पोखरा सेरोफेरो

पर्वतमा रिमोट बम डिस्पोज
पोखरा, २९ फागुन । पर्वतमा मंङ्गलबार रिमोट बम फेला परेको छ । पर्वतको कुश्मा नगरपालिकामा फेला परेको बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गराएको छ । कुश्मा नगरपालिका – १ सहस्त्रधारा बस्ने कृष्ण मल्लको घर अगाडी पार्किङ गरिराखेको बा.१६.च २५२६ नम्बरको गाडी मुनि प्रेसरकुकुरलाई रातो प्लाष्टिकले बेरेर खतरा लेखिएको छ भन्ने सूचनाका आधारमा प्रहरी पुगेको थियो।...
पकेटमारी गर्ने दुई जना पक्राउ
पोखरा, २९ फागुन । पकेटमारी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बाग्लुङको बरेङ गाउँपालिका वडा नं ६ घर भएका ३४ वर्षिय हर्कबहादुर थापा र तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ६ थपर्क घर भएका ३० वर्षिय सुरज गुरुङलाई पक्राउ गरेको हो । उनीहरुले धादिङबाट पोखरातर्फ जादै गरेको ग.१.ख ४६६८ नम्बरको यात्रुवाहक बसमा सवार...
कास्की सेवा समाज स्पेनको दोस्रो अधिवेशन ,अध्यक्षमा ढुंगाना
बार्सिलोना/ कास्की सेवा समाज स्पेनको पहिलो अधिवेशनले केदारनाथ ढुंगानाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ। कास्की जिल्ला स्थायी घर भई स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले गठन गरेको समाजले ढुंगानाको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो।  कार्यसमितिको उपाध्यक्षहरुमा कुमार गुरुङ्,वल बहादुर कार्की,महासचिव गोविन्द तिमिल्सिना, सचिवमा सुरेश भण्डारी र कोषाध्यक्षमा एकराज भण्डारी चयन भएका छन्।...
नेवि संघले ग¥यो पिएन क्याम्पसको सरसफाई
पोखरा, २८ फागुन । नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस मूल इकाइ समितिले सोमबार क्याम्पस सरसफाई गरेको छ । नेवि संघका विद्यार्थी सहित काँग्रेसका नेताले सरसफाईमा सहभागिता जनाएका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस स्याङ्जा जिल्ला सभापति कमलप्रसाद पंगेनीले नेपाल विद्यार्थी संघले स्थापनादेखि हालसम्म शैक्षिक, राजनैतिक र सामाजिक सुधारका गतिविधिहरुमा सक्रिय सहभागिता जनाउदै आएको बताए...
मधुमेह शिविर
पोखरा, २७ फागुन । पोखरा लेखनाथ महानगरपालिका–२८ ओख्लेमा शनिबार आयोजित निशुल्क शिविरमा १ सय ४९ जनाले निशुल्क मधुमेह परीक्षण गराएका छन् । परीक्षण गर्दा करिब १० प्रतिशत (१५ जना) मा मधुमेह देखिएको थियो । नेपाल विकास समाजले वल्र्ड डाइबिटिज फाउन्डेसनको सहयोगमा आयोजना गरेको शिविरमा ४५ पुरुष र १ सय ५ जना महिलाले परीक्षण गराएका थिए...
सय केजीको डेढ लाखको केक ¤
पोखरा, २६ फागुन। पोखरामा एक सय केजीको केक बनाइएको छ । पोखराको काठमाण्डौं फ्रेस बेकरी उद्योगका संचालक रोशन महर्जनले केक बनाएका हुन्। पोखरामा शनिवार भएको लायन्स शत्वार्षिकी समारोह तथा नागरिक अभिनन्दन समारोहका लागि केक बनाइएको हो । उद्योग संचालक महर्जन लायन्स क्लब अफ पोखरा मुनालका अध्यक्ष समेत हुन्। सो समारोहका लागि उनले सो केक सौजन्य...
वीरेठाँटी युवा परिवारको अध्यक्षमा चन्द्रबहादुर
पोखरा, २६ फागुन । वीरेठाँटी युवा परिवार अन्नपूर्ण गाउँपालिका– ८ कास्कीको भेलाले चन्द्रबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा सुरेश गौचन, सचिवमा अतित गुरुङ, कोषाध्यक्षमा ध्रुव पाण्डे, सहसचिवमा सुमिल गुरुङ छन्। समितिको सदस्यमा उत्तर पाण्डे, आइतकुमारी विक, बिनिसा गुरुङ, सविना गुरुङ, समिक्षा गुरुङ, विशाल चपाई, सुदन गुरुङ, सुरेश गुरुङ र विश्वास गुरुङ...
विमा अभिकर्ता संघ नेपाल लाईफ इन्स्योरेन्सको अध्यक्षमा बराल
पोखरा, २४ फागुन । पेशागत विमा अभिकर्ता संघ नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पोखरा शाखाको तेस्रो अधिवेशन तथा साधारणसभाले तारा बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा मञ्जु कोइराला, सचिवमा दामोदर सापकोटा, सहसचिवमा धनप्रसाद पौडेल, कोषाध्यक्षमा दिपक पराजुली छन्। समितिको सदस्यहरुमा मित्रलाल शर्मा, शकुन्तला शर्मा, कुन्दनकुमार मल्लिक, बाबुराम सापकोटा, सोमबहादुर नेपाली र योगेन्द्र बराल...
नेका क्षेत्र नं. ३ कास्कीले कार्यकर्ता भेला गर्ने
पोखरा, २३ फागुन। नेपाली काँग्रेस क्षेत्र नं. ३ कास्कीले प्रदेश स्तरीय कार्यकर्ता भेला गर्ने भएको छ। नेपाली काँग्रेस क्षेत्र नंंं. ३ कास्कीको बुधवार बसेको वैठकले सो निर्णय गरेको हो। जसअन्तर्गत क्षेत्र नं. ३ प्रदेश ‘क’ को चैत २ गते हेमजामा र प्रदेश ‘ख’ को चैत ३ गते ढिकुरपोखरीमा प्रदेश स्तरीय कार्यकर्ता भेला आयोजना गरिने क्षेत्रीय...
गाउँ÷गाउँमा मानव बेचबिखन बिरुद्ध जुझारु अभियानकर्मी उत्पादन गरिने
गणेश श्रेष्ठ पोखरा २०, फागुन । उद्धार, रोकथाम र पुर्नस्थापनाको माध्यमबाट मानव बेचबिखन बिरुद्धमा काम गदै आईरहेको थ्रि एन्जल्स नेपालले आयोजना गरेको सहजकर्ताहरुको लागि क्षमता अभिवृद्धि तालिम पोखरामा आइतबारदेखि सुरु भएको छ । तालिम उद्घाटन गदै संस्थाका संस्थापक अध्यक्ष डा.राजेन्द्र गौतमले मानव बेचबिखन जस्तो सामाजिक अपराध संभ्य समाजको कलंक भएको भन्दै त्यसका बिरुद्ध सबै एक...
नेपाल बीउ व्यवसायी संघ प्रदेश नम्बर ४ को अधिवेशन (नयाँ कार्यसमितिको नामाबलि सहित)
पोखरा, २० फागुन । नेपाल बीउ व्यवसायी संघ प्रदेश नम्बर ४ को प्रथम अधिवेशनले आगामी तीन वर्षका लागि कुलप्रसाद सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा बैकुण्ठनाथ मिश्र, द्वितिय उपाध्यक्षमा गौरीशंकर कँडेल, महासचिवमा कृष्णप्रसाद तिवारी, सचिवमा शुरेशचन्द्र घिमिरे, कोषाध्यक्षमा परशुराम गैह्े छन् । समितिको सदस्यहरुमा रामशरण कोइराला, अमृत श्रेष्ठ, गंगा तिमिल्सिना,...
नेपाल बीउ व्यवसायी संघ प्रदेश नम्बर ४ को अधिवेशन (नयाँ कार्यसमितिको नामाबलि सहित)
पोखरा, २० फागुन । नेपाल बीउ व्यवसायी संघ प्रदेश नम्बर ४ को प्रथम अधिवेशनले आगामी तीन वर्षका लागि कुलप्रसाद सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा बैकुण्ठनाथ मिश्र, द्वितिय उपाध्यक्षमा गौरीशंकर कँडेल, महासचिवमा कृष्णप्रसाद तिवारी, सचिवमा शुरेशचन्द्र घिमिरे, कोषाध्यक्षमा परशुराम गैह्े छन् । समितिको सदस्यहरुमा रामशरण कोइराला, अमृत श्रेष्ठ, गंगा तिमिल्सिना,...