चन्द्रयान-३ सफलतापूर्वक अवतरण

भारत नयाँ विश्व रेकर्ड राख्न सफल

चन्द्रयान-३ सफलतापूर्वक अवतरण

नेपालका प्रधानमन्त्री सहित शिर्ष नेताद्धारा भारतलाई बधाई ज्ञापन

chandrayaan-3

नयाँ दिल्ली  । भारतले चन्द्रमाको सतहमा चन्द्रयान-३ सफलतापूर्वक अवतरण गराउन सफल भएको छ । भारतले बुधवार चन्द्रमाको दक्षिणध्रुवमा चन्द्रयान-३ सफलतापूर्वक अवतरण गराएको हो । चन्द्रमाको सतहमा अहिलेसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन्, भारत नयाँ विश्व रेकर्ड राख्न सफल भएको छ ।

यसलाई भारले एतिहासिक सफलता भनेको छ । चन्द्रमाको सतहमा भने यसअघि अमेरिका, रुस र चीनले सफलतापूर्वक अवतरण गराएका छन् । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन इसरोले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो । ‘एलभीएम–३’ रकेटले अन्तरीक्षयानलाई अन्तरिक्षमा पुर्‍याएको थियो । भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट कक्षमा सफलतापूर्वक पुर्‍याएको यो तेस्रो पटक हो । इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान–३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो । भारतको यो मिसन सफल भएमा चन्द्रमाको सतहमा पुग्ने चौथो मुलुक बन्नेछ ।

चार वर्षअघि ‘चन्द्रयान–२’ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप पुरस्कृत गर्दै भारतले ‘चन्द्रयान–३’ बनाएको थियो । भारतले दुर्घटना हुन सक्ने सबै किसिमको अवस्था परीक्षण गरेर प्रक्षेपण गरेको छ । भारतले ‘चन्द्रयान–३’ मिसनका लागि ६ सय १५ करोड भारतीय रुपैयाँ खर्चेको प्रारम्भिक अनुमान गरिएको छ । मिसनले चन्द्रमाको थप अध्ययनमा सघाउ पुग्ने बताइएको छ।

नेपालका प्रधानमन्त्री सहित शिर्ष नेताद्धारा भारतलाई बधाई ज्ञापन

यसैक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले भारतले चन्द्रमाको सतहमा चन्द्रयान ३ को सफल अवतरण गराउन सफल भएकामा बधाई दिएका छन् । प्रधानमन्त्री दाहालले ट्वीट मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत अन्तरिक्ष अनुसन्धान संस्था आइएसआरओका सम्पूर्ण वैज्ञानिकलाई बधाई लेखेका छन् ।

यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चन्द्रयान ३ को सफलताका लागि भारत सरकार त्यहाँका जनतालाई बधाई दिएका छन्। त्यस्तै परराष्ट्रमन्त्री एनपी साउदले समकक्षी एस जयशंकरलाई बधाई दिँदै छिमेकी मित्रले प्रविधिमा गरेको सफलतालाई तारिफ गरेका छन्।

यता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री मोदीलाई बधाई दिँदै भनेका छन्, यस मिसनको सफलताका लागि भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, वैज्ञानिक र भारतबासी सबैलाई बधाई, पूर्वीय ज्ञानले विज्ञानको क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ, हामी पनि खुसी छौं, ट्वीटरमा उनले लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

चन्द्रयान-३ सफलतापूर्वक अवतरण
विद्यार्थीले बनाए मिष्टर स्क्यान
पोखरामा लाइट हेलिकप्टरको ट्याक्सी सुविधा भाडादर कति ?
होसियार ! अण्डा पनि नक्कली, यसरी बन्दो रहेछ…

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀