पोखरा सेरोफेरो

आजदेखि फेवाताल किनारमा महोत्सव
पोखरा, १३ पुस। अग्रेजी नयाँवर्षको अवसरमा रेवानको आयोजनामा आजदेखि पोखरामा १९ औ पोखरा सडक महोत्सव शुरु हुदैछ। महोत्सवका लागि गठित मूल आयोजक समिति र विभिन्न उपसमितिहरुले तयारी पूरा गरेको जनाइएको छ। महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ रेवानका अध्यक्ष चौबहादुर गुरुङले भने – ‘यो महोत्सव पोखराको प्रवद्र्वनका लागि हो।’ विश्व बजारमा पोखराको पहिचान बनाउने उदेश्यले...
किन चाहियो पोखरा मै प्रदेश नम्बर ४ को राजधानी ?
पोखरा, पुस ११ – क्षेत्रीय प्रशासकको संयोजकत्वमा गठन गरिएको कार्यदलले पोखरामा रहेका सरकारी कार्यालयमा नै प्रदेशसभा भवन, मुख्यमन्त्री र मन्त्रीहरुको कार्यालय तथा निवास व्यवस्थापन गर्ने सूचिसहितको सिफारिस सरकारलाई गरेको छ । यसबाट सरकार पक्षले प्रदेश नम्बर ४ को राजधानी पोखरा बनाउने प्रायः निश्चित जस्तै देखिन्छ । यो कसैसँग सल्लाह र छलफल गरेर गरिएको सिफारिस पनि...
गण्डकी ट्यांकरमा सुरेन्द्र रमण
पोखरा ९, पुस । गण्डकी ट्यांकर व्यवसायी संघको शनिवार सम्पन्न आठौं अधिवेशन तथा सोह्रौ साधारण सभाबाट सुरेन्द्र रमण पराजुलीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको चयन भएको छ । समितिको उपाध्यक्षमा मन वहादुर क्षेत्री, सचिवमा हरि बावु सापकोटा, सहसचिवमा रामप्रसाद सुवेदी र कोषाध्यक्षमा रुप वहादुर अर्यालय निर्वाचित भएका छन् । यसैगरी समितिको सदस्यमा विजय कुमार श्रेष्ठ, पदम...
पोखरामा ब्राह्मण समूहले चिया,पानीपुरी र चटपट बेचेर बिपन्न विद्यार्थीका लागि रकम संलकन गर्ने
पोखरा, ७ पुस। फेसबुकमा संगठित ब्राह्मण समूहले पहिलो वार्षिकोत्सवको अवसरमा पोखरामा शनिवार कार्यक्रम गर्दैछ। पोखरा र आसपास रहेका सदस्यहरुलाई साथमा लिएर सो समूहले चिया, पानीपुरी र चटपट बेच्ने कार्यक्रम गर्न लागेको हो। कार्यक्रमबाट पैसा संलकन गरी बिपन्न विद्यार्थीलाई न्यायो कपडा वितरण गर्ने उदेश्य रहेको छ। करिब १०÷१५ जनाको समूहले बिहान ६ देखि १० बजेसम्म पोखराको...
नयनतारा सहकारीको अध्यक्षमा नृपेश
पोखरा, ४ पुस। नयनतारा कृषि सहकारी संस्था लि पोखरा लेखनाथ– ८ को नयनतारा कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले नृपेश अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्ष अमृतकुमार बराल, सचिव सन्तोष त्रिपाठी, कोषाध्यक्ष विष्णुप्रसाद पहारी, सदस्यहरुमा क्रमश सरोज कुँवर, भुवनप्रसाद काफ्ले, सरिता तिवारी पौडेल छन्। लेखासमिति संयोजकमा रति...
बाबा कन्सल्टेन्सिको सेमिनार
पोखरा, ४ पुस। बाबा एजुकेशन कन्सल्टेन्सि पोखराले पोखरामा मंगलबार शैक्षिक सेमिनार गरेको छ। कार्यक्रममा ५० जना सहभागि थिए। अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी सेमिनान गरिएको हो। सेमिनारमा नर्स टे«निङ अष्ट्रेलिया कलेजका विजनेश डेभ्लप्मेण्ट मेनेजर रोशन घिमिरेले सहजीकरण गरेका थिए। कार्यक्रममा उनले विदेशको शैक्षिक यात्रा तय गर्नुभन्दा पहिले उचित परामर्शमा ध्यान दिनुपर्नेमा जोड दिए। उनले...
करोडौं ठगेर फरार
पोखरा, ३ पुस/पोखरामा भारतीय नागरिकले सञ्चालन एक पसलबाट करोडौं ठगेर व्यवासायी फरार भएका छन् । सस्तो मुल्यमा सामानहरु पाउने आशाले अग्रिम रकम बुझाएका पोखरेलीहरु ठगिएका हुन् ।  भारतीय नागरीक राजेन्द्र थेङवेलले सयौंको सङख्यामा विभिन्न व्यक्तिसंग रकम संकलन गरी सम्पर्क विहिन भएपछि उपभोक्ता ठगिएका हुन् । अक्सिजन ट्रेडर्सको नामबाट थेङवेले केहि समय अघि जनतासंग विश्वास जित्न...
साहित्यकार थापा र नवप्रतिभा ज्ञवाली पुरस्कृत
पोखरा, २९ मंसिर। १५ औ स्थापना दिवसको अवसरमा गीताञ्जली साहित्य परिवार पोखरा लेखनाथ महानगरपालिका वडा नं १० ले दुई जना स्रष्टालाई पुरस्कृत गरेको छ। पोखरामा आयोजित कार्यक्रममा गीताञ्जली साहित्य रत्न पुरस्कारबाट सहित्यकार रुद्रबहादुर थापा र तुलसी मुवा अहिल्या बाल साहित्य पुरस्कारबाट नवप्रतिभा सिर्जन ज्ञवालीलाई पुरस्कृत गरिएको हो। गीताञ्जली सहित्य रत्न पुरस्कारको राशी नगद पाँच हजार...
रिडमोर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने
पोखरा, २८ मंसिर । सामाजिक अध्ययन मञ्च कास्कीको आयोजना तथा रिडमोर पव्लिकेशनको आर्थिक सहयोगमा माध्यामिक विद्यालय स्तरीय दोस्रो हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ । आगामी पुस आठ र नौ गते पोखराको मदरल्याण्ड मा.वि मासवारमा प्रतियोगिता हुने मञ्च कास्कीका अध्यक्ष टेकनाथ पौडेलले जानकारी दिए । मञ्चले विद्यार्थीहरुलाई सामाजिक विषयप्रति रुचि अभिबृद्धि गराउने उद्देश्यले खुल्ला जिल्ला...
पोखरामा दोस्रो कोरियन फिल्म फेष्टिभल
पोखरा २८ मंसिर। पर्यटकीय शहर पोखरामा दोस्रो कोरियन फिल्म फेष्टिभल गरिएको छ। फेष्टिभलमा दुई वटा कोरियन फिल्म प्रदर्शन गरिएको थियो । दक्षिण कोरियामा विकास कसरी भयो र कोरियाका मानिसको जीवनस्तर कसरी अगाडी वढ्छ भन्ने सन्देश प्रवाह गर्ने फिल्महरु प्रदर्शन गरिएको नेपाल कोरिया मैत्री संघका अध्यक्ष मदन केसीले जानकारी दिए । त्यसअवसरमा नेपालका लागी कोरियन राजदुत...
उम्मेदबार कृष्ण केसीले भने – ‘जनताको घरदैलोमा गरेका बाचा पूरा गर्छु’
पोखरा, २३ मंसिर। कास्की निर्वाचन क्षेत्र नं १ (ख) का उम्मेदबार कृष्ण केसीले मतदाताप्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन्। शनिवार विज्ञप्ति प्रकाशित गरी उनले ऐतिहासिक प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदाताले आफुप्रति प्रकट गरेको माया, ममता र स्नेहको सदैव सम्मानगर्ने उल्लेख गरेका छन्। मलाई दिनु भएको मतको म उच्च सम्मान गर्छु कास्की काँग्रेसका सभापति समेत...
प्रदेशसभामा काँग्रेसका थापा विजयी
पोखरा, २३ मंसिर। नेपाली काँग्रेसले कास्कीमा पनि विजय हासिल गरेको छ। कास्की क्षेत्र नं २ ‘ख’ का काँग्रेस उम्मेदबार विन्दुकुमार थापा विजयी भएका हुन्। आफ्ना प्रतिष्पर्धीलाई आठ सय २ मतले पछिपार्दै उनी विजयी भएका हुन्। काँग्रेसका थापाले १० हजार सात सय २६ मत पाउँदा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका राजकाजी गुरुङले नौ हजार नौ सय २४...