न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

स्वदेशमै फलाम उत्खनन गर्दै सरकार
सरकारले छिमेकी मुलुकबाट आयत हुँदै आएको फलामलाई रोक्नका लागि नेपालमै फलाम उत्खननको कार्य अगाडि बढाएको छ । खानी तथा भूगर्भ विभागले गरेको अध्ययनका क्रममा गण्डकी प्रदेशको नवलपरासी (पूर्व) मा पर्ने हुप्सेकोट गाउँपालिका–५ को पश्चिम नाम्जाकोटदेखि पूर्वी धौवादी क्षेत्रमा फलाम रहेको तथ्य फेला पारेसँगै उत्खनन कार्यलाई अगाडि बढाइएको हो । नवलपरासी (पूर्व) स्थित पूर्वपश्चिम राजमार्गको कावासोतीदेखि...
सम्बोधनको पूर्णपाठ
मिलेर देश बनाउन सक्छौँ र बनाउँछौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गरेका छन । प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पूरा भएको अवसरमा सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्दैै उनले सुशासन, सामाजिक न्याय, समृद्धि, कूटनीति, विपद् व्यवस्थापन र लोकतन्त्रको सम्बद्र्धनलगायत क्षेत्रमा भएका मुख्य प्रगति सार्वजनिक गरेका छन...
यस्ता छन् सरकारका एक वर्षका उपलब्धि (संक्षिप्त विवरण)
सरकारले विभिन्न चुनौती र साधनस्रोतको सीमाका बाबजुद एक वर्षको अवधिमा आर्थिक, सामाजिक तथा पूर्वाधार विकास एवं शासकीय सुधार र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय कार्य सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व गर्नुभएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सार्वजनिक विवरणमा सो अवधिमा सुरु गरिएका कार्य र प्राप्त उपलब्धिले राष्ट्रलाई शान्ति,...
जनशक्ति नहुँदा सञ्चालनमा आएन गुल्मीको आइसियु
गुल्मी अस्पतालमा दुई वटा भेन्टिलेटर सहितको पाँच शैय्याको सघन उपचार कक्ष (आइसियु) भवन निर्माण हुँदा पनि सञ्चालन हुन सकेको छैन । आइसियु सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन भएको छ । जिल्लाका नागरिकलाई तम्घासमै सर्वसुलभ स्वास्थ्य उपचार दिने उद्देश्यले आर्थिक वर्ष २०७७/७८ मा सघन उपचार कक्ष (आइसियु) भवनको निर्माण गरिएको थियो...
मानव तस्करीको आशंकामा फ्रान्समा रोकिएको बिमानलाई पुन: भारत फकाईयो
मानव तस्करीको आशंकामा फ्रान्सको एयरपोर्टमा रोकिएको भारतिय बिमानलाई पुनः मुम्बई फकाईएको छ । करिब ३ सय भारतीय नागरिकहरू लिएर निकारागुवाका लागि उडेको चाटर्ड बिमान केहीदिन मानव तस्करीको आशंकामा फ्रान्सको एयरपोर्टमा रोकिएको थियो । मानव बेचबिखनको आशंकामा उक्त बिमानलाई प्रहरीले फ्रान्सको बिमानस्थलमा नियन्त्रणमा लिएको थियो । प्रहरी अधिकारीका अनुसार बिमानमा नाबालक समेत सवार थिए । मानव...
विश्वबहादुरको एउटै बगानमा फल्यो ७५ लाखको सुन्तला
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका सुन्तला उत्पादक कृषक विश्वबहादुर अधिकारीले एउटै सुन्तला बगानमा उत्पादित सुन्तला ७५ लाखमा बिक्री गरेका छन । उनले सुन्तला व्यापारी तुलबहादुर थापालाई उक्त बगानमा उत्पादित सुन्तला सो मूल्यमा बिक्री गरेका हुन । उत्पादित सुन्तला विगत केही वर्षयता उनले नै ठेक्कामा खरिद गर्दै र्आएका छन। कृषक अधिकारीले भने, “ठेक्कामा बिक्री गर्दा सजिलो हुने...
जहाज खरिदमा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले जहाज खरिद प्रक्रियामा कुनै पनि त्रुटि र विवाद नहुने गरी पारदर्शी ढङ्गले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका छन । सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ तथा छलफल कार्यक्रममा प्रधानमन्त्री दाहालले जहाज खरिद प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिएका हुन । प्रधानमन्त्रीले भने,...
बाह्रखरी कथा लेखन प्रतियोगिताको उपाधि ‘बुढो लाँकुरीको रूख’ लाई
बाह्रखरी मिडिया प्रालिले आयोजना गरेको कथा प्रतियोगिताको उपाधि कथाकार मनोजबाबु पन्तले जितेका छन । डिसहोम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० को पाँचौँ संस्करणको सर्वोकृष्ट कथा पन्तको ‘बुढो लाँकुरीको रूख’ बन्न सफल भएको हो । प्रथम बनेसँगै पन्तले एक लाख नगद र प्रमाणपत्र प्राप्त गरेका छन । यसैगरी, दोस्रोमा प्रमोद प्याकुरेलको ‘काँचुली’ कथा बनेको हो । दोस्रोलाई...
सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा बुधबार
जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासमा निरन्तर सुनुवाइ सुरु गरिएको र बहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा बुधबारका लागि राखिएको हो । सोमबार र मङ्गलबार सार्वजनिक बिदा अदालत पनि बन्द रहने भएकाले सुनुवाइ बुधबार हुने भएको हो । यसअघि,...
‘ मुलुकले कृष्णप्रसाद भट्टराई जस्तो असल अभिभावक खोजिरहेको छ ’ : कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकलाई कृष्णप्रसाद भट्टराई जस्तो सादगी, इमान्दार र निष्ठावान् नेता आवश्यक रहेको बताएका छन । कांग्रेसका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको ९९ जन्मजयन्तीका अवसरमा नेकां मोरङद्वारा विराटनगरमा आयोजित विचार गोष्ठीमा उहाँले मुलुकमा देखिरहेको सङ्कट समाधान र समृद्धिका लागि नेता भट्टराईजस्तो असल अभिभावक खोजिरहेको विचार व्यक्त गरेका छन ।...
गिरोहले एक सय ३८ किलोग्राम सुन भित्र्याएको खुलासा
त्रिभुवन विमानस्थलबाट गत मङ्सिर २१ गते बरामद सुन ल्याउने समूहले यसअघि एक सय ३८ किलोग्राम सुन ल्याएको खुलासा भएको छ । गत मङ्सिर २१ गते गोरखाका चन्द्र घलेका साथबाट बरामद भएको सुन कारोबारमा नौजनाको संलग्नता रहेको र उक्त समूहले हालसम्म एक सय ३८ किलोग्राम सुन नेपाल ल्याइसकेको खुलेको हो । सुन बरामद भएसँगै सरकारले भन्सार...