पोखरा सेरोफेरो

सेदीमा जापानिज रेष्टुरेण्ट काशिवा संचालन
पोखरा, २१ वैशाख । पोखरा महानगरपालिका वडा नं १८ स्थित सेदीमा जापानिज रेष्टुरेण्ट संचालनमा ल्याइएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १० निवासी प्रवेश कुमार राजभण्डारीले काशिवा नामको जापानिज रेष्टुरेण्ट संचालनमा ल्याएका हुन् । रेष्टुरेण्टका लागि उनले एक करोड पचास लाख लगानी गरेका छन् । २७ वर्षसम्म जापानमा रहेर त्यहाँको परिकारलाई बुझेका राजभण्डारीले पोखरामा...
करेन्ट लागेर मृत्यु
पोखरा, २० वैशाख । करेन्ट लागेर बिहीबार स्याङ्जामा एक जनाको मृत्यु भएको छ । स्याङ्जाको हरिनाश गाउँपालिका – १ खैरिकोट बस्ने ६५ वर्षिय टुकबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । दाउरा काट्ने क्रममा भुईमा लत्रेको विद्युतको तार छोएपछि उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि उनको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाका बारेमा...
युवा टोल सुधार समिति कुँडहरको रक्तदान
पोखरा, १५ वैशाख । नयाँ वर्ष – २०७५ को अवसरमा पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित युवा टोल सुधार समिति कुँडहरले शनिवार रक्तदान गरेको छ । ‘समाज विकासमा युवाको भुमिका’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा ६२ जनाले रक्तदान गरेका थिए । वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक दिपकबहादुर केसीले पहिलो रक्तदातालाई ब्लड ब्याग...
गुरुङ परिवारद्वारा उमा माविलाई आर्थिक सहयोग
निर्मला पौडेल पोखरा, १६ वैशाख । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ स्थित उमा माविलाई आर्थिक सहयोग प्रदान गरिएको छ । दाङसिङ घर भई हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं १० निवासी भिम गुरुङ, उनकी श्रीमती प्रेमकुमारी गुरुङ, छोराहरु हङकङ – दाङसिङ समाजका अध्यक्ष श्याम गुरुङ र विष्णु गुरुङले विद्यालयलाई सहयोग गरेका हुन्। गुरुङ परिवारले...
पशु प्रजनन् तथा कृत्रिम गर्भाधान तालिम शुरु
पोखरा, १२ वैशाख । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) केन्द्रिय कार्य समिति काठमाडांैको आयोजना तथा क्षेत्रीय पशु सेवा तालिम केन्द्र पोखराको संयोजनमा बुधबारदेखि पशु प्रजनन् तथा कृत्रिम गर्भाधान तालिम शुरु भएको छ । कृत्रिम गर्भाधान गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले आयोजित तालिम २३ गतेसम्म चल्नेछ । तालिममा ललितपुर, नुवाकोट, मकवानपुर, चितवन, रोल्पा,...
६ दिनदेखि सम्पर्क विहिन भएपछि परिवार चिन्तामा
पोखरा, ११ वैशाख । पोखरा- १४ भेडीफारामकी बालकुमारी गिरी (सीता) ६ दिनदेखि परिवारबाट सम्पर्क विहिन छिन् । दिन बित्दै जाँदा समेत उनको पत्तो नलागेपछि परिवार चिन्तामा डुबेका छन् । ४८ वर्षीया गिरी गत वैशाख ६ गते विहीबार दिउँसो घर नजिकै गलेश्वरचोकबाट महेन्द्रपुल जाने भन्दै गाडी चढेको परिवारले जनाएको छ । त्यसपछि उनी फर्किनन् । श्रीमान्...
एकपछि अर्काे दुर्घटना
गण्डक न्युज पोखरा, ११ वैशाख । सवारी चालक अनुमति पत्र नभएको युवकले एक पछि अर्को सवारी ठक्कर दिँदा आफू समेत घाईते हुन पुगेका छन् । महेन्द्रपुलबाट पृथ्वीचोक तर्फ गईरहेको ग४प ७४२५ नम्बरको स्कुटरका चालक रोशन श्रेष्ठले अगाडि गुडिरहेको ट्याक्सीलाई पछाडिबाट ठक्कर दिएका थिए । ट्याक्सी चालकले रोक्न खोज्दा खोज्दै झनै स्पीड बढाएर भागेका रोशनले रोजिना...
ध्वनी प्रदूषण गरेर संचालन गरिएका डिस्को, डान्स र दोहोरीमाथि कार्वाही : एसपी सिंह
पोखरा, १० वैशाख ः कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले पोखराको पर्यटन क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । पश्चिमाञ्चल होटल संघ पोखराले सोमबार लेकसाइडमा आयोजना गरेको सुरक्षा सम्बन्धी छलफलमा एसपी सिंहले पर्यटक र अन्य सुरक्षाका लागि पोखराका सबै होटलले सीसी टीभी क्यामेरा राख्नुपर्ने सुझाव राखे...
डाबाको रक्तदान
पोखरा, ९ वैशाख । नयाँ बर्ष – २०७५ को अवसरमा डु एगेन्सट ब्याड एक्सन (डाबा) क्लब पोखराले आइतबार रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाईटी पोखराको सहकार्यमा पोखरा बिरौटामा आयोजित कार्यक्रममा २२ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक स्वस्तिक सुवेदीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका बरिष्ठ प्राविधिक अधिकृत अर्जुन...
भिरबाट लडेर कार्कीको मृत्यु
पोखरा, ९ वैशाख । भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नं ३ बस्ने ३० वर्षिय नरेश कार्कीको मृत्यु भएको हो । कार्की मान्द्रेढुङ्गाको जंगलको भिरबाट तीन सय मिटर तल खसेको प्रहरीको भनाइ छ । उनी वैशाख ७ गतेदेखि हराइरहेका थिए । घटनाका बारेमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको...
महिला तथा बाल कल्याण कुञ्जको फोहोरमैला व्यवस्थापन तालिम
पोखरा, ९ बैशाख । महिला तथा बाल कल्याण कुञ्ज पोखरा – १३ ले  वातावरण तथा फोहोरमैला व्यवस्थापन सम्वन्धि एक दिने तालिम गरेको छ । संस्थाका सदस्यहरुलाई वातावरणको महत्व बारे जानकारी दिई फोहोरमैला व्यवस्थापनमा प्रेरित गर्ने उदेश्यले तालिम गरिएको हो । तालिममा ५० जना सहभागि थिए । तालिममा वातावरणविद् अभयकान्त सिग्देलले सहजिकरण गरेका थिए । तालिम...
स्व. अधिकारीको शोकसभा
पोखरा, ८ वैशाख । पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ का नेपाली काँग्रेसका क्रियाशील सदस्य स्व. प्यामकुमारी अधिकारीको निधन भएको १३ औं दिनको पुण्य तिथिमा शनिवार शोकसभा गरिएको छ । शोकसभामा काँग्रेसका नेता तथा कार्यकर्ता, परिवारजन, आफन्त र शुभेच्छुकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि काँग्रेस नेतृ सरस्वती गुरुङले अग्रज नेता तथा कार्यकर्ताले...