पोखरा, २० कात्तिक । इस्लाम धर्मका अन्तिम तथा महान् सन्देष्ठा हजरत मोहम्मद(सल्लल्लाहु अलैहि वसल्लम)को १४९५ औ शुभ जन्मोत्सवको अवसरमा पोखरामा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल मुस्लिम युवा समितिले पोखरा १३ मियापाटनस्थित तल्लो चौतारामा कात्तिक २२ गते शनिवार रक्तदान कार्यक्रम गर्न लागेको हो । कार्यक्रमको तयारी तिव्र पारिएको छ । कोरोना भाइरसको संक्रमणसँगै...
पोखरा, २० कात्तिक । नेपाल प्रेस युनियन कास्कीले पत्रकारिता पुरस्कारका संस्थापक सूर्यबहादुर केसीको निधन भएकोमा दुःख व्यक्त गरेको छ । ‘उहाँको निधनले हामी मर्माहत बनेका छौं, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेलले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, उहाँको शिक्षा, स्वास्थ्य, सञ्चार र राजनीतिमा पु¥याएको योगदान सदैव स्मरणीय रहने छ।’ विज्ञप्तिमा...
पोखरा, १९ कात्तिक । नेपाली काँग्रेस पोखरा ९ का पूर्व इकाइ सभापति कृष्णकुमार श्रेष्ठको ७५ वर्षको उमेरमा मङ्गलबार निधन भएको छ । पोखरा ९ नयाँबजार निवासी श्रेष्ठ पूर्व वडाध्यक्ष पनि हुन् । उनी प्रेसरबाट प्रभावित थिए । उनका १ श्रीमती, १ छोरा र ४ छोरी छन् । उनको पोखराको शान्तिघाटमा बुधबार अन्त्येष्टि गरिएको इकाइ सभापति...
पोखरा, १८ कात्तिक । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको अन्येष्टि गरिएको छ । विगत लामो समयदेखि सुगर र प्रेसरबाट प्रभावित केसीको सोमबार राति निधन भएको थियो । पोखरा शान्तिघाटमा मङ्गलबार हिन्दू संस्कार अनुसार उनको अत्येष्टि गरिएको हो । उनका एक श्रीमती र तीन छोरा छन् । पोखरा ७ एयरपोर्टस्थित केसी निवासमा...
पोखरा, १५ कात्तिक । नेपाल मुस्लिम संघ कास्कीले राजधानीको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा भएको तोडफोड र आक्रमणको निन्दा गरेको छ । संघले सो घटना सिङ्गो नेपाली मुस्लिम समुदायमाथिको आक्रमण भएको ठहर गर्दै ध्यानाकर्षण भएको जनाएको छ । संघका कास्की अध्यक्ष हारुन खानद्वारा हस्ताक्षरीत विज्ञप्तिमा सरोकारवाला सहित उच्चस्तरीय छानविन समिति गठन गरी सत्य तथ्य सार्वजनिक गर्न...
पोखरा, १५ कात्तिक । पृथ्वीधर सिग्देल समाज पोखरा १३ को चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले आगामि २ वर्षका लागि गोविन्द सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुवाष सिग्देल, सचिवमा अर्जुन सिग्देल, कोषाध्यक्षमा केदारराज सिग्देल, सदस्यमा ज्ञानेन्द्रप्रसाद सिग्देल, सरस्वती सिग्देल, इन्दिरा सिग्देल र सन्तोष सिग्देल छन् । संयोजक प्रकाश सिग्देल, सदस्य...
पोखरा, ७ कात्तिक । पोखरा २२ पुम्दीभुम्दीस्थित भगवती आधारभूत विद्यालयले पुम्दीभुम्दी, कालावाङका डा.कृष्णप्रसाद पौडेललाई सम्मान गरेको छ । सोही विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थी पौडेलले नलेज मेनेजमेण्टमा विद्यावारिधी उपाधी हासिल गरेकोमा विद्यालयको गौरव बढेको भन्दै सम्मान गरेको हो । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश गुरुङ र पूर्व अध्यक्ष तथा नेपाली काँग्रेस पुम्दीभुम्दीका पूर्व इकाइ सभापति...
पोखरा, ३ कात्तिक । नेपाली काँग्रेस कालावाङ घडेरी टोल इकाइ समिति पोखरा २२ ले पिएचडी गर्न सफल डा. कृष्णप्रसाद पौडेललाई सम्मान गरेको छ । पोखरा २२ पुम्दीभुम्दीका जन्मेका पौडेलले नलेज मेनेजमेण्टमा पिएचडी गरी पुम्दीभुम्दीको गौरव बढाएको भन्दै उनलाई सम्मान गरिएको हो । पौडेल नेपाली काँग्रेस शिक्षा विभागका सचिव समेत हुन् । नेपाली काँग्रेसका अग्रज नेता...
पोखरा, २ कात्तिक । तराई सेवा समाज पोखराले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा पोखरामा शनिवार खुल्ला रक्तदान कार्यक्रम गरेको छ । पोखरा महेन्द्रपुलमा आयोजित रक्तदानमा २१ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मणिपाल शिक्षण अस्पतालका डिन डा. डिसि अग्रवालले रक्तदान समाज सेवाको उत्कृष्ट कार्य भएको बताए । तराई सेवा समाज पोखराका प्रमुख सल्लाहकार...
पोखरा, १ कात्तिक । नेपाली काँग्रेस कास्कीले विजया दशमी, दिपावली, छठ, नेपाल सम्वत् र इदको अवसरमा शुभकामना व्यक्त गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी सम्पूर्ण नेपालीमा सुख, शान्ति र सम्वृद्विको शुभकामना व्यक्त गरेका हुन् । कोरोनाका कारण यसपटक विगतमा जस्तो चाडपर्व मनाउन सहज अवस्था नरहेपनि आवश्यक सावधानी र सतर्कता अपनाउदै...
पोखरा, २३ असोज । नेपाल प्रेस युनियन कास्कीले शान्ति पत्रकारिता पुरस्कार – २०७७ पोखराका युवा पत्रकार हिमनिधि लौडारीलाई प्रदान गर्ने भएको छ । पोखरा ११ निवासी समाजसेवी, व्यवसायी भोला बरालले आफ्ना पिता÷माता पूर्णप्रसाद÷मायादेवी बरालको स्मृतिमा स्थापना गरेको पुरस्कारको राशी नगद २५ हजारसहित दोसल्ला र सम्मानपत्र रहेको अध्यक्ष नवीन सिग्देलले जानकारी दिए । नेपाल प्रेस युनियन...
पोखरा, २१ असोज । स्थानीय तह कर्मचारी युनियन नेपाल, पोखरा महानगरपालिका इकाइ समितिले विभिन्न सुझाव सहित सात बुँदे माग पेश गरेको छ । इकाइ समितिका अध्यक्ष इ.अमिर भण्डारीले पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई सुझाव सहितको माग पेश गरेका थिए । युनियनले महानगरबासीको हित तथा महानगरपालिकाका सम्पूर्ण कर्मचारीको वृत्ति विकास र पोखरा महानगरको नीति...