हर्क साङपाङका बारेमा सायद अब नाम नसुन्ने नेपाली कमै होलान । हर्क साङपाङ कुनै सहरको मेयर हुन भनेर भन्दा पनि उनको कामले साङपाङलाई बढ्ता चिनाएको हुनु पर्दछ । उनि अहिले धरान उपमहानगरपालिकाका प्रमुख छन् । देशमै परिचित सहर धरान र त्यसको प्रमुख हुनुले मात्रै होईन उनलाई उनको कामले चिनाएको हो भन्दा फरक नर्पला ।
शुरुवाती दिनमा नेपाली संचारमाध्यममा कसैको बढ्ता चर्चा हुन्थ्यो त सायद साङपाङकै हुन्थ्यो होला । उनले आफ्नो परिचय काम गर्ने मेयरका रुपमा बनाएका हुन् । अहिले पनि आम नेपालीले श्रमदान गर्ने मेयर, असल जनप्रतिनिधि भनेरै चिन्दछन् । अनि पानिको हाहाकार मेटाउन उनले खेलेको भूमिकाको सायद जीवन्त चर्चा हुनेनै छ ।
केही समय पहिलेको कुरा हो, जब धरानले पानि पायो अनि उनि पानीमा रुझेको तस्विर सामाजिक संजालमा आयो त्यसपछि त्यो फोटो भाईरलनै भयो । देशभरबाट जनताले उनको जय जयकार गरे । जनप्रतिनिधि होउन् त हर्क जस्ता थुप्रै बिभूतिले उनि सिंगारिए । मेयर साङपाङको सक्रिय जनश्रमदान र उनकै व्यक्तिगत पहलमा काकाकुल बनेको धरानले पानि पाएको हो ।
जब उनि स्वतन्त्र रुपमा धरानको मेयर भए त्यसपछि राजनीतिक रुपमा चर्चा हुँदा राजनीति गर्ने व्यक्ति हुन त साङपाङ जस्ता, मेयर होस त धरानको जस्तो, भाग्यमानी धरानवासी, धरानको परिचय साङपाङ जस्ता बिभिन्न बिषयमा समाचार, आलेख, विचारहरु व्यक्त भए । चर्चा यसरी चुलियो कि देशमा उनि भन्दा अरु मेयरनै छैनन्, देशमा अरु त बिषय त चर्चा गर्न लायक बिषयनै होईनन् ।
काम सँगै मेयर साङपाङको परिचय सामाजिक संजालमा अन्टर सन्टर लेख्ने मेयरका रुपमा पनि परिचित हुँदै गयो । साथै उनलाई तुच्छ बोल्ने मेयरका रुपमा पनि हेर्न थालियो । सभा सम्मलेनहरुमा पनि उनले स्पष्ट रुपमा कुरा राख्ने भएकाले पनि हुन सक्छ, चर्चासँगै आलोचना पनि भयो । मनमा लागेको कुरा धक नमानी मेयर साङपाङले सामाजिक संजालमा लेखि हाल्छन् । आम मान्छेहरु मयेर साङपाङले केही बिषय सामाजिक संजालमा नलेख्दा पनि हुन्थ्यो भनेर लेखेका हुन्छन्, तर उनले आफुलाई लागेको, चित्त नबुझेको कुरा तुरुन्तै लेखि हाल्छन् ।
रातको १२ बजेपछि पनि मेयर साङपाङका स्टाट्स आउने गरेका छन् । पछिल्लो क्रममा गोरु काटेर खाएको बिषयमा पनि उनले लेख्न भ्याए । जसका कारण उनले धेरै आलोचना पनि खेपिरहेका छन् । सार्वजनिक रुपमै गोरु काटेर खाएको बिषयमा अहिले त्यहाँ आन्दोलन समेत भईरहेको छ ।
मनमा लागेको कुरा धक नमानी मेयर साङपाङले सामाजिक संजालमा लेखि हाल्छन् । उनले आफुलाई लागेको, चित्त नबुझेको कुरा तुरुन्तै लेखि हाल्छन् । रातको १२ बजेपछि पनि मेयर साङपाङका स्टाट्स आउने गरेका छन् ।
बुद्धिजीवि तथा केही पढेलेखेका भनिने बर्गले हर्कलाई संयमित नभएको, पदको मर्यादा कायम नराखेको, मेयर अनुशासनमा नबसेको भनेर आलोचना पनि गरे । तर मेयर साङपाङले त्यसको कुनै वास्ता गरेनन् । आज पनि उनि कुनैपनि दल, राज्यको निकाय या सरकारसँग कुनै डर नमानी जनताको काम गरिरहेका छन् ।
धरानमा हिन्दु समर्थकहरुले बिरोध जनाएर आन्दोलननै गरेपछि भने उनले यस बिषयमा सामाजिक सदभाव कायम राख्न सुनसरी तथा धरानवासीलाई आग्रह गरेका थिए । यसरी हेर्दा मेयर साङपाङको चर्चाले सामाजिक संजाल चुलिएको छ भन्दा सायद फरक नर्पला ।
भर्खरै
कामको चर्चाले चुलिएको नाम हो, हर्क साङपाङ
चर्चामा बाग्लुङकी सिमरन परियार, भ्यूअर्वस, फलोअर्सको ओईरो
सामाजिक संजालमा चर्चा बालेन शाहको
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं