पोखरा सेरोफेरो

सार्दीखोलामा स्वास्थ्य शिविर
पोखरा, १३ जेठ । विशाल बजार कोअपरेटिभ संस्था लिमिटेडले पाठेघर सम्वन्धी निल्शुल्क स्वास्थ्य शिविर गरेको छ । माछापूच्छ«े गाउँपालिका वडा नं २ स्थित सार्दीखोला स्वास्थ्य चौकीमा आयोजित शिविरमा एक सय ६५ जनाले सेवा लिएका छन् । माछापूच्छ«े गाउँपालिका वडा नं २ का वडा सदस्य गणेश आचार्यले शिविरको समन्वय गरेका हुन् । माछापूच्छ«े गाउँपालिका वडा नं...
नेपाल परिवार नियोजन संघ कास्कीमा नयाँ समिति
पोखरा, १३ जेठ । नेपाल परिवार नियोजन संघ कास्की शाखाको अधिवेशन आगामी तीन वर्षका लागि निरन्जनप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको सदस्यहरुमा उमेशराज पराजुली, नवीन सिग्देल, अर्जुन सिग्देल, प्रकाशचन्द्र त्रिपाठी, महिला सदस्यमा शक्ति प्रधानाङ्ग, रजनी के.सी, निशा भण्डारी, नानु रेग्मी, किशोर युवा सदस्यमा विष्णुप्रसाद दाहाल, किशोरी युवा सदस्यमा नारायणी त्रिपाठी...
पोखरामा रगत कमी भएपछि आकस्मिक रक्तदान
पोखरा, १० वैशाख । पोखरामा रगतको कमी भएपछि बिहीबार आकस्मिक रक्तदान गरिएको छ । विभिन्न तीन वटा संस्थाले पोखराको बेग्लैबेग्लै स्थानमा आयोजना गरेको रक्तदानबाट एक सय ८३ युनिट रगत संकलन भएको छ । पोखराको रक्त संचार केन्द्रमा रगतको कमी भएपछि आकस्मिक रक्तदानका लागि आव्हान गरिएको हो केन्द्रका प्राविधिक महेन्द्र केसीले भने – ‘एक÷दुई दिन रक्तदान...
स्वास्थ्यकर्मी संघ कास्कीको अध्यक्षमा तिवारीको निरन्तरता
पोखरा, ८ जेठ । नेपाल स्वास्थ्यकर्मी संघ कास्कीको सातौं अधिवेशनले पुनःउदयकान्त तिवारीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गोपालचन्द्र बराल, राजबहादुर भण्डारी, सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा नवीन खड्का छन् । यसअघि अधिवेशन उद्घाटन गर्दै नेपाल ट्रेड युनियन काँग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुँवरले अधिकार प्राप्तिका लागि एकजुट हुनुपर्नेमा जोड...
जनप्रिय टोलमा उद्घोषण तालिम सम्पन्न
पोखरा, ८ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १० स्थित जनप्रिय आमा समूहले आयोजना गरेको पाँच दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ । सामाजिक अभियन्ता निर्मला कार्की भण्डारीले सहजीकरण गरेको तालिममा ६० जना सहभागी थिए । समापनमा बोल्दै प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका वडा नं १० की वडा सदस्य निशा मल्ल...
विद्यार्थी नेता थापाद्वारा विद्यार्थीलाई सहयोग
पोखरा, ७ जेठ । नेपाल विद्यार्थी संघ कास्कीका नेता सौगात थापाले आर्थिक अभावमा रहेका दुई विद्यार्थीलाई सोमबार सहयोग गरेका छन् । नेपाली काँग्रेस कास्कीका सदस्य नवीन सिग्देलको पहल तथा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानु ढकालको समन्वयमा उनले विद्यार्थीलाई सहयोग गरेका हुन् । उनले पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित भद्रकाली उच्च माविमा कक्षा...
फोहोर मैला व्यवस्थापन तालिम सम्पन्न
पोखरा, ७ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १० स्थित रामघाट आमा समूहले आयोजना गरेको फोहोर मैला व्यवस्थापन तथा कम्पोष्ट मल बनाउने तालिम  सम्पन्न भएको छ । हेरालो प्रतिष्ठानका रोशबहादुर गुरुङ र झम गुरुङले सहजीकरण गरेको तालिममा ७० जना सहभागी थिए । तालिम समापनमा कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका वडा नं १० का...
बृहत सफाइ अभियान शान्तिवन बाटिकामा
पोखरा, ३० वैशाख । पोखरामा जारी बृहत सफाइ अभियान शनिबार शान्तिवन बाटिकामा  भएको छ । यस क्षेत्रकै जैविक विविधतायुक्त सो क्षेत्र प्राकृतिक सम्पदाका रुपमा समेत परिचित छ । सफाइ अभियानको १०२ आंै हप्तामा झण्डै ५ टन फोहोरमैला संकलन नगरिएको नागरिक समाजपोखराका संयोजक विष्णुहरि अधिकारीले जानकारी दिए । यसअघि प्रदेशसभा सदस्य विन्दुकुमार थापाले उपस्थित सहभागीलाई सरसफाइ...
पोखराका युवाको सवारी दुर्घटनामा परी पोर्चुगलमा मृत्यु
पोखरा, २८ वैशाख । पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ रामबजारका २९ वर्षिय सजतबहादुर कार्कीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । पोर्चुगलको लिस्वोन शहरमा मङ्गलबार भएको सवारी दुर्घटनामा उनको मृत्यु भएको हो । घरबाट कार्यालय जाने क्रममा दुर्घटना भएको थियो । उनी विगत चार वर्षदेखि लिस्वोन शहरमा बस्दै आएका थिए । अध्ययनका लागि पोर्चुगल...
कर्मचारी बचतको अध्ययन अवलोकन भ्रमण
पोखरा, २५ वैशाख । पोखराको सिर्जनाचोकमा रहेको कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरुले छिमेकी देश भारतको अध्ययन अवलोकन भ्रमण गरेका छन् । सहकारीका ४४ शेयर सदस्यहरुले वैशाख १६ गतेदेखी २३ गतेसम्म दिल्लीको आग्रा, मथुरा , अयोध्या, काशी, वनारस, लोटी टेम्पल तथा ईन्डिया गेट लगायतका स्थानहरुको भ्रमण गरेको सहकारीका कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठले जानकारी...
हराएका बाटोहरु खोज्दै पोखराका पत्रकार महिला
पोखरा , २२ वैशाख । भुईमा लचक्क भिजेका पतिङगर, न कुनै पैतालाका डोब, न कुनै डोर्याठो । काँडाले जेलिएर, झाडीले ढपक्कै ढाकेको, वर्षाैदेखि मानिस नहिडे जस्तो पैदल मार्गमा शनिबार एका बिहानै पोखरेली पत्रकार महिलाहरु पुगे । बाटो खोज्दै अघि बढ्ने क्रममा कोही झाडी पन्छाउदै हिडे त कोही काँडा घारी छिचोल्दै अघि बढे । पहिला मानिसहरुले...
नेपाल लाइफको वार्षिकोत्सवमा रक्तदान
पोखरा, २२ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ औं वार्षिकोत्सवको अवसरमा पोखरा शाखा र पेशागत वीमा अभिकर्ता संघ पोखराको संयुक्त आयोजनामा खुल्ला रक्तदान गरिएको छ । कार्यक्रममा ८२ जनाले रक्तदान गरेका थिए । कार्यक्रम उद्घाटन गर्दै रक्त संचार केन्द्र क्षेत्रीय कार्यालय पोखराका प्रमुख ध्रुव लामिछानेले रक्तदान कार्यक्रम गरेर संस्थाले सामाजिक उत्तरदायित्व वहन गरेको...