पोखरा, १४ फागुन। कास्कीको रुपा गाँउपालिकाले आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ । गाउँपालिकाले फागुन २२ देखि २७ गतेसम्म विविध कार्यक्रम गर्ने छ । गाउँपालिकाले भलिबल प्रतियोगिता, माला प्रतियोगिता, झाँकी प्रतियोगिता, स्रष्टा सम्मानलगायतका कार्यक्रम गर्ने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गाँउपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । स्थापना दिवसका अवसरमा अध्यक्ष कप...