पोखरा सेरोफेरो

महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
पोखरा, २० फागुन । महाकाव्यकार वसन्तप्रसाद चालिसेको ʿमैले देखेको पोखरा–२०७९ʾ पुस्तक लोकार्पण गरिएको छ । कस्केली अधिकृत समाजद्वारा पोखरामा आयोजित एक कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधिश डिल्लीराज आचार्यले पुस्तकको लोकार्पण गर्नुभयो । कार्यक्रममा मुख्य न्यायाधिश आचार्यले पोखरा महानगरपालिकामा लामो समय सेवा गरेका चालिसेले त्यहाँका भोगाई तथा अनुभवलाई पुस्तकमा उतार्नुभएको बताउनुभयो । महानगरलाई व्यवस्थित एवम्...
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
पोखरा, १८ फागुन । नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ (प्रजातान्त्रिक व्यवसायी संघ), गण्डकी प्रदेशले आफ्नो प्रथम स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रम नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रदेश सभापति शर्माले प्रजातन्त्रवादी व्यवसायीलाई संगठित गर्दै व्यवसायी र राजनीतिबीच सहसम्बन्ध कायम गर्ने उद्देश्यका साथ संस्थाको गठन भएको...
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने
पोखरा, १५ फागुन । १३ औं रुपा तालबेसी फागु महोत्सव हुने भएको छ । फागु पूर्णिमाको अवसरमा यहि फागुन २१ देखि २३ गते सम्म रुपा गाउँपालिका वडा नं. ६ र पोखरा ३१ को संगम थलो तालबेसीमा उक्त महोत्सवको आयोजना गर्न लागिएको हो। महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धन गरिने आयोजक संस्था सप्तरंगी युवा क्लबका अध्यक्ष विनोद गुरुङले...
लागूऔषध सहित दुई पक्राउ
पोखरा, १३ फागुन । पोखरामा प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्वतको मोदी गाउँपालिका वडा नं.६ बस्ने ३१ वर्षीय सुरज नेपाली र तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं.१० बस्ने २२ वर्षीय प्रज्वल राई भन्ने प्रज्वल कुमाललाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं. ६...
आलु महोत्सवको तयारी
पोखरा, १० फागुन । आलु गाउँका रुपमा ख्याती कमाएको कास्कीको हेमजामा आगामी चैत २६ गतदेखि वैशाख ३ गतेसम्म ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुुपादुका खेलमैदान पोखरा २५ हेमजामा महोत्सव हुने छ । हेमजामा बसेको...
पोखराका फोटो पत्रकार सुुरज श्रेष्ठलाई अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार
पोखरा, ७ फागुन । पोखराका फोटोपत्रकार सुुरेश कुमार श्रेष्ठ (सुुरज श्रेष्ठ) अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुुरस्कारबाट पुुरस्कृत हुनु हुने भएको छ । अमेरिकाबाट संचालित नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल “इन्जा” ले यस वर्ष देखि सुरु गरेको इन्जा फोटो पत्रकारिता पुरस्कारबाट श्रेष्ठ पुरस्कृत हुन लाग्नुभएको हो । यही फागुनको १६ गते काठमाडौंमा आयोजना गरिने कार्यक्रममा पाँच सय अमेरिकी...
पत्रकार पाठकलाई मातृशोक
फागुन, ४ पोखरा । पोखरामा पत्रकार केशव पाठकलाई मातृशोक परेको छ । उहाँकी आमा नैन कुमारी पाठकको ८० वर्षको उमेरमा बिहीबार आफ्नै निवासमा निधन भएको हो । उच्च रक्तचाप, मधुमेह लगायतका रोगबाट प्रभावित पाठकको आज नै अन्तिम संस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ । स्वर्गीय पाठकका श्रीमान्, चार छोरा र २ छोरी हुनुहुन्छ । यसैबीच,...
पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको अवस्था पत्ता लगाउन विज्ञ टोली बनाइने
पोखरा, २ फाल्गुन । पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको हालको अवस्था पत्ता लगाउन विज्ञ टोली बनाइने भएको छ । औद्योगिक क्षेत्रबाट निस्कने ढल तथा वातावरणीय प्रदूषणको उचित व्यवस्थापन सम्बन्धमा पोखरा महानगरपालिकाद्धारा आयोजित छलफल कार्यक्रम यस्तो समझदारी गरिएको हो । टोलीले वातावरणीय प्रदूषणको अवस्थाका बारेमा प्रतिवेदन तयार गरी बुझाउने छ । पोखरामा पछिल्लो समय वातावरणीय प्रदूषण...
सकियो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव
पोखरा, २९ माघ । चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ सकिएको छ । चापाकोट पर्यटन प्रवद्र्वन समितिको आयोजनामा २४ गतेदेखि महोत्सव शुरु भएको थियो । ‘सबैको सहयोगको कारण महोत्सव सफल भयो, समितिका अध्यक्ष भिम पराजुलीले भन्नुभयो, सबैप्रति आभार एवं धन्यवाद व्यक्त गर्दछौं ।’ सांस्कृतिक कार्यक्रमसहित विभिन्न विद्यामा प्रतियोगिता पनि राखिएको थियो । महोत्सव समापनको...
चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव जारी
पोखरा, २७ माघ । चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव – २०७९ जारी रहेको छ । चापाकोट देउरालीमा २४ गदेदेखि शुरु भएको महोत्सव २८ गतेसम्म चल्नेछ । चापाकोट पर्यटन प्रवद्र्वन समितिले महोत्सव आयोजना गरेको हो । महोत्सवमा बोल्दै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले महोत्सवले संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । महोत्सवमा...
पोखरामा बस र स्कुटर ठोक्किदा एकको मृत्यु
पोखरा, २६ माघ । पोखरामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पोखरा बुढीबजार निवासी अन्दाजी २६ वर्षीया रेजिना आचार्यको मृत्यु भएको हो । ना.८.ख ५२५१ नम्बरको बसले ग. १५.प २४७६ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक आचार्यको मृत्यु भएको हो । दुर्घटना पोखराको पृथ्वीचोकस्थित चाइनापुल नजिकै दुर्घटना भएको प्रहरीले जनाएको...