न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

काँग्रेसबाट निर्वाचित पोखरा ९ का वडाध्यक्ष लामिछानेद्वारा राहत विवरण सार्वजनीक
पोखरा, ६ जेठ । पोखरा महानगरपालिका वडा नं ९ कार्यालयले राहतको विवरण सार्वजनीक गरेको छ । वडा कार्यालयले चैत र वैशाख महिनामा प्राप्त राहत र वितरण गरिएको विवरण सार्वजनीक गरेको हो । पोखराका ३३ वडामध्ये प्राप्त राहत र वितरण गरिएको राहत विवरण सार्वजनीक गर्ने यो पहिलो वडा हो । वडाध्यक्ष रामराज लामिछानेले राहतलाई पारदर्शी बनाउनका...
कास्की काँग्रेसद्वारा रोग र भोकका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न माग
पोखरा, ५ जेठ । नेपाली काँग्रेस कास्कीले कोरोना संक्रमणसँगै रोग र भोकका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था सृजना हुन नदिन सरकारसँग माग गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा सोमबारको जुम बैठकले सरकारका गतिविधिका कारण नै रोग र भोकका कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आइसकेकोप्रति चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।...
काँग्रेस अगुवा नेता त्रिपाठीको निधन
पोखरा, ३१ वैशाख । नेपाली काँग्रेस कास्कीका अगुवा नेता पोखरा २८ झाझरमाडे निवासी राजेन्द्रप्रसाद त्रिपाठीको ८४ वर्षको उमेरमा निधन भएको छ । उनले २०१७ सालमा भूमिगत पार्टी सदस्यको रुपमा काम गरेका थिए । २०२८ सालमा तत्कालिन कालिका गाविसको प्रधानपञ्च भएका थिए । साविक कालिका गाविसमा पार्टीको संस्थापक सभापति रहेका त्रिपाठीले लामो समय पार्टीको विकास र...
प्रेस युनियनद्वारा सदस्य आचार्यलाई परेको पितृशोकप्रति दुःख व्यक्त
पोखरा, २७ वैशाख । नेपाल प्रेस युनियन कास्कीका साधारण सदस्य दामोदर आचार्यलाई पितृशोक परेको छ । उनका बुबा घनश्याम आचाार्यको पोखरा ११ काँहुस्थित निवासमा ८५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । स्व. आचार्य साविक काँहु गाविसको नेपाली काँग्रेसका संस्थापक सभापति हुन् । उनले काँहु देउराली बहुउद्देश्यीय सहकारी संस्थाको भवन निर्माणका लागि जग्गा दिएका थिए...
जातीय सद्भावमा आँच आउने काम नगरौं – कास्की काँग्रेस
पोखरा, २७ वैशाख । नेपाली काँग्रेस कास्कीले जातीय सद्भाव देशको गौरव भएकाले त्यसतर्फ सचेत बन्न सबैलाई आग्रह गरेको छ । पछिल्लो समय पोखरा १६ लामाचौरमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै जातीय सद्भावमा आँच आउने गरी कुनै पनि गतिविधि नगर्न अनुरोध गरिएको छ । विश्व कोरोनाको महामारीमा रहेका बेला समाजका नागरिकबीच असमझ्दारी बढ्नु दुःखद् विषय भएको...
प्रेस युनियनद्वारा पत्रकार नेपालीमाथि गरिएको दुव्र्यवहारको निन्दा
पोखरा, २४ वैशाख । नेपाल प्रेस युनियन कास्कीले पोखराका युवा पत्रकार प्रेम नेपालीमाथि प्रहरीले गरेको दुव्र्यवहारको निन्दा गरेको छ । समाचार सम्प्रेषणका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको परिषरमा पत्रकार नेपालीमाथि दुव्र्यवहार गरिनु प्रेसमाथिको ठाडो हस्तक्षेप भएको भन्दै त्यस्ता गतिविधि नगर्न चेतावनी दिइएको छ । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले विज्ञप्ति प्रकाशित गरी पत्रकारलाई...
प्रेस युनियन कास्कीका पुरस्कार संस्थापक बरालको निधन
पोखरा, २१ वैशाख । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको शान्ति पत्रकारिता पुरस्कारका संस्थापक पोखरा ११ तुलसी मार्ग निवासी पूर्णप्रसाद बरालको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । केही समयदेखि मुटुको समस्याबाट प्रभावित बरालको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । उनका तीन छोरा र सात छोरी छन् । हरिप्रसाद बराल, परशुराम बराल र...
काँग्रेस क्षेत्रीय सभापति शर्मालाई पितृशोक
पोखरा, १७ वैशाख । नेपाली काँग्रेस क्षेत्र नं ३ कास्कीका सभापति पोषनाथ शर्मालाई पितृशोक परेको छ । उनका बुबा टेकनाथ पौडेलको ८३ वर्षको उमेरमा बुधबार बिहान पोखरा १८, विन्ध्येश्वरी टोल पाखास्थित निवासमा निधन भएको हो । उनी केही समयदेखि क्यान्सर र मुटु सम्बन्धी समस्याबाट प्रभावित थिए । स्व. टेकनाथ तत्कालिन सल्यान गाउँ पञ्चायत अध्यक्ष र...
काँग्रेस जिल्ला सदस्य तिमिल्सिनालाई मातृशोक
पोखरा, १६ वैशाख । पोखरा १८, सराङकोट निवासी नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य कृष्णप्रसाद तिमिल्सिनालाई मातृशोक परेको छ । उनकी आमा अयोध्या तिमिल्सिनाको ८५ वर्षको उमेरमा निधन भएको हो । उनको पार्थिव शरीर मङ्गलबार पोखरा १, गाईघाटमा अन्त्येष्ठि गरिएको छ । उनका तीन छोरा र तीन छोरी छन् । शवयात्रामा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता,...
निर्माण व्यवसायी समिति निर्माण मजदुरलाई २२ लाखको राहत वितरण गर्दै
पोखरा, १४ वैशाख । निर्माण व्यवसायी समिति पोखरा नेपालले निर्माणमा संलग्न मजदुरलाई राहत वितरण गरेको छ । समिति करीब एक हजार पाँच सय जना मजदुरलाई राहत वितरण गर्ने तयारीमा छ । पहिलो चरणमा आइतबार चार सय मजदुरलाई राहत वितरण गरिएको छ । समितिले करीब २२ लाख बराबरको राहत वितरण गर्ने जनाएको छ । समितिका अध्यक्ष...
आर्वा कसेरी टोलमा सेनिटाइजर स्प्रे
पोखरा, ११ वैशाख । आर्वा कसेरी टोल विकास संस्थाले टोलमा सेनिटाइजर स्प्रे गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा आफ्ना टोलबासिलाई सुरक्षित राख्नका टोलमा सेनिटाइजर स्प्रे गरिएको हो । बाटो, कुलो, खानेपानी धारा, पाटी पौवा र टोल भित्र रहेका करीब एक सय १० घरधुरी वरपर क्षेत्रमा सेनिटाइजरले स्प्रे गरिएको टोल विकास संस्थाका अध्यक्ष...
कास्की काँग्रेसको विशेष बैठक, राहत वितरणमा राजनैतिक पूर्वाग्रह भएको ठहर, सांसदलाई राहत वितरणमा रोक लगाउनु निन्दनीय
पोखरा, १० वैशाख । नेपाली काँग्रेस कास्कीको विशेष बैठक बुधबार बसेको छ । कास्की काँग्रेसका सभापति कृष्णबहादुर केसीको अध्यक्षतामा जिल्ला पदाधिकारीहरु, क्षेत्रीय सभापतिहरु, नगर सभापति, जिल्लाका प्रदेशसभा सदस्यसहितको उपस्थितिमा बसेको विशेष बैठकले कोरोना संक्रमणपछिको अवस्था विश्लेषण गर्दै विभिन्न ४ वटा निर्णय गरेको छ । कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलका अनुसार बैठकमा एकद्वार प्रणालीका नाममा राज्यद्वारा...