पोखरा सेरोफेरो

‘को कस्तो चिनियो, रुखमै भोट दिनी हो।’
पोखराकै मध्य भागका स्थानीय बासिन्दाले एउटै माग छ बाटो निर्माण । भोट माग्न घरदैलो पुगेका नेपाली काँग्रेसका उम्मेदवारलाई घर अगाडि भेट्दै घर प्रवेश गर्ने बाटो निर्माण गरिदिनुपर्ने पहिलो सर्त अगाडि सारे । कास्की क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य देवराज चालिसे र प्रदेश सभा सदस्य खका उम्मेदवार विन्दुकुमार थापालाई बयोबृद्धादेखि युवापुस्ताले बाटोको बेहाल भएको देखाउँदै...
कास्की १(क) को घोषणापत्र सार्वजनिक
नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश (क)को चुनावी घोषणापत्र सार्वजनिक भएको छ। बुधबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञ बहादुर थापाले घोषणापत्र सार्वजनिक गरे । घोषणापत्र सार्वजनिक गर्दै उनले काँग्रेसका उम्मेदवारले चुनाव जिते समृद्ध र नमुना क्षेत्रको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाएका छन् । कास्की १ बाट काँग्रेसको प्रतिनिधीसभा सदस्य उम्मेदवार बनेका...
मन्त्री थापा र नेता केसी सुकुम्बासि माझ
हिउँदमा समस्या आउँदैन्। वर्षामा पीडाले सताउँछ । ढलको व्यवस्थापन नहुदाँ काजीपोखरीको भलले पोखरा महानगरपालिका १४ को सुकुम्बासी बस्ती डुबानमा पर्छ । बस्तीमा खानेपानी समस्या छ । त्यो भन्दा ठूलो पीडा लालपूर्जा छैन् । लालपूर्जा नहुदाँ गैरदेशीय नागरिक जस्तो बन्नुपरेको पीडा उनीहरुले सुनाइरहेका थिए । ‘सुकुम्बासीलाई लालपूर्जा देउ ।’ आफनो माग सुनाउँदै पोखरा महानगरपालिकाका १४ का...
आन्दोलन र संकटका बेला चिनिएका शुक्रराज
पोखरा, २९ कात्तिक । प्रतिबन्धित समयमा पनि जनताका घरआँगन अनि गोठहरुमा बास बसेर प्रजातन्त्रका लागि सदैव अग्रणी भागमा लडाईको मोर्चा सम्हाल्दै आएका सशक्त राजनीतिक योद्धा शुक्रराज शर्मालाई आफ्नै गाउँमा भेट्दा गाउँलेहरु निकै खुशी देखिए । नेपाली काँग्रेसका तर्फबाट कास्की क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका शर्मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलोमा छन् । माछापुच्छे...
एनआइबिएल क्यापिटल मार्केटस्को सेवा बिस्तार
पोखरा, २९ कात्तिक । एनआइबिएल क्यापिटल मार्केटस् लि.ले सेवा विस्तार गरेको छ । पोखरामा बुधबार एक कार्यक्रमका बीच शाखाको उद्घाटन गरिएको छ । सेवाग्राहीहरुलाई मर्चेन्ट बैंकिङ अन्र्तगतका विभिन्न सेवाहरु सर्वसुलभ तरिकाले प्रदान गर्न शाखा बिस्तार गरिएको विज्ञप्तिमा उल्लेख छ । उपत्यका भित्र लगनखेल ललितपुर पनि बुधबार नै सेवा सञ्चालनमा आएको छ । नेपाल धितोपत्र बोर्डका...
मध्यरातमा गाउँका सवै काँग्रेस प्रवेश
कास्की (मिजुरे)२९, कात्तिक। कास्कीको विकट गाउँ मिजुरस्थित पातीखोला, बनपाले र बालुवाबेशीका सवै जना काँग्रेस प्रवेश गरेका छन्। कुनै बेला विभिन्न कम्युनिष्ट पार्टीको समर्थकका रुपमा रहेका उनीहरुले मङ्गलबार मध्यरात आफ्नो नयाँ परिचय खोजे। कम्युनिष्टबाट विकास असम्भव हुने निष्कर्ष निकाल्दै सवै गाउँले काँग्रेसमा गोलबन्द भए। काँग्रेस प्रवेश गर्न चाहनेलाई स्वागत गर्न मङ्गलबार मध्यरात कास्की काँग्रेसका सभापति एवं...
सजिलै जागिर
के तपाईं जागिरको खोजिमा हुनुहुन्छ ? कि जागिर नपाएर भौतारिरहनु भएको छ ? यदी जागिर नपाएर भौतारिरहनु भएको छ वा तपाईं जागिरको खोजिमा हुनुहुन्छ भने अब चिन्ता नलिनुस् । तपाईंलाई पोखराको हाम्रो जब नेपाल डटकमले रोजगार खोज्न सघाउने भएको छ । त्यो पनि निःशुल्क रुपमा । पोखराको बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले नेपालका जुनसुकै...
उम्मेदवार भोट माग्न ब्यस्त
पोखरा, २८ कात्तिक। ‘आयौं आयौं काँग्रेसको भैलो भोट माग्न हजुरको घरदैलो।’ यतिबेला किसान खेतमा व्यस्त रहँदा उम्मेदवार भने सांगितिक कार्यक्रम गर्दै घरदैलोमा पुगिरेहका छन् । किसानलाई धान थन्क्याउने माचोमा उम्मेदवारहरु भोट फकाउन घर, खेतबारी सबै तिर धाउन थालेका छन् । विहानैदेखि कानुनमन्त्री तथा कास्की क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार यज्ञबहादुर थापाले घरदैलो थालेका...
नेपाली भुमिमा बेलायतीको श्रम
पोखरा, २७ कात्तिक। असोज २३ गते सोमबार ४४ जनाको संख्यामा रहेको बेलायती टोली पोखरा लेखनाथ महानगरपालिका वडा नं २० को मौजामा पुग्यो। त्यति ठूलो संख्यामा एकैपटक बेलायती नागरिक मौजा पुगेपछि मौजाबासि अचम्ममा परे। तर त्यो टोलि मौजाको हिमायल माविमा पुगेर जब धमाधम काम गर्न थाले तब मौजाबासि दंग नै परे। देख्ने वित्तिकै त लाग्यो उनीहरु...
८२ वर्षका फत्तेबहादुरले भने –‘काँग्रेसले जित्नै पर्छ’
सिर्जना बरालपोखरा, कात्तिक। चाउरिएको अनुहार, कुप्रिएको शरिर, अनि दाया हातमा लट्ठी टेकेका। टाउकोमा न्यानो ऊनीको टोपी,खुट्टामा मोजासँगै चप्पल, हातमा पञ्जा अनि कोट लगाएका। नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ को घरदैलो हुदाँ भेटिएका ८२ वर्षका बृद्व फत्तेबहादुर कार्की थिए। काँग्रेससँग जुध्नका लागि बामगठबन्धन आइरहेका बेला प्रजातन्त्र खतरामा पर्न लागेको निष्कर्ष सहित बुढ्यौली बिर्सेर...
पोखरामा काँग्रेसको पक्षमा यसरी गित मार्फत मत मागियो।
यतिबेला मुलुक निर्वाचनमय भएको छ। सबै दल आ–आफ्नै शैलीमा जनतासँग मत मागिरहेका छन्। पोखरामा काँग्रेसको पक्षमा यसरी गित मार्फत मत मागियो।
‘अब नेपालबाट कम्यूनिष्ट हराउने छन्’
पोखरा, २६ कात्तिक। नेपाली काँग्रेसका नेता, उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले आउँदो चुनावमा उम्मेदवारको मुख नहेरी काँग्रेसमा मतदान गर्न आग्रह गरेका छन्। नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा १५ को चुनावी प्रचार कार्यालय उद्घाटन पछि बोल्दै उनले संविधान कार्यान्वयन र देशको समृद्धिका लागि काँग्रेसलाई नै विजयी गराउनुपर्ने उल्लेख गरे। संसारबाट लोप भएको कम्युनिष्टलाई...