आउदै छ ‘भ्यालेन्टटाइन डे’, यसरी प्रपोज गर्दा खेरा जादैन, आजैदेखि तयारी गर्नुस्

आउदै छ ‘भ्यालेन्टटाइन डे’, यसरी प्रपोज गर्दा खेरा जादैन, आजैदेखि तयारी गर्नुस्

valentine 1

मेष

मेष राशि भएका व्यक्तिहरू धेरैजसो सिंह राशिप्रति आकषिर्त देखिन्छ। यो आकर्षण तत्कालका लागि बढी स्वप्निल हुन्छ। लामो समयका लागि भने मेष राशिको जोडी मकर र कुम्भ राशिसँग सकारात्मक हुन्छ।

मेष राशि भएका व्यक्तिहरूले अन्य राशिलाई पनि मन पराउन सक्छन्, यद्यपि त्यो आकर्षण प्रेमका कारण भन्दा पनि व्यक्तिगत सम्बन्धका आधारमा आकर्षणको अवस्थामा पुगेको हुनसक्छ। जे होस्, मेष राशिका लागि आकर्षणको पहिलो केन्द्र सिंह राशिसँग हुन्छ भने लामो समयपछि

मकर र कुम्भसँग हुन्छ। मेष राशिका व्यक्तिहरूले प्रेम प्रस्ताव राख्दा बिहानको समय रोज्नु उपयुक्त हुन्छ। धेरैजसो युवा बेलुकीपख प्रेम प्रस्ताव राख्छन्। यो मेष राशिका लागि लाभदायक हुँदैन। मेष राशि सूर्यसँग सम्बन्धित भएकाले सूर्योदयसँगै प्रेम प्रस्ताव राख्नु उपयुक्त हुन्छ। मन्दिरमा पूजा गर्ने निहुँले भेट्नु दुवैका लागि राम्रो हुन्छ।

सूर्योदयका बेला दुवैजना आ-आफ्नो घरमा हुने भएकाले त्यही बेला भेट्न असम्भव भएको अवस्थामा फेसबुक वा अन्य इलेक्ट्रोनिक्स माध्यमबाट प्रपोज गरे पनि हुन्छ। यो राशि भएका व्यक्तिहरूको लेखाइभन्दा बोली बढी प्रभावकारी हुने भएकाले म्यासेजभन्दा बोलीको प्रयोग गर्नु बढी हितकर मानिन्छ।

मेष राशि भएका व्यक्तिले प्रेम प्रस्ताव राख्दा अनिवार्य रूपमा रातो रङ्गको कुनै एउटा वस्त्र धारण गर्नुपर्छ। भेटमा पूर्व दिशा फर्किएर प्रपोज गर्दा त्यसको प्रभाव बढी हुन्छ। प्रस्ताव राख्दा खाली हातभन्दा गिफ्ट दिनु उपयुक्त हुन्छ। यस्तो उपहारलाई झल्लर भएको कपडाले बेर्नु राम्रो मानिन्छ।

यस्तो उपहार विशेष गरी माटोले बनेका सामग्रीसँगै रातो र पर्पल रंगले रंगिएका अक्षर प्रयोग भएका कार्ड दिनु राम्रो मानिन्छ। मेष राशि भएका व्यक्तिले आफ्नो भ्यालेन्टाइनलाई तेलमा तारेको तथा पोलेर तयार गरिएका परिकारहरू ख्वाउनु उपयुक्त हुन्छ। आफ्ना प्रियजनलाई लिएर डेटिङमा जाने हो भने उज्यालो र एकान्त ठाउँ रोज्दा प्रेममा सफलता प्राप्त हुन्छ। यो राशि भएकाहरूले आफ्नो भ्यालेन्टाइनलाई निधारमा किस गर्नु प्रभावकारी हुन्छ।

वृष

यो राशिका लागि प्रेम गर्न सर्वाधिक उपयुक्त राशि कन्या हो। वृष राशिका व्यक्तिहरूले मिथुन, वृश्चिक तथा मकर राशिका व्यक्तिसँग पनि प्रेमसम्बन्ध अघि बढाउन सक्छन्। वृष राशि भएका व्यक्तिहरूले सूर्य उदय भएको चार घण्टाभित्र प्रेम प्रस्ताव राखिसक्नुपर्छ। प्रेम भैसकेका व्यक्तिहरूले पनि आफ्नो भ्यालेन्टाइनप्रति बिहान ६ बजेदेखि १० बजेभित्रमा प्रेम दर्साउनुपर्छ।

यो राशिका व्यक्तिहरूको बोलीको प्रभाव कम हुने भएकाले प्रत्यक्ष भेट्नुभन्दा विद्युतीय सञ्चारमाध्यममार्फत प्रपोज गर्नु बढी प्रभावकारी हुन्छ। फोनबाट प्रेम प्रस्ताव राख्दा पश्चिम दिशा फर्किएर छोटो-मीठो भाषा प्रयोग गर्नु उपयुक्त हुन्छ। प्रपोजपश्चात्को भेटमा प्रेमी वा प्रेमिकाले क्रिम कलरको पहिरन प्रयोग गर्न सक्छन्। यो राशिका व्यक्तिहरूले आफ्नो भ्यालेन्टाइनलाई पशुपन्छीहरूका चित्र वा मूर्ति उपहार दिनु राम्रो हुन्छ।

भ्यालेन्टाइन कार्ड दिँदाचाहिँ चाँदी रंगको वा चाँदीका फ्रेम भएको उपहार प्रदान गर्नु उपयुक्त हुन्छ। रेस्टुराँ जाँदा गोलो आकारका गुलिया परिकार खानु उपयुक्त हुन्छ। यसले प्रेममा विश्वास जागृत गराउँछ। डेटिङ स्पटमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानहरू उपयुक्त हुन्छन्। यो राशिका व्यक्तिले आफ्नो भ्यालेन्टाइनलाई माया व्यक्त गर्न बोलीभन्दा बढी व्यवहार प्रदर्शन गर्नु उपयुक्त हुन्छ। किस गर्दा घाँटीको दायाँ-बायाँ गर्न सकिन्छ।

मिथुन

यो राशिको तुला राशिसँगको केमेस्ट्री उत्तम हुन्छ। यद्यपि यो राशिका व्यक्तिहरूको प्रेम धनु, वृष र मिन राशिसँग पनि राम्रो हुने देखिन्छ। मिथुन राशिका व्यक्तिहरूले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समयमा अथवा बेलुकी सूर्य अस्ताएपछि प्रेमप्रस्ताव राख्नु उत्तम हुन्छ। यो राशिका व्यक्तिले हरियो वा नीलो रङ्गका वस्त्रको प्रयोग गरी उत्तर फर्किएर सार्वजनिक रूपमा उद्घोष गर्दै प्रस्ताव राख्नुपर्छ। यो शैलीको प्रस्ताव उनीहरूको भ्यालेन्टाइनले रुचाउने देखिन्छ।

यदि सार्वजनिक रूपमा उद्घोष गर्दै प्रपोज गर्ने मन नभए सार्वजनिक ठाउँमा कुनै चित्रकला देखाएर अथवा कुनै सजावटी सामग्रीको माध्यमबाट पनि प्रपोज गरे सफलता हासिल गर्न सकिन्छ। यो राशिका व्यक्तिहरूको प्रभावकारिता नै सार्वजनिक स्थानमा हुने भएकाले यसो गर्नुपरेको हो। मिथुन राशिका व्यक्तिले उपहार दिँदा चलायमान, आवाज निस्कने, बत्ती बल्ने सामग्री दिए सजिलै आफ्नो भ्यालेन्टाइनलाई प्रभावमा पार्न सकिन्छ।

भ्यालेन्टाइन कार्डचाहिँ रेक्ट्याङगुलर सेपमा नीलो मसीले लेखिएको हरियो कार्ड प्रयोग गर्नु राम्रो हुन्छ। खानेकुरामा पिरो र अमिलो परिकार प्रयोग गर्दा सम्बन्धमा मिठास आउँछ। डेटिङ स्पटका लागि मेला, सिनेमा हलजस्ता भरिभराउ स्थल वा फल फल्ने बगैंचा रोज्नु राम्रो हुन्छ। माया व्यक्त गर्दा दायाँ हातका औंलाहरूमा चुम्बन गर्दा प्रेम प्रगाढ हुन्छ।

कर्कट

केही टेढो चाल चल्ने राशिका रूपमा चिनिने कर्कट राशिका लागि वृश्चिक राशि भएका व्यक्ति सर्वोत्तम हुन सावित हुनसक्छ। त्यसबाहेक मेष र कुम्भ राशि भएका व्यक्तिहरूसँग पनि प्रेम गर्दा फरक पर्दैन। यो राशिका व्यक्तिले सेतो, खैरो अथा नीलो रङ्गको वस्त्र लगाएर पूर्व दिशातर्फ र्फकंदै दुई अर्थ लाग्ने शब्द प्रयोग गरी प्रपोज गरे सकारात्मक उत्तर आउनेछ। उपहार दिँदा पनि अनौठो आकार-प्रकारका जनावरहरूको मूर्ति अथवा अध्ययन सामग्री दिनु राम्रो हुन्छ।

त्यसैगरी क्याल्कुलेटर, मोबाइल वा कम्प्युटर जस्ता उपहार पनि उपयुक्त हुन्छन्। यो राशिका व्यक्तिले भ्यालेन्टाइन कार्डका रूपमा खैरो गातामा भित्र गाढा रातो अक्षरले धेरै पृष्ठमा धेरै कुरा लेखिएका कार्ड दिनु सर्वोत्तम हुन्छ। खानेकुरामा शाकाहारी भोजनभन्दा मांसाहारी भोजन राम्रो मानिन्छ। डेटिङका लागि तलाउ, पोखरी तथा खोला, नदी वा जनावरहरू भएका स्थानमा जानु उत्तम हुन्छ। चुम्बन गर्ने हो भने टाढैबाट फ्लाइङ किस गर्नु प्रभावकारी हुनसक्छ।

सिंह

यो राशि भएका व्यक्तिका लागि मेष राशिसँगको प्रेम सर्वोत्तम हुन्छ। यद्यपि सिंह राशिका व्यक्तिको प्रेम सिंह राशिकै व्यक्तिसँग पनि सफल हुने देखिन्छ। सिंह राशिका व्यक्तिले प्रेम प्रस्ताव राख्दा मध्यान्ह १२ देखि ३ बजेसम्मको समय छान्नु उपयुक्त हुन्छ। प्रेम प्रस्ताव इमेल वा कुनै पनि इलेक्ट्रोनिक्स डिभाइसको सहायताले गर्नु फलदायी हुन्छ।

यद्यपि इमेल वा सन्देश पठाउन भने १२ देखि ३ बजेबीचको समय नै छान्नुपर्छ। प्रेम प्रस्ताव राख्दा वा लेख्दा गाढा रातो, गाढा नीलो तथा गाढा सुन्तला रङ्गको पहिरन लगाएर दक्षिण दिशा र्फकनु उपयुक्त हुन्छ। भेटेरै प्रस्ताव राख्ने हो भने सैनिकझैं सिधा उभिएर आत्मविश्वासका साथ आँखामा आँखा जुधाएर प्रेमप्रस्ताव राख्नुपर्छ।

उपहार दिँदा शिर ठाडो राखेर दिनुपर्छ। उपहार दिँदा धेरै गोजी भएका, धेरै चेन भएका, धेरै बटम भएका वा धेरै रंग प्रयोग भएका बाक्ला पहिरन छान्नु उत्तम हुन्छ। भ्यालेन्टाइन कार्ड पनि केही फरक हुनु आवश्यक छ। बाहिरी आवरणमा प्वाल तथा गाढा रातो गाता भएको कार्ड प्रयोग गर्नु राम्रो हुन्छ।

भे टघाटपछि खाने परिकारमा चकलेट तथा केकजस्ता गुलिया र कोमल मिठाई खानुपर्छ। भे टघाटका लागि रेस्टुराँका रुफटपमा बस्नु वा अग्लो स्थानमा रहेको प्राकृतिक सौन्दर्यले भरिएका स्थान रोज्नुपर्छ। आफ्नो भ्यालेन्टाइनलाई किस गर्ने हो भने ओठ उपयुक्त अङ्ग हुनसक्छ।

कन्या

कन्या राशि भएका व्यक्ति कोमल हुन्छन्। यस्ता व्यक्तिले वृष राशि भएका व्यक्तिसँग सम्बन्ध बढाउनु राम्रो हुन्छ। कन्या राशिको संगत तुला, धनु तथा मिन राशिसँग हुँदा पनि प्रेमले सफलता पाउँछ। यो राशि भएका व्यक्तिले पे्रमप्रस्ताव राख्दा मध्याह्न ३ देखि साँझ ६ बजेको समय रोज्नु उपयुक्त हुन्छ। चन्द्रमा र बुध ग्रहको प्रभावका कारण यी राशि भएकाहरूले हरियो वा सेतो रङ्गका वस्त्र धारण गर्नु उपयुक्त हुन्छ।

आफूलाई मन पर्ने रङ्गको कपडामा प्रेमका शब्दहरू लेखेर पश्चिम दिशा फर्किएर दिए प्रेम प्रस्ताव स्वीकार हुनसक्छ। उपहारका लागि काठले बनेका सामग्री दिनु प्रभावकारी हुन्छ। भ्यालेन्टाइन कार्ड दिँदा फुलबुट्टाले भरिपूर्ण भएका गातारहित कार्ड रोज्नु राम्रो हुन्छ। पे्रमप्रस्ताव राख्दा कमै बोल्नु उपयुक्त हुन्छ। बोल्नुपर्ने अवस्थामा सकेसम्म पश्चिम दिशातर्फ नै फर्किएको हुनुपर्छ।

आफ्ना प्रेमी वा प्रेमिकालाई डिनर अथवा लन्च गराउने सोच छ भने आफ्नै हातले बनाएको अन्नको परिकार ख्वाउँदा प्रेमले प्रगाढ रूप लिन्छ। डेटिङका लागि फन पार्कजस्ता बालबालिका खेल्ने स्थान रोज्नु राम्रो हुन्छ। समय मिले वा प्रेम स्वीकृत भएको अवस्थामा आफ्नो व्यक्तिलाई गालामा चुम्बन गर्नु राम्रो हुन्छ।

तुला

यो राशिका लागि सर्वाधिक प्रिय राशि मिथुन हो। मेष र मकरसँगको प्रेमसम्बन्ध पनि सकारात्मक रहन्छ। यो राशि भएका व्यक्तिले प्रेम प्रस्ताव राख्ने उत्तम समय साँझ ६ देखि ९ बजेसम्म मानिन्छ। बिहानै पे्रम प्रस्ताव राख्ने हो भने आफ्नो शयन कक्षको पूर्व उत्तर कुनामा फर्किएर म्यासेज वा अन्य विद्यूतीय सञ्चारमाध्यम प्रयोग गर्न सकिन्छ।

प्रेमप्रस्ताव राख्दा सुन्तला वा कलेजी रङ्गका पहिरन लगाए पे्रम सफल हुने सम्भावना बढी हुन्छ। उपहारका लागि अर्धतरल पदार्थबाट बनेका सामग्रीहरू जस्तै स्याम्पो, तेल, क्रिम, लोसन आदि प्रभावकारी हुन्छन्। भ्यालेन्टाइन कार्डका रूपमा सुन्तला तथा कलेजी रंगको खोल एवं मधुरो अक्षरमा लेखिएका अण्डा आकारको कार्ड दिनु राम्रो मानिन्छ।

खानेकुरामा मिक्स आइटमले सजिएका परिकार ख्वाए माया बराबर हुने विश्वास गरिन्छ। यो राशि माथि मंगल ग्रहको प्रभाव रहने हुँदा डेटिङ जाँदा खुला जमिनमा बसेर दुःख सुख साटे आगामी जीवन सुखमय रहनेछ। यो राशिका व्यक्तिले माया व्यक्त गर्दा न्यानो अगालोमा बाँध्नु उपयुक्त हुन्छ।

वृश्चिक

यो राशिका लागि कर्कट राशि उपयुक्त मानिन्छ। यसबाहेक सिंह र कन्या राशि भएका व्यक्तिसँग पनि वृश्चिक राशिको सम्बन्ध गाढा हुन सक्छ। गुलाबी र सेतो रङ्गको पहिरन लगाएर पूर्व दिशामा फर्किएर प्रेम प्रस्ताव राख्नुपर्छ। यो राशि भएका व्यक्तिहरूले कुनै पनि माध्यम प्रयोग नगरी सीधै प्रस्ताव राख्न सक्छन्। प्रेम प्रस्ताव राख्ने समयका हकमा सूर्यास्त बढी प्रभावकारी हुन्छ। उपहारमा मनोरञ्जनका सामग्रीहरू दिनु राम्रो हुन्छ।

भ्यालेन्टाइन कार्डका रूपमा सेलिब्रेटीहरूका तस्बिर छापिएका चम्किला सेता तथा गुलाबी गोलाकार कार्ड प्रयोग गर्दा सकारात्मक रूपमा ग्रहण हुन सक्छ। वृश्चिक राशिमा शुक्र ग्रहको प्रभावका कारण गुलिया पदार्थहरू मह र तरल पर्दाथहरूलाई चाँदीको भाडामा राखेर ख्वाए प्रेमी-प्रेमिकाको सोच सकारात्मक हुनेछ।

डेटिङका रूपमा प्रियजनलाई फिल्महल, कन्सर् ट, पव, डिस्कोजस्ता ठाउँमा लान सकिन्छ। यस्ता स्थानमा जान मन नहुनेले आफ्नो भ्याले न्टाइनसँग गीत गाउने एवं गाउन लगाए सम्बन्धको डोरी बलियो हुन्छ। वृश्चिक राशि भएका व्यक्तिले प्रियजनको दुवै आँखामा चुम्बन गर्नु राम्रो मानिन्छ।

धनु

यो राशि आज्ञाकारी भएकाले कुम्भ राशिसँगको प्रेमसम्बन्ध निकै राम्रो हुन्छ। त्यसबाहेक मेष र सिंह राशि भएका व्यक्तिसँग अफेयर चलाउँदा पनि सकारात्मक परिणाम आउँछ। यस पटकको भ्यालेन्टाइन्स डे बिहिबार परेकाले यो राशिमा बृहस्पति ग्रहको प्रभाव पर्छ। फलस्वरूप यो दिन धनु राशिका व्यक्तिले जुनसुकै राशिका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्दा त्यसको प्रभाव अन्य दिनको तुलनामा बढी हुन्छ।

सूर्य अस्त हुने समयमा दक्षिण दिशातर्फ फर्किएर फोनका माध्यमबाट प्रेम प्रस्ताव राख्नु सबैभन्दा प्रभावकारी हुन्छ। यो समयमा धनु राशिले पहेंलो रंगको कुनै एउटा पहिरन लगाएको हुनुपर्छ। यसरी प्रस्ताव राख्दा फोनलाई दुई हातले समाउनुपर्छ। यदि आफ्नो प्रेमप्रति निकै विश्वास छ भने आफ्नो भ्यालेन्टाइनको दुई हात समाएर झुकेको शीरले प्रेम प्रस्ताव राख्नुपर्छ। बाँस अथवा कागजले बनेका सामग्रीहरू उपहार दिँदा माया बढी प्रगाढ हुनेछ।

यो राशि भएका व्यक्तिले भ्यालेन्टाइन कार्डचाहिँ पहेलो रंगको गातामा रातो थोप्ला भएका त्रिकोण आकारमा रोज्नुपर्ने हुन्छ। प्रपोजपश्चात् शुद्ध साकाहारी त्यसमाथि पनि रस बढी भएका फल दुई हातले ख्वाइदिए आफ्नी भ्यालेन्टाइनको मन कोमल हुन्छ। डेटिङका लागि दूबो भएका बगंैचा तथा पहेंला रङ्गका फूल भएको ठाउँ रोज्नुपर्छ। डेटिङको बेला आफ्नो भ्यालेन्टाइनलाई थप प्रभावित तुल्याउने हो भने शिर अथवा निधारमा चुम्बन गर्न सकिन्छ।

मकर

अस्थिर यो राशिका व्यक्तिका लागि मेष राशिका व्यक्ति सर्वोत्तम मानिन्छन्। त्यसबाहेक कन्या र कर्कट राशिसँगको सम्बन्धले पनि फरक पर्दैन। यो राशि भएका व्यक्तिले प्रपोज गर्दा रातिको समयमा पश्चिम दिशा फर्किएर कुरा घुमाउँदै प्रपोज गरे बोलीको प्रभाव बढ्नेछ। भेटेर प्रपोज गर्ने हो भने कालो अथवा निलो रङ्गको वस्त्र कुइनासम्म ढाकिने गरी धारण गरी प्रपोज गरे त्यो अविस्मरणीय हुनेछ।

यो राशिमाथि शनि ग्रहको राम्रो प्रभाव भएकाले गिफ्टका रूपमा इलेक्ट्रोनिक्स चीजहरू प्रयोग गर्दा बल आफ्नो पोल्टामा पर्न सक्छ। यस्तै भ्यालेन्टाइन कार्डहरूको प्रयोग गर्दा पनि इलेक्ट्रोनिक्समा आधारित बज्ने, बोल्ने खालका कार्डहरू वर्गाकार र आयताकार सेपमा रोज्नुपर्ने हुन्छ। भ्यालेन्टाइनलाई भोजन गराउने हो भने मेसिनबाट तयार भएका परिकारहरू ख्वाउनु राम्रो हुन्छ।

डेटिङका लागि अत्याधुनिक प्रविधि भएका स्थानजस्तै सपिङ्ग मल तथा विदेशका स्थानहरू रोज्नु उचित हुन्छ। कान नजिक चुम्बन गरे पे्रमको स्पर्श संगीत जस्तै हुनेछ।

कुम्भ

अलिकति अल्छी स्वाभाव भएको राशिका रूपमा चिनिने कुम्भ राशिले तुला राशिका व्यक्तिसँग प्रेमसम्बन्ध गाँस्नु सुमधुर हुन्छ। यसबाहेक वृष र कर्कट राशि पनि कुम्भका लागि उपयुक्त हुन्छन्। यो राशि भएका व्यक्तिका लागि प्रपोजको समय राती हो। प्रपोज गर्दा नीलो रङ्गको वस्त्र धारण गरी आफ्नो भ्यालेन्टाइनलाई भेटेरै उत्तर फर्किएर सामान्य तरिकाले दायाँतर्फको कानमा सुटुक्क प्रपोज गरे मायाको गोप्यता रहन्छ।

फागुन महिना कुम्भ राशिका लागि उत्कृष्ट हुने भएकाले भ्यालेन्टाइन डेमा प्रपोज गरे खेर जाँदैन। गिफ्टका रुपमा चारकुने ढुङ्गामा आफ्नो भ्यालेन्टाइनको नाम वा चित्र कोरेर प्रदान गर्न सके भ्याले न्टाइनको आयु वृद्धि हुन्छ। यसैगरी भ्यालेन्टाइन कार्ड किन्दा नीलो रङ्गमा धागो बेरिएको कार्ड किन्नु बुद्धिमानी हुन्छ।

भ्यालेन्टाइन डेको दिन भोजन गराउँदा नन भेज आइटम पोले को, साँधेको रोज्नु नै मायाको असली स्वाद पाउनु बराबार हो। यो राशिका व्यक्तिले डेटिङ्ग स्पट रोज्नुपरे आफ्नो घरदेखि दक्षिण वा उत्तरतर्फ जानुपर्ने हुन्छ। डेटिङमा कपास वा परालबाट तयार गरिएका चकटी वा गुन्द्री रोज्न सके आगामी दिनको यात्रा अटुट रहनेछ। चुम्बन गर्ने अवस्था आए भ्यालेन्टाइनको दायाँतर्फको गालामा सामान्य तरिकाले गर्दा डे टिङको रिजल्ट सकारात्मक रहन्छ।

मीन

सोझो राशिका रूपमा चिनिने मीनको तुलासँग राम्रो सम्बन्धमा गाँसिन सक्छ। त्यसबाहेक मिथुन र कन्यासँगको सम्बन्ध पनि उपयुक्त हुन्छ। बिहान सूर्योदय अघि स्नान गरी पूर्व दिशामा फर्किएर जुनसुकै माध्यमबाट प्रपोज गरे त्यसको महत्व बेग्लै हुन्छ। यदि भेटेरै प्रपोज गर्ने हो भने निधारमा पहेंलो रंगको टीका लगाएर तथा पहेंलो वस्त्र धारण गरी नम्र स्वरमा प्रपोज गरे यो राशिका भ्यालेन्टाइनहरू आकषिर्त हुन्छन्।

गिफ्टका रूपमा देवी -देवताका मूर्ति तथा सुन र तामाले बनेका औंठीहरू दिए दुई धड्कनको सम्बन्धले गति लिनेछ। यसैगरी भ्यालेन्टाइन कार्ड रोज्दा गोलाकार पहेलो रंग बढी प्रयोग भएको रोज्नुपर्ने हुन्छ। यो राशिको व्यक्तिले दूधबाट बनेका खानेकुराहरू जस्तै खीर भोजन गराउन सके प्रेम पवित्र रहनेछ। डेटिङ स्पटका लागि मन्दिरवरिपरिका क्षेत्र जहाँ धारा वा पानीका स्रोतहरू हुन्छन्। एक-अर्काको लाइफ स्टोरी सुनाए सुनमा सुगन्ध हुन्छ। यो राशिका व्यक्तिले डेटिङमा आफ्नो भ्यालेन्टाइनलाई किस गर्नु उपयुक्त मानिँदैन ।

स्रोत ः खबरडबली

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

चितवनमा भेटिए ५३ प्रजातिका चरा
२ इन्च ठूलो आँखा भएको चरा
उल्लूको भव्य रुपमा अन्तिम संस्कार
पादेको विषयमा विमानभित्रै झडप, त्यसपछि ……

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀