६ वर्षको बच्चाको आम्दानी १ अर्ब बढी !

६ वर्षको बच्चाको आम्दानी १ अर्ब बढी !

ryan-toys-review

एकजना ६ वर्षको बच्चाले कति कमाउन सक्छ ? तपाईंले सोच्न सक्नुहुन्छ यति सानो उमेरको बच्चा पनि काम गर्न सक्छ र ?

तर, रेयान हरेक साता युट्यूबमा खेलौना सामाग्रीको रिभ्यू गर्छन् र यसका लागि सम्बन्धित कम्पनीले उनका आमा बुवालाई राम्रो रकम प्रदान गर्छ ।

रेयानले गत वर्ष ११ मिलियन डलर कमाएका थिए । नेपाली रुपैयाँमा यो रकम १ अर्ब १० करोडभन्दा बढी हो ।

र, यसको कारण पनि हो, युट्यूबमा रेयानको भिडियो कराडौंले हेर्छन् । ६ वर्षका वालक रेयान ट्वायजरिभ्यू नामक एक युट्यूब च्यानल चलाउँछन् ।

यस युट्यूब च्यानलको माध्यमबाट रेयान आफ्ना युअर्सलाई खेलौनाको दुनियाँमा लैजान्छन् ।

फोर्व्स म्यागाजिनले उनलाई सन् २०१७ मा संसारका सबैभन्दा धेरै आम्दानी गर्ने सेलिबि्रटीको सूचीमा समेत राखेको छ ।

मार्च २०१५ मा सुरु भएको रेयान ट्वायजरिभ्यूका भिडियो अहिलेसम्म १६ अर्वभन्दा बढी मानिसले हेरिसकेका छन् ।

तर, यति चर्चित हुनाका बाबजुद रेयानको बारेमा दुनियालाई धेरै जानकारी छैन ।

उनको पूरा नाम के हो र उनी कहाँ बस्छन् ? यस्ता प्रश्नको जवाफ थोरै मानिसलाई थाहा छ । केवल यति थाहा छ कि उनी अमेरिकी हुन् ।

हालै वासिङटन पोष्टलाई दिएको अन्तर्वार्तामा रेयानकी आमाले भनिन्, ‘युट्युब च्यानलको सोच उ तीन वर्षको हुँदा आएको थियो, रेयान सानैदेखि खेलौनाको रिभ्यू गर्ने टिभी च्यानलहरु निक्कै हेर्ने गर्थ्यो ।’

रेयानकी आमाले आफ्नो पहिचान सार्वजनिक गर्न अस्वीकार गर्दै थपिन्, ‘एक दिन रेयानले मसँग भन्यो कि अन्य बच्चाहरु जस्तै म युट्यूबमा किन छैन ? र हामीले उसलाई भन्यौं कि हामी पनि यो गर्न सक्छौं । हामी खेलौनाको पसलमा गयौं, त्यहाँबाट लिगो ट्रेन किनेर ल्याएपछि त्यहीँबाट यस्तो सुरुवात भयो ।’

रेयानको एउटा भिडियो ८० करोडभन्दा बढीले हेरिसकेका छन् ।

मार्च २०१५ मा सुरु भएको उनको युट्युव च्यानलको सस्क्राइबर सन् २०१६ को सुरुवातसम्म आइपुग्दा १० लाख भन्दा बढी भइसकेको थियो । अहिले रियानको च्यानलका एक करोडभन्दा बढी सस्क्राइबर छन् ।

स्रोत ः अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

चितवनमा भेटिए ५३ प्रजातिका चरा
२ इन्च ठूलो आँखा भएको चरा
उल्लूको भव्य रुपमा अन्तिम संस्कार
पादेको विषयमा विमानभित्रै झडप, त्यसपछि ……

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀