युक्रेनको हवाई सेनाले उसले सोमबार रुसले हमला गरेका इरानमा निर्मित शहिद ड्रोनहरूमध्ये १८ ड्रोन र एउटा क्षेप्यास्त्रलाई खसाएको बताएको छ । मस्कोले सामान्यतया हरेक साता युक्रेनमा दर्जनौँ ड्रोनद्वारा हमला गर्दछ । उसले युक्रेनका ऊर्जा संयन्त्र र सैन्य ठेगानालाई लक्षित गर्दै आएको छ ।
युक्रेनको हवाई सेनाले एक सामाजिक मिडिया पोस्टमा भनेको छ, “लडाइँका क्रममा १८ वटा ड्रोन र एउटा एक्स–५९ निर्देशित क्षेप्यास्त्र नष्ट गरिएको छ ।” स्थानीय अधिकारीहरूले लिभिभ, इभाने–फ्रान्किभिस्क र खमेलनित्स्किीका पश्चिमी क्षेत्रका साथै दक्षिणमा माइकोलाइभ र खेरसनमा हमला भएको सूचना दिएका छन् ।
खेरसनमा एउटा सांस्कृतिक केन्द्र र एउटा पसललाई निशाना बनाइएको थियो । हमलामा सम्भावित हताहतको कुनै जानकारी प्राप्त भएको छैन । मौसम परिवर्तनसँगै तापक्रम माइनसमा झर्दा विद्युत् तथा अन्य ऊर्जा केन्द्रमा रुसले आक्रमण गर्ला कि भन्ने युक्रेनलाई डर छ ।
भर्खरै
बंगलादेशमा क्याम्पसमै सेनाको विमान खस्दा कम्तीमा १९ जनाको मृत्यु
अस्ट्रेलियामा आँधीका कारण सात सय जना अलपत्र
नाइजेरियामा बन्दुकधारीद्वारा ८७ जना अपहरण
सबैभन्दा तातो दशकपछि पृथ्वी सङ्कटको सङ्घारमा रहेको राष्ट्रसङ्घको चेतावनी
‘मानव तस्करी’ को आशङ्कामा भारतीय विमान, फ्रान्समा अवतरण
प्रतिस्पर्धी अरब अर्थतन्त्रमा युएई पहिलो स्थानमा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं