बंगलादेशमा क्याम्पसमै सेनाको विमान खस्दा कम्तीमा १९ जनाको मृत्यु

बंगलादेशमा क्याम्पसमै सेनाको विमान खस्दा कम्तीमा १९ जनाको मृत्यु

bangla acc

तस्बिर : रोयटर्स

काठमाडौँ — बंगलादेशको राजधानी ढाकामा बंगलादेशी वायु सेनाको एफ-सेभेन जेट विमान दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन क्याम्पस परिसरमा बंगलादेशी सेनाको जेट विमान खसेको हो ।

बंगलादेशी सञ्चार माध्यम द डेली स्टारका अनुसार दुर्घटनामा कम्तीमा १ सय ६४ जना घाइते भएका छन् । स्थानीय समयअनुसार दिउँसो १:०६ मा उडेको उक्त विमान साढे १ मा दुर्घटनामा परेको थियो । दुर्घटनामा उक्त विमानका पाइलट फ्लाइट लेफ्टिनेन्ट तौकिर इस्लाम सागरको समेत मृत्यु भएको छ ।

सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन्स(आईएसपीआर) का अनुसार प्रशिक्षणका क्रममा क्याम्पस परिसरमा जहाज दुर्घटनामा परेको हो । मृत्यु हुनेहरूमा अधिकांश क्याम्पसका विद्यार्थी रहेका छन् । घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । छुट्टी हुने बेलामा विमान खसेको माइलस्टोन क्याम्सका प्राध्यापकहरूले जनाएका छन् ।

उक्त जहाज दुर्घटनापछि बंगलादेश सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । मंगलबार सबै सरकारी, अर्धसरकारी, स्वायत्त संस्थान र शैक्षिक संस्थाहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

अमेरिका अपडेट

Loading...
24 Jul · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 23 Jul 2025 19:20 UTC
Latest change: 23 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
138.26up
Indian Rupee 
Indian Rupee
86.37up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.52down
Japanese Yen 
Japanese Yen
146.31down
US Dollar 
US Dollar
1
24 Jul · FX SourceRastra 