सर्वाधिक महँगो विवाह

सर्वाधिक महँगो विवाह

stock-photo-outdoor-wedding-ceremony-setting-nearby-the-sea-555064312

एजेन्सी

राजकुमार चाल्स र लेडी डायना

सन् १९८१ मा बेलायतका राजकुमार चाल्र्स तथा लेडी डायनाबीच भएको विवाहलाई विश्वकै महँगो विवाह मानिन्छ । त्यति बेला उक्त विवाहमा ४ अर्ब ९९ करोड २२ लाख रुपैयाँ खर्च भएको थियो । प्राथमिक तहको शिक्षिकाका रूपमा कार्यरत डायनालाई बेलायती राजपरिवारको जेठो छोरोले भित्र्याएको क्षणलाई २० लाख व्यक्तिले प्रत्यक्ष रूपमा हेरेका थिए भने टेलिभिजन मार्फत् ७५ करोड मानिस त्यसको साक्षी थिए ।

भनिसा मित्तल 

र अमित भाटिया

विश्वकै ठूला स्टिल व्यापारीका रूपमा चर्चित लक्ष्मी मित्तलले आफ्नी छोरी भनिसा मित्तलको विवाहमा गरेको खर्चको चर्चा अझै पनि हुन्छ । लक्ष्मीले आफ्नी छोरीको विवाह लन्डनमा जन्मिएर त्यही बैंकिङ क्षेत्रमा कार्यरत अमितसँग पेरिसको पाँचतारे होटलमा पाँच दिन लगाएर गरेका थिए । मित्तल परिवारले सन् २००५ मा ६ सम्पन्न उक्त विवाहमा अर्ब २४ करोड रुपैयाँ खर्च गरेको थियो ।

राजकुमार विलियम 

र केट मिडिलटन

बेलायती गद्दीको दोस्रो उत्तराधिकारी राजकुमार विलियम सामान्य युवती केट मिडिलटनबीच सन् २०११ मा भएको विवाह पनि सर्वाधिक महँगो विवाहको सूचीमा छ । ८ करोड ३२ लाखको फूल र त्यस्तै मूल्यको विवाह केक काटेर सम्पन्न गरिएको यो विवाहमा ३ अर्ब ५३ करोड ६० लाख रुपैयाँ खर्च भएको थियो ।

वाहे रुनी र कोलिन म्याकलोग्लिन

इंग्ल्याण्डका फुटबलर वाहे रुनीले १६ वर्षको उमेरदेखि प्रेम गरेकी युवती कोलिनसँग सन् २००८ मा विवाह गर्दा ८३ करोड २० लाख रुपैयाँ खर्च गरेका थिए । खेलाडीहरूको विवाहमध्ये सर्वाधिक महँगो मानिने यो विवाह १७ औं शताब्दीमा निर्माण भएको एउटा घरमा भएको थियो जहाँ पाहुनाहरूलाई विमान चार्टर गरेर लगिएको थियो । विवाहमा रुनीले पाहुनाहरूलाई पानी जहाजमा सयर गराउँदै पाँचतारे होटलमा राखेर मेजबानी गराएका थिए ।

चेल्सिया क्लिन्टन 

र मार्क मेजभिनस्की

अमेरिकाका पूर्वराष्ट्रपति विल क्लिन्टन तथा हिलारी क्लिन्टनकी एक मात्र छोरी चेल्सिया क्लिन्टनको विवाह पनि विश्वको महँगो विवाहमध्ये एक मानिन्छ । चेल्सियाको बाल्यकालदेखिकै साथी एवं बैंकका लगानीकर्ता मार्कसँग सन् २०१० मा भएको उक्त विवाहमा ५२ करोड रुपैयाँ खर्च भएको बताइन्छ । उक्त विवाह समारोहमा प्रयोग भएको एयरकन्डिसन टेन्ट तथा केकको मूल्य क्रमश: ६ करोड २४ लाख रुपैयाँ तथा ११ लाख ४४ हजार रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀