युवाले भने फरक ढंगले जन्मदिन मनाएका छन् । जन्मदिनमा गरिने खर्चबाट उनले बटुकहरुलाई एक छाक भोजन गराएका छन् । पोखरा महानगरपालिका वडा नं २८ कालिका घर भई हाल पोखरा – १ मा बस्दै आएका प्रकाशरमण...
पोखरा, ८ साउन । चिकित्सा क्षेत्र सुधारको अभियानमा होमिएका डा. गोविन्द केसीप्रति समर्थन जनाउने क्रम जारी छ । उनको समर्थन तथा सरकारलाई दबाब दिन दिनहुँ जसो देशका विभिन्न स्थानमा गतिविधि भैरहेका छन् । यसैक्रममा पोखरामा मङ्गलबार पनि डा. गोविन्द केसी बचाऔं भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ । पोखरामा रहेको वन विज्ञान अध्ययन संस्थानका विद्यार्थी विनोद...
पोखरा, ८ साउन। नेपाली काँग्रेस क्षेत्र नं ३ कास्कीले साधारण सस्दयता वितरण अभियान तिव्र पार्ने भएको छ। नेपाली काँग्रेस क्षेत्र नं ३ कास्कीको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो। साधारण सदस्य वितरण गर्नका लागि यस क्षेत्रका करिब दुई सय नेता÷कार्यकर्र्ता परिचालन गरिने क्षेत्रीय सभापति पोषनाथ शर्माले जानकारी दिए। उनका अनुसार साउन २५ गते बाट...
पोखरा, ७ साउन। कानूनमन्त्री शेरबहादुर तामाङले दिएको अभिव्यक्तिप्रति नगर महिला संघ पोखरा महानगर समितिले विरोध प्रदर्शन गरेको छ। सोमबार पोखराको चिप्लेढुंगामा नाराबाजी सहित कानूनमन्त्रीको पुत्ला दहन गरेको थियो। काँग्रेस कार्यालयबाट निस्किएको र्याली वीपीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै कास्की काँग्रेसका सभापति कृष्ण केसीले कानूनमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको टिप्पणी गरे। ‘दक्षता प्राप्त गर्न...
पोखरा, ६ साउन । सरकार मनोमानी ढंगले अघि बढेको र तरुण दलको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तेक्षप भएकोभन्दै त्यसविरुद्व आइतबार पोखरामा प्रदर्शन गरिएको छ । नेपाल तरुण दल कास्कीले जुलुस प्रदर्शनसँगै जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएको हो । तरुण दलले बढ्दो मंहगी र अनावश्यक रुपमा बढाइएको कर फिर्ता लिन माग गरेको छ । त्यस्तै, काठमाण्डौंको...
पोखरा, ६ साउन । नेपाली काँग्रेसका संस्थापक वीपी कोइरालाको ३६ औं स्मृति दिवसमा आइतबार देशभर विविध कार्यक्रम गरिएको छ । स्मृति दिवसमा बृक्षरोपण, प्रवचन र रक्तदान जस्ता कार्यक्रम गरिएका छन्। यसैक्रममा पोखरामा भने आइतबार रक्तदान कार्यक्रम गरिएको छ । कास्की काँग्रेसले पोखरा चिप्लेढुङ्गास्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा ८३ जनाले रक्तदान गरेको जिल्ला सदस्य नवीन...
पोखरा, ४ साउन । नेपाली काँग्रेस कास्कीले पार्टीको महासमिति बैठक पोखरामा गर्न माग गरेको छ । कास्की काँग्रेसको शुक्रबारको बैठकले महासमिति बैठक पोखरामा गर्न माग गर्दै केन्द्रीय कार्य समितिलाई पत्र पठाउने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । बैठकमा सरकारको अधिनायकवादी र जनविरोधि क्रियाकलाप विरुद्व साउन १५ गते पोखरामा गरिने प्रदर्शनलाई शशक्त र...
पोखरा, १ साउन। नेपालमै पहिलो पटक पोखरामा फोहरजन्य प्लाष्टिकको प्रयोग गरी बाटो पीच गरिएको छ। पोखरा महानगरपालिका वडा १४, चाउथे अनुपमटोलस्थित बी एण्ड बी मार्गमा प्लाष्टिक प्रयोग गरी १ सय मिटर बाटो पीच गरिएको हो। सो बाटो पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र गण्डकी प्रदेशका सदस्य बिन्दुकुमार थापाले मंगलबार संयुक्त रुपमा उद्घाटन गरे। ग्रीन रोड...
पोखरा, ३२ असार। पोखरा महानगरपालिका वडा २५, हेमजाका घनश्याम तिमिल्सिना गण्डकी प्रदेशको सर्वोत्कृष्ट कृषक बन्न सफल भएका छन्। हेमजा गाई फार्म संचालन गर्दै आएका तिमिल्सिनालाई पोखरामा सोमबार ‘सर्वोत्कृष्ट कृषि उद्यमी’ बाट सम्मान गरिएको हो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशले उनलाई नगद ५० हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गरेको हो। गण्डकी प्रदेशका प्रमुख...