सभापति देउवाद्वारा कोरानाको सङ्क्रमण रोक्ने हर सम्भव उपाय गर्न माग

सभापति देउवाद्वारा कोरानाको सङ्क्रमण रोक्ने हर सम्भव उपाय गर्न माग

Sherbahadur-Deuba_1

काठमाडौँ, १३ वैशाख (रासस) ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणको चपेटामा परेको वर्तमान परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल नियन्त्रणका हर सम्भव उपाय गर्न सरकारसँग माग गर्नुभएको छ ।

साथै उहाँले सङ्क्रमितहको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीहरुको उपलब्धता र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनेतर्फ सरकारलाई गम्भीर हुन पनि माग गर्नुभएको छ ।

मुलुकमा पछिल्ला समय कोभिड–१९ सङ्क्रमण दर तीव्र गतिमा बढेको र सङ्क्रमणबाट गम्भीर बिरामी भएर आइसियु र भेन्टिलेटरको आवश्यकता पर्नेको सङ्ख्या पनि बढ्दो छ ।

अहिले युवाहरुमा पनि सङ्क्रमण उल्लेख्य रुपमा बढेको र सङ्क्रमितको उपचार पूरा गर्न मुलुकको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको उहाँले उल्लेख गर्नुभएको छ ।

सभापति देउवाले आज एक विज्ञप्तिमार्फत आम नागरिकहरुलाई कोभिड–१९ को सङ्क्रमणवाट सुरक्षित राख्न कोरोनाविरुद्धको खोप सबैभन्दा भरपर्दो उपाय भएको उल्लेख गर्दै त्यसतर्फ सरकारले समयमा गम्भीर नहुनाले खोपको समुचित व्यवस्था हुन नसकेको बताउनुभएको छ ।

मित्रराष्ट्र भारतबाट शुरुमै १० लाख निःशुल्क खोप प्राप्त भएका कारण ठूलो राहत महसुस भएको थियो । पछि चीनबाट पनि आठ लाख खोप निःशुल्क प्राप्त भई वितरण भइरहेको बताउँदै उहाँले उक्त सहयोगका लागि दुवै मित्रराष्ट्रलाई धन्यवादसमेत दिनुभएको छ ।

सभापति देउवाले देशको सम्पूर्ण आवश्यकता पूर्ति गर्न अझ ठूलो सङ्ख्यामा खोपको आवश्यकता रहेकाले चाँडोभन्दा चाँडो आवश्यक खोपको व्यवस्था मिलाउनेतर्फ ठोस योजनासहित कूटनैतिक सक्रियता बढाउन पनि सरकारसँग माग गर्नुभएको छ ।

विकसित मित्रराष्ट्रहरुले खोप उत्पादक संस्थाहरुसँग आ–आफ्नो देशहरुको आवश्यकताभन्दा पनि बढी सङ्ख्यामा अग्रिम बुकिङ सुरक्षित गरेको अवस्थामा अग्रिम बुकिङ गर्न नसकेका नेपाल जस्ता देशहरुलाई बुकिङ भएको सङ्ख्या मध्येबाट खोप सुविधा उपलब्ध गराउन पनि सम्बन्धित मित्रराष्ट्रहरुसँग उहाँले अनुरोध गर्नुभएको छ ।

सभापति देउवाले कोभिड–१९ बाट सुरक्षित हुन, अनिवार्य मास्क लगायतका सुरक्षा व्यवस्था र सङ्क्रमण रोकथामका लागि आवश्यक अन्य स्वास्थ्य सुरक्षा प्रोटोकलको अनुसरण गर्न पनि सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
11 Feb · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Feb 2025 00:30 UTC
Latest change: 10 Feb 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
139.97
Indian Rupee 
Indian Rupee
87.44
US Dollar 
US Dollar
1
Euro 
Euro
0.97
British Pound 
British Pound
0.81
Australian Dollar 
Australian Dollar
1.59
Japanese Yen 
Japanese Yen
152.14
US Dollar 
US Dollar
1
11 Feb · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Feb 2025 00:30 UTC
Latest change: 10 Feb 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀