न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

नेपाल प्रेस युनियन आन्दोलनमा
काठमाडौं । नेपाल प्रेस युनियनले मिडियालाई नियन्त्रण गर्ने नियत राखी केपी ओली नेतृत्वको सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक विरुद्ध विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । सो विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आम सञ्चार लगायतका विधेयकका बिरुद्ध नेपाल प्रेस युनियनले सञ्चार मन्त्रीको कार्यक्रम बहिस्कार सहितका कार्यक्रमहरु सार्वजनिक गरेको हो । प्रेस तथा...
कास्की काँग्रेसद्वारा जनजागरण अभियानको कार्यक्रम तय
पोखरा, २९ बैशाख । नेपाली काँगेस कास्कीले राष्ट्रिय जनजागरण अभियानलाई तिव्र पार्ने भएको छ । पार्टीका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि अर्जुन जोशीको उपस्थितिमा आइतबार बसेको कास्की काँग्रेसको बैठकले त्यस्तो निर्णय गर्दै प्रथम चरणको कार्यक्रम पनि तय गरेको छ । बैठकले कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा जनजागरण अभियान अन्तर्गत पहिलो चरणमा कार्यकर्ता भेला र अभिमुखिकरण...
पोखरामा गण्डकी प्रदेशस्तरीय फेमिलियर सेमिनार हुदै
पोखरा, २७ वैशाख । वल्र्ड मार्ट युनिक सोलुसन प्रा.लिले पोखरामा २८ गते शनिवार गण्डकी प्रदेश स्तरीय फेमिलियर सेमिनार गर्ने भएको छ । प्रालिले गरेका महत्वपूर्ण काम र उत्पादनका बारेमा जानकारी दिने उदेश्यले सेमिनार गर्न लागिएको हो । सेमिनारमा स्वास्थ र सौन्दर्यसँग सम्बन्धित हेयर केयर तथा स्किन केयरका सामाग्रीहरु, स्वास्थको लागि अर्गानिक ग्रीन टी र मह...
प्रेस युनियन कास्कीको भित्तेपात्रो लोकार्पण
पोखरा, २५ वैशाख । नेपाल प्रेस युनियन कास्कीले नव वर्ष – २०७६ को अवसरमा प्रकाशित गरेको भित्तेपात्रो बुधबार लोकार्पण गरिएको छ । नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको रुपमा परिचित प्रेस युनियन कास्कीले पहिलो पटक भित्तेपात्रो प्रकाशनमा ल्याएको हो । भित्तेपात्रो लोकार्पण गर्दै नेपाली काँग्रेसका महामन्त्री एवं भुतपुर्व सञ्चार मन्त्री पुर्ण बहादुर खड्काले सरकारको अधिनायकवादी चरित्रका कारण...
बेलायतको एफआरसिपी उपाधिबाट डा थापा विभूषित
पोखरा, २१ वैशाख। नेपालमा मेडिसिनसम्बन्धी चिकित्सा सेवामा विशिष्ट योगदान पुर्याएवापत बेलायतको एफआरसिपी उपाधिबाट डा बुद्विबहादुर थापा विभूषित भएका छन्। करिब चार दशकभन्दा बढी समयदेखि चिकित्सा सेवामा योगदान पुर्याउँदै आएका डा थापा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति तथा प्रमुख कन्सल्टेण्ट फिजिसियन हुन्। नेपालका फिजिसियनहरुको छाता संगठन सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल(साईमन) को काठमाडौंमा आयोजित १४...
डा. थापाले ल्याए ‘अब त जनतासँग नहोस् हजुर झेल’ गित
पोखरा २० वैशाख । पोखरा महानगरपालिका २५ हेमजा निवासी डा. अनिल थापाले अब त जनतासँग नहोस् हजुर झेल भन्ने बोलको गित ल्याएका छन् । शिर्ष नेतृत्वले पटक÷पटक जनतालाई आश्वासन मात्र दिने गरेको तर्फ व्यङग्य गर्दै उनले सो गित ल्याएका छन् । उनको सो गित  युट्ुवमा हेर्न सकिन्छ । गित मार्फत मुख्य गरी नेपालमा रेल संचालन...
पोविविको घटनामा कास्की काँग्रेसले भन्यो – ‘समस्या समाधान प्रहरी प्रशासनको बल प्रयोगबाट हुन सक्दैन’
पोखरा, १६ वैशाख । नेपाली काँग्रेस कास्कीले पोखरा विश्वविद्यालयमा भैरहेको आन्दोलन र असहज परिस्थितिप्रति ध्यानाकर्षण भएको जनाउँदै तत्काल समस्या समाधान गर्न माग गरेको छ । विश्वविद्यालय परिषरमा प्रहरीको परेड, रक्तमुछेल, लाठिचार्ज, गिरफ्तारी र धरपकड नसुहाएको भन्दै घटनाको निन्दा गरेको छ । विज्ञप्तिमा समस्या समाधान प्रहरी प्रशासनको बल प्रयोगबाट हुन नसक्ने जनाइएको छ । कास्की काँग्रेसका...
साथी शिक्षकलाई तालिम
पोखरा, १६ वैशाख । नेपाल परिवार नियोजन संघ कास्कीले साथी शिक्षकहरुका लागि दुई दिने वृहत्त सघन यौनिकता शिक्षा सम्वन्धी तालिम गरेको छ । तालिममा २० जना साथी शिक्षक सहभागि थिए । तालिममा विष्णु दाहाल, नारायणी त्रिपाठी, दिक्षा पराजुली, एमनाथ पौडेल, नवराज तिवारी, गिता जोशी, सम्पूर्ण गौतम र दिज्सन ढकालले सहजीकरण गरेका थिए । तालिम समापनमा...
काँहुखोलामा निःशुल्क स्वास्थ्य शिविर
पोखरा, १५ वैशाख । स्वास्थ्य नै धन हो भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा नं १३ काँहुखोलामा निःशुल्क स्वास्थ्य शिविर भएको छ । जनकल्याण समिति र सत्य युवा क्लबको संयुक्त आयोजना तथा विनायक फर्म काँहुखोलाको व्यवस्थापनमा शिविर भएको हो । शिविरबाट चार सय जना लाभान्वित भएको विनायक फर्मका संचालन नारायण बरालले जानकारी दिए ।...
एनएमबी बैंकको आठौं हेरिटेज वाक
पोखरा, १५ वैशाख । एनएमबी बैक गण्डकी प्रदेशले  पोखरामा आठौं हेरिटेज वाक गरेको छ । बैकले प्रदेश कार्यालय मार्फत सात वटै प्रदेशमा सो कार्यक्रम संचालन गरेको हो । सो कार्यक्रम अन्तर्गत प्राकृतिक सम्पदाहरुको संरक्षण र सरसफाईलाई महत्व दिइन्छ । यसैक्रममा बैंकले विन्ध्यवासिनी मन्दिर सरसफाई गर्नुको साथै पाँच वटा डस्विन प्रदान गरेको छ । बैकका गण्डकी...
कास्की काँग्रेस जनजागरण अभियान शुरु गर्दै
पोखरा, ८ वैशाख । नेपाली काँग्रेस कास्कीले वैशाख ११ गतेदेखि कास्कीमा राष्ट्रिय जनजागरण अभियान संचालन गर्ने भएको छ । कास्की काँग्रेसको आइतबारको बैठकले केन्द्रीय निर्देशन अनुसार नै सो अभियान संचालन गर्ने निर्णय गर्दै अभियानलाई प्रभावकारी बनाउने तयारी शुरु गरेको छ । अभियानलाई कसरी प्रभावकारी बनाउने भन्नेमा कास्की काँग्रेस केन्द्रीत छ, जिल्ला सदस्य नवीन सिग्देलले भने...
काँग्रेस कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन भोलिदेखि
पोखरा, २७ चैत । नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको पोखरामा हुने तेस्रो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिले पोखरामा मङ्गलबार पत्रकार भेटघाट गरी सम्मेलनको तयारी पूरा भएको जनाएको हो । सम्मेलन चैत्र २८ र २९ गते हुदैछ । सम्मेलनको उद्घाटनसत्र चैत्र २८ गते पोखरा सभागृहमा हुनेछ । उद्घाटनसत्रलाई पार्टीका...