अनुश्री मिडिया (प्रा.) लि. को अनलाइन न्युज पोर्टल न्यूजपाली डट कम नेपालकाे सुन्दर शहर पोखरा र अमेरिकाकाे न्यूयाेर्कबाट एकसाथ सञ्चालन गरेको जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौं । नेपालकाे प्रेस काउन्सिलमा सूचीकरण र सूचना विभागमा दर्ता गरी यस न्यूज पोर्टललाई अफिसियल रुपमा सञ्चालन गरेका हौं । अमेरिकामा पनि सम्बन्धित निकायमा दर्ताका लागि प्रक्रिया अघि बढाइएकाे छ ।
मुख्यतः नेपालकाे देशभरका र अमेरिकाबासी नेपालीका लागि महत्वपूर्ण सूचना सामग्री हाम्रा प्राथमिकता हुन् । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रता हाम्रा प्रतिबद्धता हुन् । समाजका विकृति, विसंगति, भ्रष्टाचार अन्त्यका लागि हामी निरन्तर खबरदारी गरिरहने छौं ।
यसले सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, खेलकुद, मनोरञ्जन लगायत सबै क्षेत्रका मुद्दा उठाउनेछ । तथ्य आधारित रहेर सत्य एवं निर्भिक पत्रकारिता गर्ने छौं । पछिल्लो समय पत्रकारिता माध्यमबाट कसैलाई माथि उचाल्ने र कसैलाई पछार्ने विकृति बढिरहेका बेला समाजका गतिविधि जस्ताको तस्तै पस्कने छौं । यो नै हाम्रो पहिचान बन्नेछ ।
यतिबेला आमनागरिकको पहुँच सजिलैसँग सूचना तथा प्रविधिमा बढ्दै गइरहेका बेला सूचना प्रविधिको उच्चतम् प्रयोग अपरिहार्य जस्तै बनेको छ । बालबालिकादेखि लिएर ज्येष्ठ नागरिकसमेत सूचना प्रविधिको प्रयोगमा अभ्यस्त भइरहँदा यसकै माध्यमबाट जनतालाई आवश्यक सूचना सामग्री पस्कने छौं ।
करिब दुई दशकसम्म पत्रकारितालाई नै मुख्य पेशा बनाई अनुभवले खारिएको आफ्ना क्षमता भरपूर उपयोग हुनेछ । यस न्यूज पोर्टलले तपाईं हामीबीच अझै बढी अपनत्व महसुस गराउनेमा कुनै शंका छैन । हाम्रो अबको यात्रामा सम्पूर्णको सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा गर्दछौैं ।
प्रजातन्त्र पुनस्र्थापनापछि सञ्चार क्षेत्रको उल्लेख्य विकास भएको छ । सञ्चार क्षेत्रप्रति जनताको ठूलो आशा र भरोसा रहेकाले जनताको भावना उच्च सम्मान गर्दै यात्रा तय गरेका छौं । आज सबै क्षेत्रमा अत्यन्त प्रतिस्पर्धा छ ।
डिजिटल प्रविधिले हरेक क्षेत्रमा माथ गरिरहेको यहाँलाई विदितै छ । यो प्रतिस्पर्धामा आफूलाई अब्बल बनाउन आफ्नो सेवा र उत्पादन लक्षित वर्गसम्म पु¥याउन पनि हामी सहयोगी बन्ने छौं । अबको समय डिजिटल मार्केटिङकै हो भन्नेमा दुविधा छैन ।
भर्खरै
इजरायलमा शान्ति कायम गर्न विश्व समुदायलाई शक्ति मिलोस
गैरआवासीय नेपाली संघ पहुँचवालाको चँगुलमा डुब्दै
टीकापुर घटना क्रुर र विभत्स हत्या, मानव सभ्यता माथि नै प्रश्न
काठमाण्डौं नगरप्रमुखले जगाएको आशा र उनिप्रति जनताको भरोसा
सुन काण्डमा सुनिएका मान्छेहरु समातिन्छन्, त ?
हामी आयौँ
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं