न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

कोरोना जोखिम बढेपछि सर्वोच्च अदालतको सेवा प्रभावित
काठमाडौँ, १५ वैशाख (रासस) । सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको मङ्गलबार बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले वैशाख १५ देखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने निर्णय गरेको हो । कोभिड–१९ को सङ्क्रमण अवधिभर...
पिसिआरको शुल्क बढी लिने गरेको जनगुनासो आएपछि मन्त्रालयले जारी ग¥यो यस्तो सूचना
काठमाडौँ, १४ वैशाख (रासस) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को पिसिआर परीक्षण शुल्क बढी लिने प्रयोगशालालाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज सूचना जारी गर्दै पिसिआरको शुल्क बढी लिने गरेको जनगुनासो मन्त्रालयमा प्राप्त भएकाले त्यस्ता प्रयोगशालालाई कारवाही गरिने जानकारी दिनुभयो । उहाँका अनुसार बढी लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत...
सांसदको पिसिआर टेस्टपछि संसद सुचारु गरिने सहमति
पोखरा, १४ वैशाख । सांसदको पिसिआर टेस्ट माग गर्दै अबरुद्ध गण्डकी प्रदेशसभाको बैठक सबै सांसदको पिसिआर टेस्ट गरी सुचारु गर्ने सहमति भएको छ । कार्य व्यवस्था परामर्श समितिको बैठकमा सबै सांसदको आज मंगलबार नै स्वाब संकलन गरी टेस्ट गरिने सहमति जुटेको हो । टेस्टपछि कोरोना पोजेटिभ देखिएका सांसदले भोलि बुधबार हुने मतदानमा भाग लिन पाउने...
कास्की काँग्रेस सभापति केसीको परिवारलाई समवेदना व्यक्त गर्न महामन्त्री शशांक कोइराला देउमाणिमा
पोखरा, १४ वैशाख । प्रजातन्त्र सेनानी, नेपाली काँग्रेसका क्रियाशील सदस्य हर्क बहादुर केसीको निधन भएको १२ औं दिनको पुण्य तिथिमा मङ्गबार श्रद्वाञ्जली सभा गरिएको छ । नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा २८ ले देउमाणिमा आयोजना गरेको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुक, आफन्त, छिमेकी र परिवारजनको सहभागिता रहेको थियो । श्रद्वाञ्जली सभामा सहभागिता जनाउन तथा...
ऊर्जामन्त्री रायमाझीलाई कोरोना पुष्टि
काठमाडौँ, १४ वैशाख (रासस)। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखापरेपछि सोमबार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्नेको स्वाव परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो । मङ्गलबार आएको रिपोर्टमा मन्त्री रायमाझीसहित उहाँकी श्रीमती योगमाया, छोरा सन्दीप, छोरी सन्ध्या, ज्वाइँ बद्री...
निषेधाज्ञापछि घर फर्कन बसपार्कमा यात्रुको भीड
काठमाडौँ, १४ वैशाख (रासस) ।गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य...
हनुमान जन्मजयन्ती मनाइँदै
काठमाडौँ, १४ वैशाख (रासस) । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर...
पोखराको पर्यटन विकासका लागि परिषद् र महानगरबीच छलफल
पोखरा, १४ वैशाख । पोखरा पर्यटन परिषद्ले पोखराको दिगो पर्यटन विकासका लागि पोखरा महानगर र पर्यटन व्यवसायी बीच छलफल गरेको छ । परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईको नेतृत्वमा संघमा आवद्ध संघसंस्थाका प्रतिनिधि सहितको टोली र महानगरका प्रमुख मानबहादुर जिसी बीच  कोभिड १९ को समस्या र पोखराको पर्यटनको विषयमा छलफल भएको हो । कोभिड १९ को महामारी...
सभापति देउवाद्वारा कोरानाको सङ्क्रमण रोक्ने हर सम्भव उपाय गर्न माग
काठमाडौँ, १३ वैशाख (रासस) ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणको चपेटामा परेको वर्तमान परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल नियन्त्रणका हर सम्भव उपाय गर्न सरकारसँग माग गर्नुभएको छ । साथै उहाँले सङ्क्रमितहको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीहरुको उपलब्धता र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनेतर्फ सरकारलाई गम्भीर हुन...