कास्कीका पत्रकार र उनीहरुका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा अभियान शुरु भएको छ ।

कास्कीका पत्रकार र परिवारलाई निःशुल्क स्वास्थ्य बीमा
पोखरा, १० चैत । कास्कीका पत्रकार र उनीहरुका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा अभियान शुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई बीमाका फारम हस्तान्तर गरी अभियान शुरु गरे । कास्कीमा आवद्ध ३ सय भन्दा बढी पत्रकारहरु यो बीमा अभियानमा समेटिने महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए...