अहिले यस्तो छ पोखरा

अहिले यस्तो छ पोखरा

pokhara

– पूर्णबहादुर कार्की

पोखरा, १३ फागुन (रासस) : आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य पोखरामा पर्यटकको चहलपहल बढेको छ ।

कोरोना भाइरसका कारण लामो समय ठप्प पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । आन्तरिक तथा बाह्य पर्यटकको सदाबहार चहलपहल हुने पोखरामा विदेशी पर्यटक खासै नभए पनि आन्तरिक पर्यटकको भने आकर्षण बढेको पर्यटन व्यवसायी बताउँछन् ।

पोखरा बजार तथा आसपासका ग्रामीण पर्यटकीयस्थलमा पनि पर्यटक बढेका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका कारण लामो समय घरभित्र बन्द पर्यटक त्रास कम भएपछि घुमफिरमा समय दिन थालेका छन् । साथै कोरोना खोप लगाउन शुरु भएसँगै भ्रमणको गन्तव्य पोखरा बनाउनेहरु पनि बढ्नाले आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

पोखराका प्रमुख पर्यटकीय गन्तव्य फेवाताल, फेवातालको बीचमा अवस्थित तालबाराही मन्दिर, महेन्द्र गुफा, गुप्तेश्वर गुफा, चमेरे गुफा, पातले छाँगो, विश्व शान्ति स्तूपलगायत स्थलमा घुमफिर गर्नेहरुको सङ्ख्या बढेको छ । फेवातालमा डुङ्गामा शयर गर्ने र प्याराग्लाइडिङमा रमाउनेहरु पनि उत्तिकै छन् ।

देशका पूर्वमेचीबाट महाकालीसम्मका जिल्लाबाट शैक्षिक, बैंक तथा वित्तीय संस्था, सहकारीलगायतले पोखरालाई भ्रमण कार्यक्रम बनाएपछि यहाँ आन्तरिक पर्यटक बढेका हुन् । बडादशैँपछि पोखरामा पर्यटक बढ्न शुरु भएको र अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखेरलले बताए । केही तेस्रो मुलक तथा छिमेकी भारतका पर्यटकसमेत अहिले पोखरामा छन् । विगत वर्षमा मुख्य पर्यटकीय मौसममा विदेशी पर्यटक भरिभराउ हुने गरे पनि यस वर्ष आन्तरिक पर्यटकले मात्र ठूूलो राहत मिलेको पर्यटन व्यवसायीको भनाइ छ ।

अझै केही समय बाह्य पर्यटक आवागमन सहज नभएकाले आन्तरिक पर्यटनलाई लक्ष्य गरी छुटलगायत सुविधा व्यवसायीले प्रदान गरेका छन् । पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाले आन्तरिक पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको पोखरेलले जानकारी दिए । उनले भने , “आन्तरिक पर्यटन प्रवद्र्धनात्मक कार्र्यक्रम सञ्चालनपछि पोखरामा पर्यटकको चहलपहल बढेको छ । केही समय अझै आन्तरिक पर्यटनमा निर्भर रहनुपर्ने बाध्यता रहेकाले स्वदेशी पर्यटक आकर्षण गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।”

प्याराग्लाइडिङ पोखरामा पर्यटकको अर्को आकर्षण हो । कोरोनाले ठप्प प्याराग्लाइडिङमा दशैँपछि सहुलियत दरमा व्यवसायीले उडानको व्यवस्था गरेपछि केही साता ठूलो भीड लाग्ने गरेको थियो । अहिले पनि आन्तरिक पर्यटकको आकर्षण प्याराग्लाइडिङमा देखिएको नेपाल हवाई खेलकूद संस्था ९ना०ले जनाएको छ । पोखरासँगै आसपासका क्षेत्रमा समेत अहिले आन्तरिक पर्यटक बढेका छन् । अग्ला डाँडामा खुलेका होटल, रेस्टुरेष्ट तथा घरबासमा बस्नेहरुको सङ्ख्या राम्रो रहेको बताइन्छ ।

पोखराका काहुँडाडाँ, सराङकोट, धम्पुस, घान्द्रुक, अस्तामलगायत क्षेत्रमा पर्यटकको चहलपहल बढेको सम्बन्धित क्षेत्रका व्यवसायीको भनाइ छ । यसैगरी साहसिक ग्रामीण पर्यटनको गन्तव्य घान्द्रुक गाउँ र विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर गत माघ १ गतेदेखि पर्यटकका लागि खुला गरेपछि सो क्षेत्रमा पनि आन्तरिक पर्यटक आउन शुरु भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्ष किसम गुरुङले लामो समय घान्द्रुक क्षेत्र बन्द हुँदा पर्यटनमा आश्रित व्यवसायी मारमा गएपछि सवैखाले पर्यटकका लागि स्वास्थ्य मापदण्ड पूरा गरेर खुलाउने निर्णयपछि स्वदेशी पर्यटक गाउँमा आउन शुरु गरेको बताए । कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको बन्दाबन्दीपछि बन्द प्रदेशका सबै पर्यटकीय गन्तव्य माघदेखि सञ्चालनमा आएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀