घुमन्ते

पर्यटकको पर्खाइमा तमोर नदी क्षेत्र
धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । जिल्लाका चार स्थानीय तहको सिमाना भएर बगेको तमोर नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँका अर्को आकर्षण हो । तर पर्याप्त पर्यटनको सम्भावना बोकेको नदी क्षेत्रलाई बेलाबखत स्वतः...
पातीहाल्नेमा हिउँ खेल्नेको भीड
२१ माघः बिहीबार विहानैदेखि परेको हिमपातले बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातीहाल्ने क्षेत्र सेताम्य छ । बागलुङको तल्लो क्षेत्रमा सामान्य वर्षा भए पनि माथिल्लो क्षेत्रमा पर्ने पातीहाल्ने हिउँले छोपिँदा पर्यटकको घुइँचो लागेको हो । बागलुङबाट मात्रै होइन, पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न मानिसहरु यहाँ आएका छन् । भारी हिमपातका कारण...
माछा खान माझीकुना
बेगनास आफैमा चित्रमय भूगोल हो । ताल, हिउँचुचुरा, पाखापखेरु र वनवाटिकाले बेगनास क्षेत्र सज्जित छ । प्रकृतिका अनेक वैभवले पूर्ण छ बगेनास । तीमध्ये एक हो बेगनास तालको पूर्वी किनारछेउ चिटिक्क मिलेको बस्ती माझीकुना । पन्ध्र वर्षअघिसम्म निर्जन चौर र वनपाखाले ढाकिएको माझीकुना अहिले पर्यटक तान्ने थलो बनेको छ । बस्ती बस्नुपूर्व माझीकुना चलचित्र छायाँकन...
सुन्दर देश चिन्न सकेन सरकार
हराउँदैछन् मनाङका ताल
मुस्किलले ‘चार्टर्ड’ वा ‘कार्गो फ्लाइट’ मात्रै देखिने हुम्डे विमानस्थल आफैँमा पर्यटकीय स्थलझैँ बनेको छ तर यहाँ केही वर्षअघिसम्म आँखैसामु देखिने ‘ग्लेसियर’ वा हिमनदीको भने अहिले नाम निसान पनि छैन । पहिले नै लिइएका तस्बिरमा मात्रै यो ताल सीमित भएको छ । माथिल्लो मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राका गाउँमा जन्मे–हुर्केका कालु घले घरआँगनसम्म बगेर आइपुग्ने हिमनदीको रङ...
साढे तीन हजार पर्यटकले उपल्लो मुुस्ताङ घुमे
अर्धनिषेधित क्षेत्र उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२२ को तुलनामा २०२३ मा उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । यसबाट सरकारलाई २२ करोड ९९ लाख ४४ हजार आम्दानी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । एक्याप जोमसोम शाखाका प्रमुख प्रमोदराज रेग्मीले सन् २०२३ मा तीन हजार...
चिचर र घोगी घरबासका पहिचान
नवलपुरका घरबास (होमस्टे) मा आउने पर्यटकलाई चिचर (अनदीको चामल पानीको बाफले उसिनेर पकाएको परिकार), घोगी र माछाका परिकारले आकर्षित गरेको छ । घरबास सञ्चालकले चिचर, घोगी र माछाका परिकारले नै उनीहरुको स्वागत गर्ने गरेका छन् । चिचर, घोगी र माछा अब यहाँको थारू समुदायले सञ्चालन गरेका घरबासको पहिचान बनेको छ । नवलपुरमा सञ्चालित अमलटारी, चिलाहा...
अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै बढी पर्यटक
पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का अनुसार सङ्ख्या हालसम्मकै बढी हो । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए । “अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा पर्यटक आगमनमा...
घुम्दै, घुमाउँदै……
रामबहादुर थापा/रासस मनास्लु पदयात्राको छैटौँ दिनमा दिवस गुरुङ उत्तरी गोरखाको चुम उपत्यका पुगेका थिए । पदयात्रामा उनि एक्लै भने थिएनन् । साथमा थिए इटालीका रिकार्डो र भेरोनिका । यो गत कात्तिक २९ गतेको कुरा हो । तिहारको दिन थियो । तीन हजार सात सय मिटरको उचाइमा अवस्थित प्राचीन मु–गुम्बाको आँगनमा उनीहरूले भाइटीका लगाउने निधो गरे...
पर्वतको प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे
कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित धार्मिक एवं पर्यटकीयस्थल पञ्चासे यतिबेला पर्यटकको पर्खाइमा रहेको छ । पर्यटकीय याम भए पनि अन्य क्षेत्रमा जस्तो यहाँ चहलपहल बढ्न सकेको छैन । यो गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य भए पनि उचित प्रचार–प्रसार र प्रवर्द्धनको अभावमा ओझेलमा परेको स्थानीय बताउँछन् । पञ्चासेमा पर्यटकलाई लोभ्याउने धेरै कुरा छन् । पर्यटकीय राजधानी...
पुुनहिल घोडेपानी प्राकृतिक सौन्दर्यको खानी
हिमाल, पहाडी भूूगोल, सुुर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो । समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ । यहाँबाट धौलागिरि र...
तोरीखोलालाई ‘मौलिक गाउँ’ बनाईँदै
गलकोटको नरेठाँटी बजारभन्दा केहीमाथि रहेको तोरीखोला गाउँ, बाक्लो मगर बस्ती । ढुङ्गा, माटो र काठबाट बनेका मौलिक घर । रातोमाटो र सेतो कमेरोले रङ्गिएका घर निकै आकर्षक देखिन्छन् । वर्षौं पुराना घर अहिले पनि बलिया छन् । परम्परागत रुपमा बनेका मौलिक घर पछिल्लो समय आधुनिकताले गर्दा विस्थापित हुने जोखिम बढेको छ । घरको आँगनमै आएको...
पुरानै लयमा फर्कियो मुस्ताङ : असी हजार पर्यटकले गरे भ्रमण
पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रह्यो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कानुसार कात्तिकमा ७३ हजार आठ सय ७९ स्वदेशी र पाँच हजार पाँच सय चारजना विदेशी पर्यटकले भ्रमण गरेका हुन् । घाँसा प्रहरी चौकीले...