पोखरा सेरोफेरो

यात्रुवाहक बस दुर्घटना, ११ घाइते, चार गम्भिर
पोखरा, १४ चैत । पोखराबाट सुनौलीतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटना हुदाँ ११ यात्रु घाइते भएका छन् । घाइतेमध्य ४ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । दुर्घटना बुधबार बिहान साढे आठ बजे भएको थियो । ना.५.ख ३४१ नम्बरको बस पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ स्थित तल्लो गगनगौडामा दुर्घटना भएको हो । बस सडकदेखि झण्डै...
पोखराका जेष्ठ नागरिक १०४ वर्षिय गुरुङको निधन
पोखरा, १२ चैत । पोखराका जेष्ठ नागरिक योरो गुरुङको एक सय ४ वर्षको उमेरमा निधन भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ माटेपानी निवासी गुरुङको सोमबार निधन भएको हो । पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । उनको पार्थिव शरिर मङ्गलबार मादी – १ सिक्लेसको प्लिच्कुमा अन्त्येष्टी गरिने छ ।...
नागबेली टोल विकास संस्थाको अध्यक्षमा गिरीको निरन्तरता
पोखरा, १२ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ स्थित नागबेली टोल विकास संस्थाको छैटो साधारणसभा तथा तेस्रो अधिवेशनले पुन शारदा गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गिता पौडेल, सचिवमा खेमराज गिरी, कोषाध्यक्षमा करुणा श्रेष्ठ, सहसचिवमा ई.आनन्द सापकोटा छन्। सदस्यमा अनिल गुरुङ, लइनबहादुर गुरुङ, जमुना पौडेल, बुद्विलाल श्रेष्ठ, अल्पना श्रेष्ठ,...
नेपाल ज्योतिष परिषद् प्रदेश नम्बर ४ को अध्यक्षमा कोइराला
पोखरा, ११ चैत । नेपाल ज्योतिष परिषद् प्रदेश नम्बर ४ को प्रथम अधिवेशनले रामप्रसाद कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको बरिष्ठ उपाध्यक्षमा दुर्गादत्त शर्मा आचार्य, उपाध्यक्षमा मोहराज ढकाल, टेकनारायण शर्मा, शान्ति श्रेष्ठ, भिमनाथ कुइकेल, महासचिवमा ज्यो.कमल पौडेल शास्त्री , उपमहासचिवमा देवीप्रसाद रेग्मी, नारायणप्रसाद पौडेल, कृष्णकान्त काफ्ले, सचिवमा विजय दोरङ्गा, कोषाध्यक्षमा तोयनाथ आचार्य,सहकोषाध्यक्षमा गोविन्द...
भिषण आगलागी, नियन्त्रणको प्रयास
पोखरा, ११ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका सेराचौरस्थित सौरेनीमा भिषण आगलागी भएको छ । भीरमा रहेको जङ्गलमा आगलागी भएको हो । नियन्त्रणका लागि स्थानीयबासिन्दा र प्रहरी जुटेका छन्। आगलागीका कारण नजिकैको बस्ती समेत जोखिममा परेको स्थानीयको भनाइ छ। आगलागीको कारण खुलेको छैन । त्यसस्थानमा वर्षेनी आगलागीको समस्या भैरहेको बताइएको छ। फोटोहरु ः यादवराज अधिकारीको फेसबुकबाट
बाग्लुङको निसिखोलामा बृहत्त स्वास्थ्य शिविर
पोखरा, ११ चैत । बाग्लुङको निसिखोला गाउँपालिका वडा नं २ देवीस्थानमा बृहत्त स्वास्थ शिविर गरिएको छ । कर्म फ्लाइट फाउण्डेशन नेपाल र नेपाल – इजको सहयोगमा दुई दिनसम्म गरिएको सो शिविरबाट ६ सय ५२ जना लाभान्वित भएका छन् । शिविर उद्घाटनगर्दै निसिखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले आफ्नो गाउँमा स्वास्थ्य शिविर गरिदिएको खुशी व्यक्त गरे ।...
नेपाल यातायात मजदुर संघ प्रदेश ४ को अध्यक्षमा पन्त
पोखरा, १० चैत । नेपाल यातायात मजदुर संघ प्रदेश नं ४ को प्रथम अधिवेशनले किरणबाबु पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा दिलबहादुर पराजुली, महिला उपाध्यक्षमा देवी कार्की, सचिवमा अर्जुन खनाल, सहसचिवमा ऐनबहादुर ऐर(सागर), कोषाध्यक्षमा ओमबहादुर श्रीषलाई चयन गरेको छ । समितिको सदस्यमा डिल्लिराम कोइराला, कृष्णबहादुर क्षेत्री (जीवन), गोविन्द पौडेल छन्। संघका...
फेन्सी तथा रेडिमेड व्यवसायी संघको रक्तदान
पोखरा, १० चैत । फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराले शनिवार खुल्ला रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ पोखराको महेन्द्रपुलमा आयोजित कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रविन्सन प्रजुले संघका सल्लाहाकार रामकुमार श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए...
समुदायस्तरीय क्यान्सर सचेतना
पोखरा, ९ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा ९ को आयोजना तथा नेपाल अर्बुद रोग निवारण संस्था कास्कीको सहआयोजनामा शुक्रबार समुदायस्तरीय क्यान्सर सचेतना कार्यक्रम गरिएको छ । प्रमुख अतिथि प्रदेश ४ का सांसद बिन्दुकुमार थापाले यसप्रकारको कार्यक्रमले स्वास्थ्यबारे सचेत रहन मद्दत मिल्ने बताए । वडाका १ सय ६० जना महिलाको सहभागिता रहेकोे कार्यक्रममा नेपाल अर्बुद...
जनसरोकार मञ्च कास्की, सिद्वार्थ क्लब र बाल तथा महिला शशक्तिकरण समाजको छलफल
पोखरा, ९ चैत । जनसरोकार मञ्च कास्की, सिद्वार्थ क्लब र बाल तथा महिला शशक्तिकरण समाज नेपाल कास्कीबीच शुक्रबार छलफल भएको छ । कार्यक्रममा सिद्वार्थ क्लब र बाल तथा महिला शशक्तिकरण समाज नेपाल कास्कीको साझेदारीमा जनसरोकार मञ्च कास्कीले संचालन गरेका कार्यक्रमको समीक्षा गरिएको थियो । कार्यक्रममा सिद्वार्थ क्लब र बाल तथा महिला शशक्तिकरण नेपालले जनसरोकार मञ्चले...
कास्की काँग्रेसका पुराना नेता थापाको निधन
पोखरा, ८ चैत । नेपाली काँग्रेस कास्कीका पुराना नेता पोखरा लेखनाथ महानगरपालिका वडा नं १८ निवासी रामबहादुर थापाको निधन भएको छ । नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि, नेपाली काँग्रेस कास्कीका पूर्व जिल्ला सदस्य थापाको ७० वर्षको उमेरमा बुधबार निधन भएको हो। हृदयघात भएका थापाको पोखराको फिस्टेल हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो । उनका एक श्रीमती,...
बयली आधारभूत विद्यालयलाई आर्थिक सहयोग
पोखरा, ८ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ बयली स्थित बयली आधारभुत विद्यालयलाई विभिन्न व्यत्तिहरुले आर्थिक सहयोग गरेका छन्। विद्यालयलाई जापानिज नागरिक टेकी सु मिवाकोले एक लाख १५ हजार आर्थिक सहयोग गरेका छन्। एक लाख रुपैया अक्षयकोषका लागि र १५ हजार रुपैया प्रशासनीक खर्चका लागि सहयोग गरेका हुन्। अक्षयकोषबाट प्राप्त ब्याजबाट प्रत्यक वर्ष...