ताजा अपडेट

जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्ने खतरा रहेको चेतावनी दिएका छन् । नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नम्बर ४ कार्यसमितिले शनिबार आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहमा नेता कोइरालाले सो चेतावनी दिएका हुन् । उनले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताए ।बलियो...
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
प्रधानमन्त्री पदमा केपी शर्मा ओलीको भन्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले बढी खर्च गरेको देखिएको छ । प्रधानमन्त्रीको कार्यालयले हालै सार्वजनिक तथ्यांकअनुसार ओलीको सचिवालयले प्रचण्डको सचिवालयले भन्दा कम खर्च गरेको हो । तत्कालीन प्रधानमन्त्री प्रचण्डको सचिवालयले आर्थिक वर्ष २०८०/०८१ मा ६ करोड २१ लाख ३५ हजार १२७ रुपैयाँ खर्च गरेको थियो । ओलीको सचिवालयले आर्थिक वर्ष...
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा मनी चेन्जर र रेष्टरेण्ट व्यवसाय चलाइरहेका तीन जना व्यवसायी अमेरिकी डलर र युरो अवैध कारोबार आरोपमा शनिबार पक्राउ परेका छन् । उनीहरूका साथबाट प्रहरीले १९ हजार ६०० अमेरिकी डलर, ३ हजार २०० युरो र ४३ लाख ७३ हजार ७०० रुपैयाँ नेपाली मुद्रा पनि बरामद गरेको छ । पक्राउ पर्नेहरूमा झापाको दमक नगरपालिका–४ चियादोकान घर...
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
पोखरा । सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सबै सदस्य पोखरामा भेटिएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट एकै परिवारका १६ जना बेपत्ता रहेकामा सबै जना सम्पर्कमा आएका हुन् । माइली छोरी काठमाण्डौमा रहेको पाइएको  थियो । पोखरा महानगरपालिका वडा नं. ३०, गगनगौंडाका चन्द्र भण्डारी र सोमनाथ पौडेलको घरमा बसिरहेको बेला उनीहरु भेटिएका हुन् । ‘दुई...
अपराध
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
जग्गा बेच्ने विषयमा वादविवाद भएपछि आफ्नै श्रीमतीलाई मुक्का प्रहरी गरी हत्या गरेको अभियोगमा कास्की प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार गत साउन आठ गते भएको घटनाको विषयमा ५८ वर्षीय जङ्गे सार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान चलिरहेको छ। वादविवादकाबीच जङ्गे आवेशमा आई श्रीमती ५३...
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । नेपाली कांग्रेसका नेता गुरुङको आज बिहान ८ बजे आफ्नै निवास भरतपुर–२६, दिव्यनगरमा निधन भएको हो । ७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए । वि.सं २००६ माघ २४ गते कास्कीको माछापुच्छ्रे गाउँपालिका साविक घलेल गाविस वडा नं. ४ मा जन्मिएका गुरुङ...
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्तालाई अझै एकता र सुदृढ गराउँदै पार्टी निर्माणमा लाग्न आग्रह गरेकी छन्। पार्टी केन्द्रीय कमिटी बैठकले सदस्यता नवीकरण नगर्ने निर्णय गरेसँगै रुष्ट भएकी उनले आफूलाई राजनीति गर्न संविधान र कानुन बाधक नभएको बताइन्। पार्टीका निर्णय कार्यकर्ता, सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट थाहा पाएको बताइन्।  भण्डारीले नेकपा एमालेको आफ्नो सदस्यता कसैले चाहेर फाल्न नसक्ने भन्दै...
पूर्वराष्ट्रपति भण्डारीले महाधिवेशनसम्म देशव्यापी राजनीतिक अभियान चलाउने
काठमाडौँ — एमालेले पार्टी राजनीतिमा फर्कन नदिने भए पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक अभियानलाई अगाडि बढाउने भएकी छन् । आफूलाई रोक्ने पार्टी निर्णयबारे औपचारिक धारणा सार्वजनिक गरिनसके पनि उनले निकटस्थ नेताहरूलाई आगामी महाधिवेशनसम्म देशव्यापी राजनीतिक अभियान चलाउने धारणा व्यक्त गरेकी छन् । एमाले केन्द्रीय कमिटीले मंगलबार मध्यरातमा ‘संवैधानिक राष्ट्रपति, उपराष्ट्रपति जस्ता उच्च संवैधानिक ओहोदामा पुगिसकेको...
प्रधानमन्त्रीलाई विश्वप्रकाशको चेतावनी: सरकार तलमाथि हुनसक्छ
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिसम्बन्धी विधेयकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै अनावश्यक दबाब दिएको बताएका छन्। बीपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा बीपी फाउण्डेसनद्वारा आयोजित  ‘देश विकास र देशवासीको उन्नतीको आधार-बीपी विचार’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री शर्माले भूमि विधेयकमा प्रधानमन्त्रीको दबाबमा भूमि व्यावस्था तथा सहकारी विकास मन्त्री बलराम अधिकारीले अनावश्यक हतारो गरेको बताएका...
चाक्सीबारी बैठकको निष्कर्ष : सरकारले जनताका काम गरोस्, संविधान संशोधन प्रक्रिया थालोस्
काठमाडौँ : नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूको बैठक चाक्सीबारीमा बसेको छ। सोमवार दिउँसो उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्रीसमेत रहेका कांग्रेस नेता प्रकाशमान सिंहको निजी निवासमा बसेको बैठकले सरकारका कामहरु जनताको हितमा अझ प्रभावकारीरुपमा अघि बढाउनेबारेमा छलफल भएको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सांसद कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसका पूर्वपदाधिकारी बसेर देशको समसामयिक, राजनीतिक परिस्थितिका बारेमा छलफल गरेको बताए। सरकारले...
पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ — एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको कुरा दोहोर्‍याएकी छिन् । आइतबार एमाले मुख्यालय च्यासलमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भण्डारीले सदस्यता नवीकरण पुरानै कुरा भएको...
कला साहित्य
कला, साहित्य, प्रकृति, संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्नु हामी सबैको दायित्वः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश कला, साहित्य, संगीत र लोकसंस्कृतिमा सम्पन्न रहेको बताएका छन् । पोखरा थियटरले नेपाली साहित्यका वरिष्ठ श्रष्टा, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठका सम्मानमा आयोजना गरेको विशेष काव्य–सांस्कृतिक कार्यक्रम ‘हिउँमा नलेखिएका तीर्थ– पाँच आयामका साथ’ मा प्रमुख अतिथि भट्टले कला, साहित्य, प्रकृति र संस्कृतिको प्रवर्द्धन एवं संरक्षण गर्नु हामी...