एजेन्सी
पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई पार्टीका प्रमुख इमरान खान भ्रष्टाचार मुद्दामा तीन वर्ष कैद पाएपछि यतिबेला उनि जेलमा छन् । सरकारमा हुँदा उपहार बिक्री गर्दा पाएको रकमबारे जानकारी नगराएको ‘तोषाखाना मामिला’ मा उनलाई इस्लामाबाद जिल्ला अदालतले कैद सजाय र जरिवाना दुवैको फैसला सुनाएको थियो ।
खानलाई यसअघि गत मे ९ मा पनि भ्रष्टाचार मुद्दामै पक्राउ गरिएको थियो । त्यतिबेला पाकिस्तानी सरकार र सेनाविरुद्ध देशभर प्रदर्शन भएको थियो । पाकिस्तानी सेनाको मुख्यालयसहित विभिन्न ठाउँमा खानका कार्यकर्ताले आक्रमण गरेका थिए । सरकारलाई प्रदर्शन रोक्न हम्मेहम्मे परेको थियो । गत शनिबार लाहोरस्थित निवासबाट दोस्रो पटक पक्राउ पर्नुअघि उनले आफ्नो पक्राउको विषयमा चुप नबस्न सर्वसाधारणलाई अपिल गर्दै भिडियो सन्देश सार्वजनिक गरेका थिए ।
खानको सजायबारे माथिल्ला अदालतबाट पनि यही फैसला सदर भएमा उनी आगामी ५ वर्षका लागि चुनाव लड्न अयोग्य साबित हुनेछन् । त्यसो भएमा खानको राजनीतिक भविष्य अन्त्यको संघारमा पुगेको विश्लेषण गर्न थालिएको छ । कुनै समय पाकिस्तानको क्रिकेट टिमका कप्तान समेत रहेका ७० वर्षीय खान उत्तिकै लोकप्रिय भने छन् । सन् १९९६ मा पीटीआई स्थापना गरेर खान राजनीतिमा प्रवेश गरेका थिए । पीटीआईले सन् २०१८ मा ११६ सिट जितेपछि खान प्रधानमन्त्री बनेका थिए । तर, सन् २०२२ अप्रिलमा अविश्वास प्रस्तावमा हारपछि उनले सत्ता गुमाउनुपरेको थियो ।
भर्खरै
बंगलादेशमा क्याम्पसमै सेनाको विमान खस्दा कम्तीमा १९ जनाको मृत्यु
भारतको महाराष्ट्र राज्यमा रेल दुर्घटना, ७ जना नेपालीको मृत्यु
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
भारतमा बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार
परराष्ट्रमन्त्री राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट
सबैभन्दा तातो दशकपछि पृथ्वी सङ्कटको सङ्घारमा रहेको राष्ट्रसङ्घको चेतावनी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं