संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा महासचिव गुटरेस असोज २६ गते काठमाडौं आउन लागेका हुन् । महासचिव गुटेरेस नेपाल भ्रमणपछि असोज २९ गते नेपालबाटै चीन जाने कार्यक्रम छ। नेपाल भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति, प्रधानमन्त्री, तथा बिभिन्न राजनीतिक दलका नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार द्वन्द्वकालीन मुद्दाको किनारा लगाउन राजनीतिक दलहरूलाई सकस भइरहेका बेला महासचिवको यो भ्रमण बिशेष हुन सक्ने बताइन्छ । स्रोतका अनुसार महासचिव गुटेरेसले द्वन्द्वकालका पीडितहरूसँग समेत भेट गर्ने कार्यक्रम छ ।
राष्ट्रसंघको महासभामा सहभागी भएका बेला प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसलाई भेटेर नेपाल भ्रमणको निम्तो दिएका थिए।
भर्खरै
बंगलादेशमा क्याम्पसमै सेनाको विमान खस्दा कम्तीमा १९ जनाको मृत्यु
भारतको महाराष्ट्र राज्यमा रेल दुर्घटना, ७ जना नेपालीको मृत्यु
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
भारतमा बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार
परराष्ट्रमन्त्री राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट
सबैभन्दा तातो दशकपछि पृथ्वी सङ्कटको सङ्घारमा रहेको राष्ट्रसङ्घको चेतावनी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं