पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको भ्रष्टाचार मुद्दा र राजनीतिक भविश्य

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको भ्रष्टाचार मुद्दा र राजनीतिक भविश्य

माथिल्ला अदालतबाट पनि फैसला सदर भएमा उनी ५ वर्षका लागि चुनाव लड्न अयोग्य हुनेछन् 

imran khan

एजेन्सी

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई पार्टीका प्रमुख इमरान खान भ्रष्टाचार मुद्दामा तीन वर्ष कैद पाएपछि यतिबेला उनि जेलमा छन् । सरकारमा हुँदा उपहार बिक्री गर्दा पाएको रकमबारे जानकारी नगराएको ‘तोषाखाना मामिला’ मा उनलाई इस्लामाबाद जिल्ला अदालतले कैद सजाय र जरिवाना दुवैको फैसला सुनाएको थियो ।

खानलाई यसअघि गत मे ९ मा पनि भ्रष्टाचार मुद्दामै पक्राउ गरिएको थियो । त्यतिबेला पाकिस्तानी सरकार र सेनाविरुद्ध देशभर प्रदर्शन भएको थियो । पाकिस्तानी सेनाको मुख्यालयसहित विभिन्न ठाउँमा खानका कार्यकर्ताले आक्रमण गरेका थिए । सरकारलाई प्रदर्शन रोक्न हम्मेहम्मे परेको थियो । गत शनिबार लाहोरस्थित निवासबाट दोस्रो पटक पक्राउ पर्नुअघि उनले आफ्नो पक्राउको विषयमा चुप नबस्न सर्वसाधारणलाई अपिल गर्दै भिडियो सन्देश सार्वजनिक गरेका थिए ।

खानको सजायबारे माथिल्ला अदालतबाट पनि यही फैसला सदर भएमा उनी आगामी ५ वर्षका लागि चुनाव लड्न अयोग्य साबित हुनेछन् । त्यसो भएमा खानको राजनीतिक भविष्य अन्त्यको संघारमा पुगेको विश्लेषण गर्न थालिएको छ । कुनै समय पाकिस्तानको क्रिकेट टिमका कप्तान समेत रहेका ७० वर्षीय खान उत्तिकै लोकप्रिय भने छन् । सन् १९९६ मा पीटीआई स्थापना गरेर खान राजनीतिमा प्रवेश गरेका थिए । पीटीआईले सन् २०१८ मा ११६ सिट जितेपछि खान प्रधानमन्त्री बनेका थिए । तर, सन् २०२२ अप्रिलमा अविश्वास प्रस्तावमा हारपछि उनले सत्ता गुमाउनुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 24 Jun 
Nepal Rastra bank
Check: 24 Jun 2024 18:45 UTC
Latest change: 24 Jun 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.54down
Indian Rupee 
Indian Rupee
83.42down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.93
British Pound 
British Pound
0.79
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
159.55down
US Dollar 
US Dollar
1
Rastra · USD · 24 Jun 
Nepal Rastra bank
Check: 24 Jun 2024 18:45 UTC
Latest change: 24 Jun 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀