पोखरा सेरोफेरो

प्रतिभाका विद्यार्थी, शिक्षक र कर्मचारीलाई मणिपाल अस्पतालमा छुट
पोखरा,२५ माघ । पोखराको प्रतिभा मावि र मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य परीक्षण गराउँदा छुट दिनेबारे सम्झौता भएको छ । सम्झौता अनुसार अस्पतालले प्रतिभाका विद्यार्थी, शिक्षक र कर्मचारीलाई स्वास्थ्य परीक्षण गराउँदा विभिन्न क्षेत्रमा छुट दिनेछ । प्रतिभाका प्रिन्सिपल किरण सापकोटाका अनुसार दर्तामा सतप्रशित, जनरल बेडमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत, न्यूरो सर्जरी तथा अति विशिष्ट...
सामुदायिक होमस्टे साँस्कृतिक महोत्सव – २०७९ सुरु
पोखरा, २५ माघ । चापाकोट पर्यटन प्रवद्र्वन समितिको आयोजनामा चापाकोट देउरालीमा तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे साँस्कृतिक महोत्सव – २०७९ सुरु भएको छ । महोत्सव उद्घाटन गदै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले फेवाताल जोगाउन पोखरा –२३ का वडाबासीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । गण्डकी प्रदेशसभाका निर्वतमान सदस्य राजीव पहारीले पोखरा २३ को विकासको लागि आफूले...
नेपाल वित्तिय संस्था कर्मचारी संघ कास्कीको अध्यक्षमा रानाभाट
पोखरा, २१ माघ । नेपाल वित्तिय संस्था कर्मचारी संघ कास्की जिल्ला कार्यसमितिको नवौं अधिवेशनले याम बहादुर रानाभाटको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा कृष्णप्रसाद वराल, सचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा नवीन भण्डारी, र सदस्यमा शंकर भण्डारी, देवी लामिछाने, मुना जिसी, निलम लम्साल, सुनिता कार्की, गणेश आले, मञ्जु आले, अध्यक्षबाट मनोनित दुई सदस्यहरु...
महिला पुरुष सचेतना कार्यक्रम
पोखरा, १७ माघ । लैगिंक हिंसा विरुद्ध पुरुषहरुको ऐक्यवद्धता महिला पुरुष सचेतना कार्यक्रम पोखरा महानगर वडा नम्वर ७ मा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष राममोहन आचार्यले यस कार्यक्रमले महिला पुरुष बिच सम विकासको सिद्धान्त लागु गराउने बताउनुभयो । साथै उहाँले कार्यक्रममा सक्रिय सहभागिता जनाउनका लागि सम्पूर्णलाई...
संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षय कोष स्थापना गरिने
पोखरा, ९ माघ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने भएको छ । सोमबार कार्यबहाक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा बसेको बैठकले आफ्ना संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने निर्णय गरेको  महासचिव गोविन्द सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने र...
विविध कार्यक्रम गरी राष्ट्रिय वाणिज्य बैंक ४८ औं वार्षिकोत्सव मनाउँदै
पोखरा, ४ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रम गरिएको छ । विविध कार्यक्रम अन्तर्गत बुधवार पोखरामा रक्तदान कार्यक्रम गरिएको छ ।बैंकको प्रादेशिक कार्यालयद्वारा आयोजित कार्यक्रममा ७० जनाले रक्तदान गरेको प्रादेशिक प्रवन्धक प्रमोद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बैंकले निक्षेपकर्ताहरुसँग अन्तरक्रिया तथा सम्मान, सरसफाइ सचेतना, अन्तरशाखा हाजिरीजवाफ, प्रभातफेरीलगायत कार्यक्रम...
शव कुर्दै आफन्त
पोखरा, २ माघ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) परिसर विगत दुई दिन देखि शोकमा डुबेको छ। पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनाका मृतकका परिवार, आफन्त र शुभेच्छुको शोकाकुलका कारण अस्पताल परिसर शोकमा डुबेको छ । आइतबार र सोमबार दिनभर नै अस्पताल परिषर शोकमा डुब्यो । अस्पताल परिसरमा मृतकका परिवार, आफन्त र शुभेच्छुकको...
आँखा शिविरबाट दुई सय २० जना लाभान्वित
पोखरा,२७ पुस । लायन्स क्लब अफ पोखरा लेकसिटी तथा दृष्टिविहीन कल्याण संघ कास्कीको संयुक्त आयोजनामा पर्वत जिल्ला कुश्मा नगरपालिकाको शिवालय माविमा आँखा जाँच शिविर सम्पन्न गरिएको छ । हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा भएको शिविरमा दुई सय २० जनाको आँखा परीक्षण गरिएको लायन्स क्लब अफ लेकसिटी एवं कार्यक्रमका अध्यक्ष कैलाशदेव पालिखेले जानकारी दिनुभयो ।...
११ औं पोखरा महोत्सवको तयारी पूरा
पोखरा, २५ पुस । ११ औंं पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक युनाईटेड क्लबले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुसको २७ देखी माघको ९ गतेसम्म पोखराको अमरसिंहचौरमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । महोत्सवको आम्दानीबाट पोखराको बीच भागबाट बग्ने सेनी नदी खोंचलाई एक साहशिक पर्यटकीय गन्तब्य निर्माण...
सल्लाह र सुझाव लिदै पोखरा २८
पोखरा, २४ पुस । पोखरा महानगरपालिका २८ ले वडाको समग्र विकासको योजना निर्माणको लागि वडाका विज्ञ तथा सरोकारवालाहरुसँग सल्लाह तथा सुझावहरु लिएको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका निवर्तमान मेयर मान बहादुर जिसीले ऋषि तथा तपोभुमि रहेको यस ठाँउको विकास निर्माण गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीले पोखरा...
पृथ्वीनारायण क्याम्पसको अनुमती बिना सेती नदी माथि पुल निर्माण थालेपछि विरोध
पोखरा, २२ पुस। पृथ्वीनारायण क्याम्पसले भोगचलन गर्दै आएको जग्गाबाट क्याम्पसको स्वीकृती बिना सेती नदीमाथि पुल निर्माण गर्ने कार्य सुरु हुन थालेपछि क्याम्पसका विद्यार्थी एवं प्राध्यापक आन्दोलित भएका छन् भने क्याम्पस प्रशासनले विरोध गरेको छ । क्याम्पसले भोगचलन गर्दै आएको कि. नं. ८३३ को झन्डै २२३ रोपनी जग्गामा सो विवाद देखिएको हो । संघीय सडक सुपरिवेक्षण...
महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माण हुने
पोखरा, २० पुस। पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि पोखरा महानगरपालिका र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बिच सम्झौता भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहबरमा भएको सम्झौतामा महानगरपालिकाको तर्फबाट सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी र एनआरएनएको तर्फबाट कार्यकारी अध्यक्ष रविना थापाले हस्ताक्षर गर्नुभएको हो...