पोखरा सेरोफेरो

तरेली सांस्कृतिक परिवारको वार्षिकोत्सव बृद्वाश्रममा
पोखरा, ९ फागुन। पोखरा लेखनाथ महानगरपालिका वडा नं १० अमरसिंह कामना टोलस्थित तरेली साँस्कृतिक परिवारले १६ औं वार्षिकोत्सव पोखरा बृद्वाश्रममा मनाएको छ । परिवारले वार्षिकोत्सवको अवसरमा पोखरा – १७ पोखरा बृद्वाश्रममा विविध साँस्कृतिक कार्यक्रम सहित एक छाक भोजन दान गरेको छ। साँस्कृतिक कार्यक्रमबाट बृद्वबृद्वाले मनोरञ्जन लिएका थिए। कार्यक्रममा प्रमुख अतिथि परिवारका सल्लाहकार, कवि, साहित्यकार पदमराज...
लागुऔषध सहित दुई पक्राउ
पोखरा, ८ फागुन । लागुऔषध बेचबिखनमा संलग्न रहेका दुई जनालाई प्रहरीले मङ्गबार पोखरामा पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो पोखराका अनुसार, पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ बसपार्क बस्ने २८ वर्षिय सुबास गुरुङ र कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं ८ का २४ वर्षिय सुमन पुन छन् । प्रहरीले पोखराको छोरेपाटनबाट गुरुङ र लेकसाईडबाट...
पत्रकार प्रकाशचन्द्र सापकोटालाई ‘आदर्श समाज’ बाट बिदाई
पोखरा, ६ फागुन । आदर्श समाज दैनिकका सहायक सम्पादक प्रकाशचन्द्र सापकोटा पत्रिकाबाट बिदाइ भएका छन् । निरन्तर १३ वर्षसम्म पत्रिकाका विभिन्न पदमा रही कार्यरत हेमजा निवासी सापकोटा पछिल्लो समय सहायक सम्पादक पदमा कार्यरत थिए । न्यूरोडस्थित पत्रिकाको कार्यालयमा आइतबार भएको उनको बिदाइ समारोहमा सहकर्मी साथीहरुले मायाको चिनोसहित खादा लगाएर बिदाइ गरेका हुन् । एउटै सञ्चारमाध्यममा उनको...
काँग्रेस पोखरा लेखनाथ महानगरपालिकाको बैठक
पोखरा, ६ फागुन । नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका कार्यसमितिको बैठक आइतबार बसेको छ। बैठकले विभिन्न चार वटा निर्णय गरेको सचिव रामजी कोइरालाले जानकारी दिए। बैठकले पार्टीका गतिविधिलाई छिटो, छरितो र प्रभावकारी बनाउन समितिका सभापति बजिरमान श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ। कार्यसम्पादन समितिमा साविकको पोखरा र लेखनाथको तर्फबाट पदाधिकारी सहभागि गराइएको...
सकियो फेवा एमयुएन
पोखरा, ५ फागुन। पोखरामा शुक्रबारदेखि शुरु भएको फेवा नमुना संयुक्त राष्ट्र संघ (एमयुएन) को दोस्रो संस्करण सकिएको छ। युवा वैचारिक समाजले गरेको कार्यक्रममा विद्यालयदेखि क्याम्पस तहसम्म अध्ययनरत ६५ जना विद्यार्थी सहभागि थिए। शुक्रबार र शनिवार चलेको कार्यक्रममा सहभागि युवाहरुको दुई वटा समूह बनाई दुई वटा विषयमा छलफल गरिएको थियो। संयुक्त राष्ट्र संघको पहिलो कमिटीको अन्र्तराष्ट्रिय...
नेवि संघका नेता ढकालको स्मृतिमा शोकसभा
पोखरा, ४ फागुन। नेपाल विद्यार्थी संघका नेता बोधराज ढकालको स्मृतिमा पोखरामा शुक्रबार शोकसभा गरिएको छ। नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस इकाइ समितिले पोखराको पृथ्वीनारायण क्याम्पसमा शोकसभा गरेको हो। शोकसभामा कास्की काँग्रेसका नेता, विद्यार्थी नेता र क्याम्पसका विद्यार्थी उपस्थित थिए। नेपाल विद्यार्थी संघ स्याङ्जा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापति समेत रहेका ढकालको बसको ठक्करबाट माघ २२...
अन्र्तराष्ट्रिय बैज्ञानिक सम्मेलन
पोखरा, ३ फागुन। पोखरामा अन्र्तराष्ट्रिय बैज्ञानिक सम्मेलन भएको छ। फागुन २ र ३ गते आयोजित सम्मेलनमा १० देशका युवा बैज्ञानिक गरी एक सय ५० जनाको सहभागिता थियो। जडिबुटिको अनुसन्धान र प्रयोगका बारेमा छलफल गर्न सम्मेनलन गरिएको हो। सात्विक नेपालको आयोजना तथा त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय,नाष्ट पोखरा विश्वविद्यालयको सह आयोजनामा सम्मेलन भएको थियो। नाष्टका...
लागु औषध नियन्त्रण सम्वन्धि सचेतना ¥याली हुने
पोखरा, ३ फागुन। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगर, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वगरको संयुक्त आयोजनामा वृहत सचेतना ¥याली निकालिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीद्धारा अभियानको रुपमा शुरु गरिएको लागुऔषध नियन्त्रण महाअभियान–२०७४ अन्तर्गत फागुन ५ गते शनिवार बिहान १०ः३० बजे लागु औषध नियन्त्रण सम्वन्धि वृहत सचेतना...
शितला सामुदायिक विद्यालयमा भूपू विद्यार्थी मञ्च
पोखरा, ३ फागुन। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ झोवाङस्थित शितला सामुदायिक माध्यामिक विद्यालयमा भूपू विद्यार्थी मञ्च गठन गरिएको छ। विद्यालयमा सम्पन्न भूपू विद्यार्थीहरुको भेलाले विजय केसीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो। जसको उपाध्यक्षमा हिमाल पौडेल, सचिवमा संजय पौडेल, सहसचिवमा भरत गिरी, कोषाध्यक्षमा सगुन केसी छन्। सदस्यमा धमेन्द्रराज पौडेल, उमलाल पौडेल, पूर्णबहादुर नेपाली,...
वाइवाइ मिसेस कल्चरको फाइनल फागुन ५ गते
पोखरा, २ फागुन ।‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रा.लिले गर्न लागेको वाइवाइ दोस्रो मिसेस कल्चर नेपाल २०७४ को फाइनल कार्यक्रम यही फागुन ५ गते शनिबार पोखरा सभागृहहलमा हुने भएको छ । वाइवाइ चाउचाउको मुख्य प्रायोजन साथै सोना टोब्याकोको विशिष्ट प्रायोजन र नेपाल...
लायन्स चौतारीद्वारा सेतो छडी वितरण
पोखरा, २ फागुन । लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीले दृष्टिबिहीनहरुलाई सहयोग स्वरुप बुधबार सेतो छडी वितरण गरेको छ। क्लबले पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ स्थित दृष्टिबिहीन सहयोग तथा स्वरोजगार नेपाल कास्कीमा रहेका ३० जना दृष्टिबिहीनलाई सेतो छडी वितरण गरेको हो। कार्यक्रममा ३२५ बी वान नेपालका जोन चेयर पर्सन ई. सुरेन्द्र पौडेल सहित क्लवका...
बाटो बिराएको केही समयमा वेपत्ता, त्यसपछि…………
पोखरा, १ फागुन। पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एमबिबिएस पढ्दै गरेकी २१ बर्षीया दीपना उप्रेतीको पदयात्राबाट फर्किने क्रममा खोँचमा खस्न पुगी मृत्यु भएको छ। बिहीबार ६ जना साथीहरुसहित कास्कीको मर्दी हिमाल क्षेत्रमा पदयात्रामा गएकी दीपना फर्कने क्रममा माछापुच्छ्रे गाउँपालिकाको वडा नंं ९ देउराली हाइक्याम्पस्थित खोँचमा खसेर वेपत्ता भएकी थिइन्। बाटोबाट करीब १ सय ५० मिटर तल...