न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

त्रिविका सबै परीक्षा स्थगित
काठमाडौँ, १३ वैशाख (रासस)।  त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगन गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले मङ्गलबारदेखि हुने सबै परीक्षा स्थगन गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोरोना भाइरसको दोस्रो प्रकोपले देशका विभिन्न स्थानमा बन्दाबन्दी र निषेधाज्ञा भएका कारण अहिलेको स्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले स्थगन...
गण्डकी प्रदेश मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव, बुधबार मतदान
पोखरा,१३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस गरिएको छ । प्रदेशसभाको विशेष अधिवेशन अन्तर्गत सोमबार बसेको प्रदेशसभाको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले अविश्वासको प्रस्ताव पेस गर्नुभएको हो । अविश्वासको प्रस्ताव पेस गर्दै काँग्रेसका पोखरेलले मुख्यमन्त्री गुरुङले प्रदेशको विकास गर्न नसकेको आरोप लगाउनुभयो...
सरकारी निर्णय अवज्ञा गर्ने विद्यालय सञ्चालक र शिक्षक नियन्त्रणमा
सप्तरी, १३ वैशाख (रासस)कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको सरकारी निर्णय अवज्ञा गर्ने राजविराजका निजी विद्यालयका ११ सञ्चालक एवम् प्रिन्सिपललाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । अनुगमनमा निस्किएको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव र वडाध्यक्ष, सप्तरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलासहितको टोलीले तिनलाई नियन्त्रणमा लिएको हो ।...
मन्त्रिपरिषद्को बैठक बस्दै
पोखरा, १३ वैशाख । आज साँझ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस रोकथामका महत्वपूर्ण निर्णय गर्ने सम्भावना रहेको छ ।
झाडापखालाबाट दिदीबहिनीको निधन
तुलसीपुर, १३ वैशाख (रासस)। झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो । दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर निधन भएको इलाका...
सुरक्षित रहँदै व्यवसाय गर्न पोउवा संघको आग्रह
पोखरा, १३ वैशाख ।पोखरा उद्योग वाणिज्य संघले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय संचालन गर्न व्यवसायीहरुसँग आग्रह गरको छ । कोभिड–१९ को दोस्रो लहरले जनजीवन असहज बनेको बेला संघले दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति गर्न तथा ढुवानी कार्यलाई पारदर्शी, सरल र प्रभावकारी बनाउन तथा आम उपभोक्ता तथा नागरिकहरुसँग सामान किनमेल गर्दा आवश्यक दूरी कायम गर्न,...
पोखरामा मास्क नलगाउने एक हजार बढी प्रशासनको नियन्त्रणमा
गण्डकी, १२ वैशाख (रासस) ः कास्की प्रशासनले कोभिड–१९ को रोगथाम र नियन्त्रणको लागि सचेतना एवम् अनुगमनलाई तिब्र बनाएको छ । पोखरा बजारमा दिनानुदिन संङ्क्रमितको संख्या बढ्दै गएपछि प्रशासनले सार्वजनिक स्थानमा सुरक्षा मापदण्ड अपनाउन सर्वसाधारणलाई सचेत गराउनुका साथै बिभिन्न समारोह हुने पार्टी प्यालेसहरुमा अनुगमन बढाएको हो । प्रशासनले आज कास्की पोखराका अधिकतम भिडभाड हुने ठाउँहरु चिप्लेढुङगा,...
कोरोनाबाट भारतमा २० सहित २३ नेपालीको मृत्यु
काठमाडौँ, १२ वैशाख (रासस) । यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २०, कुवेतमा दुई...
सीपमूलक तालिममा युवाको आकर्षण, तालिमपछि कोही व्यवसायमा, कोही स्वरोजगार
पोखरा, १२ वैशाख । पछिल्लो समय सीपमूलक तालिममा युवाहरुको आकर्षण बढेर गएको छ । तालिमपछि स्वरोजगार र अन्य व्यवसायमा समेत अवसरको ढोका खुल्ने भएपछि युवाहरु आकर्षित बनेका हुन् । पोखराको विरौटास्थित व्यवसायिक तथा सीप विकास तालिम केन्द्र गण्डकी प्रदेश कार्यालयमा सीपमूलक तालिम बारे चासो लिएर दैनिक करीब ५० जना युवाहरु पुग्ने गरेका छन् । विदेशबाट...
कोभिडविरुद्ध एकताबद्ध हुन प्रमको निर्देशन
काठमाडौँ, १२ वैशाख (रासस) । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिनुभएको छ । एमाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बालुवाटारमा आज बसेको तेस्रो बैठकमा उहाँले कोभिड– १९ विरुद्ध सबै पार्टी पङ्क्ति एक ढिक्का भएर परिचालित हुन आग्रह गर्नुभयो । “कोभिड– १९ विरुद्ध...
पोखरामा मनाइयो विश्व भेटेरिनरी दिवस
पोखरा, १२ वैशाख । पोखरामा  २१ औँ विश्व भेटेरिनरी दिवस मनाइएको छ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले संयुक्त रुपमा दिवस मनाएको हो । सो दिवसको अवसरमा कोभिड–१९ संकटमा भेटेरिनरीयनको प्रतिक्रिया विषयक निवन्ध प्रतियोगिता गरिएको थियो ।...
अहंकारलाई स्थान दिनहुन्न – शर्मा
पोखरा, १२ वैशाख । नेपाल ट्रेड युनियन काँग्रेस कांस्कीले नयाँ वर्षको शुभकामना आदान प्रदान तथा पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रका निर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका नेता शुक्रराज शर्माले देशको सबैभन्दा ठूलो सम्पत्ति र देशको मेरुदण्ड प्रजातन्त्र रहेको बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा कलम चलाउदा पत्रकारहरुले सकारात्मक उर्जा थप्न...