पोखरा सेरोफेरो

फेवाताल किनारमा फेवा महोत्सव हुदै
पोखरा, २७ चैत ः पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा १५ औं फेवा नव वर्ष महोत्सव बुधबारबाट सुरु हुँदै छ । फेवा तालको संरक्षण गरौं भन्ने मूल नाराका साथ सुरु हुने महोत्सव चैत २८ गते देखि आगामी वैशाख २ गते सम्म चल्ने छ । महोत्सवको सम्पूर्ण तयारी सकिएको आयोजक संघका अध्यक्ष एवं महोत्सव संयोजक विकल...
पोखराको एयरपोर्टमा माइक्रो ठक्करले मोटरसाइकलमा सवार १ को घटनास्थलमै मृत्यु, १ घाइते
पोखरा, २७ चैत । पोखराको एयरपोर्टमा माइक्रो बसको ठक्करले मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक घाइते छन् । बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै गरेको ग ९ प २१९१ नम्बरको पल्सर मोटरसाइकलाई विपरीत दिशाबाट आएको ग १ प ३८७७ नम्बरको माइक्रोबसले बिहान करिब साढे ९ बजे ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकलको पछाडि बसेका...
पत्रकार बराललाई मातृशोक, प्रेस युनियन कास्कीद्वारा शोक व्यक्त
पोखरा, २५ चैत। नेपाल प्रेस युनियन कास्कीका सल्लाहकार तथा पोखराका अग्रज पत्रकार हेमराज बराल र कास्कीका सदस्य नवीन बराललाई मातृशोक परेको छ। बरालकी आमा दिलमाया बरालको काठमाण्डौ ग्राण्डी हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हो । बरालका श्रीमान् , चार छोरा र तीन छोरी छन्। बरालको आइतबार नै पोखराको तुल्सिघाटमा दाहसंस्कार गरिएको छ ।...
तीन केजी चरेश सहित दुई जना पक्राउ
पोखरा, २५ चैत । लागुऔषध नियन्त्रण व्युरो पोखराले लागुऔषध चरेश सहित दुई जनालाई पोखराको जिरो किमिबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको तारा गाउँपालिका वडा नं ४ का १९ वर्षिय विष्णु कँडेल र १८ वर्षिय कासुवास गौतम छन् । उनीहरुको साथवाट प्रहरीले तीन केजी चरेश बरामद गरेको छ । बाग्लुङवाट लागुऔषध चरेश ल्याई पोखराका विभिन्न...
घरभाडा सरोकार समितिद्वारा मन्त्रीलाई ज्ञापनपत्र
पोखरा, २५ चैत । नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति पोखराले प्रदेश नम्बर ४ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापालाई आइतबार ज्ञापनपत्र बुझाएको छ । समितिले घरभाडा सँग सम्वन्धित विभिन्न १२ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको हो । समितिका अध्यक्ष यमनाथ पौडेलको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको महासचिव कमलप्रसाद न्यौपानेले जानकारी दिए ।...
अरण्यज्योति पुस्तकालयको अध्यक्षमा पुन ः भण्डारी
पोखरा, २४ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित अरण्यज्योति पुस्तकालयको शनिवार सम्पन्न २५ औ वार्षिक साधारणसभाले पुन ः राजेन्द्र भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गमवहादुर गुरुङ, सचिवमा यदुराज पंगेनी, सहसचिवमा महेश श्रेष्ठ, कोषाध्यक्षमा इन्द्र भट्टराई छन् भने सदस्यहरुमा गायत्री सिग्देल, बिमला श्रेष्ठ, मिना श्रेष्ठ, धर्मराज पौडेल ‘अल्पायू’,...
पोखरामा स्पोर्टस मेडिसिन
पोखरा, २५ चैत । कास्की वडी विल्डिङ एण्ड फिट्नेश एशोसियशनले पोखरामा स्पोर्टस मेडिसिन कार्यक्रम गरेको छ । खेलाडीले आफ्नो स्वास्थ्यका लागि अपनाउनुपर्ने सावधानी बारे जानकारी दिन सो कार्यक्रम गरिएको हो । कार्यक्रममा ५५ जनाको सहभागिता थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कास्की जिल्ला खेलकुद विकास समितिका शारीरिक सुगठन प्रशिक्षक जीवन घिमिरेले खेलाडीलाई प्रोत्साहित गर्नुपर्नेमा जोड...
जता हे¥यो उतै आलु, यस्तै छ
पोखरा, २४ चैत। नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ जारी छ । अन्य महोत्सव भन्दा भिन्न महोत्सव भएकाले पनि दर्शकहरु फरक मनोरञ्जन लिन आलु महोत्सव पुग्ने गरेका छन् । महोत्सवमा विभिन्न थरीका आलुका परिकारले दर्शकको मन तानेको छ। महोत्सव पस्यो कि आलु। रेष्टुरेण्ट्र छि¥यो आलुकै परिकार। स्टेज तिर हे¥यो आलुकै माला। महोत्सवमा सहभागि कलाकार पनि आलुकै...
रिमझिम वर्षामा पनि सफाइ अभियान
पोखरा, २४ चैत । पोखरामा जारी बृहत सफाइ अभियान सेती नदी किनार रिठ्ठाघाटमा सम्पन्न भएको छ । रिमझिम वर्षाका बाबजुद पनि सामाजिक अभियन्ताहरु सफाइ अभियानमा जुटेका थिए । ९७ औं हप्ताको सफाइ अभियानमा झण्डै ५ टन फोहरमैला संकलन गरिएको अभियन्ता शिवप्रसाद बास्तोलाले बताए । यसअघि अभियानका संयोजक रामबहादुर पौडेलले वडा नं. ११ र २० का...
पोखरा स्वास्थ्य प्रतिष्ठान कर्मचारीको अध्यक्षमा डा. श्रेष्ठ
पोखरा, २४ चैत । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विकास समिति कर्मचारी युनियनको अध्यक्षमा डा. ढाकाकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । युनियनको अध्यक्ष बन्नका लागि चार जनाले इच्छा देखाएकोमा अन्यले पनि डा श्रेष्ठलाई समर्थन गरेपछि उनी सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक डा. सुनिल पनेरुले जानकारी दिए । चैत १२ गतेको भेलामा डा. यज्ञराज सिग्देल, शंकर...
अष्ट्रेलिया जान चाहनेका लागि एक्स्पर्टको ग्राण्ड सेमिनार, के के हुन्छ पढौं ?
पोखरा, २३ चैत । पोखरा लेखनाथ महानगरपालिका सिद्वार्थ चोकस्थित एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस पोखरा शाखाले ग्राण्ड अष्टे«लियन एजुकेशन सेमिनार गर्ने भएको छ । अष्टे«लियामा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थी लक्षित गरी चैत २५ गते आइतबार सेमिनार गर्न लागेको पोखरा शाखा कार्यालयका प्रबन्ध निर्देशक रमेशकुमार थापाले जानकारी दिए । सेमिनारमा एक्स्पर्टका चेयर मेन...
क्रिष्टल मन्टेश्वरीको ११ औ वार्षिकोत्सव
पोखरा, २३ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ लेकसाईड ठाडोपसलस्थित क्रिष्टल इण्टरनेशनल मन्टेश्वरी किण्डरवल्र्डको ११ औ वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भयो । कार्यक्रममा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत गरिनुको साथै विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो । त्यसैगरी, बालबालिकाले बनाएका चित्र तथा मुर्तिहरु प्रदर्शन गरिएको थियो । त्यसअवसरमा आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन...