यसकारण हार्दैन कांग्रेस

यसकारण हार्दैन कांग्रेस

congress

डा. सुरेश आचार्य

मुलुक निर्वाचनको अन्तिम संघारमा छ । यो निर्वाचनसँगै संविधानको मर्मअनुसार स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुनेछ । स्थानीय तहमा तीन चरणमा भएका निर्वाचनमध्ये दुई चरण नेपाली कांग्रेसको नेतृत्वमा सम्भव भयो । प्रदेश र प्रतिनिधिसभा पनि नेपाली कांग्रेसकै नेतृत्वमा पूरा हँुदैछ । निर्वाचन हुन नदिनेदेखि निर्वाचनलाई बिथोल्नेसम्मका सबै हर्कतको सामना गर्दै कांग्रेसले लोकतन्त्रप्रतिको अविचलित समर्पण प्रस्तुत गरेको छ । संविधान स्वीकार नगरेर आन्दोलनको बाटो रोजिरहेका मधेसी दल मात्र होइन, संघीय संरचनालाई अस्वीकार गरेर निर्वाचन नगराई आलटाल गरेर शासन गरिरहेको एमालेसम्मलाई संविधानको भावना र मर्मअनुरूप संविधानको दायराभित्र ल्याउन कांग्रेस सफल भएको छ ।
संविधानसभा नेपाली कांग्रेसको माग थियो, कांग्रेसले यो माग उठाउँदा नेपालमा कम्युनिस्टहरू जन्मँदै थिए । राजा त्रिभुवनका बाबुछोराले गरेको बेइमानीका कारण लोकतन्त्र गुम्ने खतरा रह्यो । राणाशाहीको अन्त्य भएलगत्तैदेखि मुलुक राजशाहीको चंगुलमा फस्यो । यो चंगुलबाट निस्कन कांग्रेस संविधानसभाको माग थाती राखेर आमनिर्वाचनमा गयो । कांग्रेस कमजोर भयो भनेर राजा महेन्द्रले गराएको चुनावमा आमनागरिकले कांग्रेसलाई दुई तिहाइ बहुमत दिलाए । त्यही कांग्रेसले राजा महेन्द्रको निरंकुश शासनको अन्त्य ग¥यो । त्यही कांग्रेसले महेन्द्रका दुबै छोराका हैकम समाप्त ग¥यो र अन्ततः आफूले परिकल्पना गरेको संविधानसभामार्फत संविधान लेख्ने चाहना नेपाली कांग्रेसले नै पूरा ग¥यो । वाामपन्थीहरूको बहुमत रहेको पहिलो संविधानसभाले जारी गर्न नसकेको संविधान कांग्रेसकै नेतृत्वमा जारी भयो । संयोगवश यसको कार्यान्वयन पनि कांग्रेसकै नेतृत्वमा प्रारम्भ भएको छ ।
राजनीतिक लडाइँमा कांग्रेस कहिल्यै हारेन । सत्तरी वर्षको राजनीतिक इतिहासमा कांग्रेस कहिले कमजोर जस्तो देखियो होला । कहिले सत्तासीन भयो होला र कहिले प्रतिपक्षमा बस्यो होला । तर कांग्रेसले लोकतन्त्रको यात्रामा अविचलित रूपमा आफूलाई उभ्याइरह्यो । धेरै कांग्रेस पञ्चायत पसे । कुनै बेला कांग्रेसको महामन्त्री पद नै अफाप जस्तो देखियो । डा.तुल्सी गिरीदेखि परशुनारायण चौधरीसम्म पञ्चायत पसे । राणाले सिध्याउन नसकेको कांग्रेस राजाले पनि सिध्याउन सकेनन् । राणा पनि समाप्त भए, राजा पनि समाप्त भए । तर कांग्रेस समाप्त भएन । आज कांग्रेसलाई सिध्याउन नेपालका कथित कम्युनिस्टहरू लागेका छन् । कांग्रेसको अन्तिम सरकारको घोषणा गरेर हिँडेका छन् । कांग्रेस मरेको ठानेर कांग्रेस कार्यकर्तालाई समवेदना दिंदै हिँडेका छन् । कम्युनिस्टहरूले जपतप गरेर समाप्तिको कामना गरेको कांग्रेस सबै दललाई मिलाएर मुलुक हाँकिरहेको छ । मुलुकमा अरुले पूरा गर्न नसकेका अभिभारा पूरा गरिरहेको छ ।
यो मुलुकमा कम्युनिस्टको शासन नेपाली नागरिकले नभोगेका होइनन् । २०४७ सालपछि कांग्रेसका चारजना प्रधानमन्त्री हुँदा कम्युनिस्टका ६ जना प्रधानमन्त्री भइसकेका छन् । मनमोहन अधिकारीले २८६ दिन शासन गरे । लोकेन्द्रबहादुर चन्दका नाममा वामदेव गौतमको सरकार २०९ दिन चल्यो । प्रचण्डले पहिलोपटक २०९ दिन र दोस्रोपटक ३०० दिन शासन गरे । माधवकुमार नेपालको ६२२ दिन, झलनाथ खनालको २०४ दिन, बाबुराम भट्टराईको ५६३ दिन र केपी ओलीका २९७ दिन नेपाली नागरिकले भोगेका कम्युनिस्ट शासन हुन् । आमनागरिकले उनीहरूको २७ सय ६१ दिनको शासनमा के पाए ? आज पनि मनमोहन अधिकारीका पालामा घोषणा गरिएको वृद्धभत्ता बेचेर एमाले मत मागिरहेको छ, मानौं यो रकम उसले आफ्नो पार्टी कोषबाट दिइरहेको छ । अझ २०६३ पछिका २२ सय ६६ दिन कम्युनिस्टहरूकै शासन रह्यो । यो भनेको ६ वर्षभन्दा लामो समय हो । संविधानसभा चुनावअघिको संक्रमणकालीन शान्ति प्रक्रियाका समयमा गिरिजाप्रसाद कोइरालाको सरकार बन्यो । उनले शान्ति प्रक्रियालाई एउटा चरणमा पु¥याएर संविधानसभाको चुनाव गराए । त्यसपछिका चार वर्ष निरन्तर कम्युनिस्टहरूले शासन गरे । संविधान घोषणा गराउने अभियानमा सुशील कोइरालाको सरकारको समय बित्यो र अहिले शेरबहादुर देउवा ६ महिनादेखि संविधान कार्यान्वयन गराउने क्रममा निर्वाचनमा केन्द्रित छन् ।
नेपाली कांग्रेसले गिरिजाप्रसादको पहिलो सरकारको तीन वर्षेभन्दा बाहेक निर्धक्क काम गर्न पाएन । २०५२ सालमा देउवाको सरकार बनेलगत्तैदेखि माओवादीले हिंसात्मक गतिविधि सुरु ग¥यो । कांग्रेस कार्यकर्तालाई मार्ने र गाउँमा टिक्न नदिने काम ग¥यो । धेरै कांग्रेस कार्यकर्ताले ज्यान जोखिममा राखेर विकासका काममा जुटे । तर भएका संरचना ध्वस्त गर्ने र नयाँ कुनै योजना कार्यान्वयन हुन नदिने काम कसले ग¥यो ? ध्वंशपछि विकास हुन्छ भन्नेहरूले सरकारमा आएर कुन त्यस्तो संरचना तयार गरे ? र पनि, मुलुकमा जेजति भएको छ, त्यो कांग्रेसका कारण भएको छ । एउटा विश्वविद्यालयले चलेको मुलुकमा दसवटा विश्वविद्यालय बने । दुई चार ठूला सरकारी अस्पताल भएको मुलुकमा सवा सय ठूला अस्पताल बने । इन्जिनियर र डाक्टर बन्न कोटा कुर्नुपर्ने अवस्था रहेन । विद्यालय र सडक सञ्जालको व्यापक विस्तार भयो । विकासका अरु थुप्रै पूर्वाधार तयार छन् । सरकार स्थायी हुँदैन, आवधिक हुन्छ । नीति पनि स्थायी हँुदैन, गतिशील हुन्छ । सरकारले काम गर्न नपाए पनि कांग्रेसको सिद्धान्तले विकास गरेको छ । त्यसैले कांग्रेस समाप्त हुने र एकछत्र शासन गर्ने सपना देख्नेहरू आफैं समाप्त हुनेछन्, जसै राणा र राजाहरू आफैं समाप्त भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

कहाँ हराए हाम्रा जुझारु सांसदहरू ?
तिम्रो हात त बचाएका थियौं तर तिमीलाई बचाउन सकिएन
यस्तो हुदैछ नेल्टाको स्थापना दिवस
स्मार्ट पोखराको शिलान्यास कहिले मेयरसा’ब ?

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀