पोखरा सेरोफेरो

चिन बहादुर प्यारी प्रतिष्ठानद्वारा वीरेठाँटीका विद्यार्थीलाई सम्मान
पोखरा, १९ असार । चिन बहादुर प्यारी प्रतिष्ठानले वीरेठाँटी माविबाट एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । कार्यक्रममा विद्यालयका उत्कृष्ठ विद्यार्थी सबिन थापा मगर लाई नगद तीन हजार रुपैया सहित विशेष सम्मान गरिएको थियो । यसपटक विद्यालयबाट ३४ जनाले एसईई उतिर्ण गरेका थिए । कार्यक्रमका विद्यालय सल्लाहाकार समिति संयोजक एवं लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार...
मन्टेश्वरी शिक्षण व्यवसायीक दक्षता तालिम
पोखरा, १६ असार । क्रिष्टल इण्टरनेशनल मण्टेश्वरी किण्डरवल्र्ड र बिहानी मण्टेश्वरीको संयुक्त आयोजनामा एक दिने मण्टेश्वरी शिक्षण व्यवसायीकता दक्षता तथा आर्ट क्राफ्ट तालिम सम्पन्न भएको छ । मण्टेश्वरीका लागि आवश्यक सिप सिकाउने उदेश्यले आयोजित तालिममा २० जना सहभागी थिए । तालिमका क्रिष्टल इण्टरनेशनल मण्टेश्वरीकी निर्देशक रिना पौडेलले मण्टेश्वरीमा बिद्यार्थीहरुलाई खेलाउने खेल, कथा भन्ने शैली तथा...
प्राविधिक शिक्षाको ज्ञान र परामर्श दिन मेला शुरु
पोखरा, १५ असार । प्राविधिक शिक्षासँग सम्वन्धित ज्ञान र परामर्श दिनका लागि पोखरामा शुक्रबारदेखि मेला शुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्, सूचना तथा अनुसन्धान महाशाखा, सक्षमता परियोजना र पोखरा प्राविधिक शिक्षालयको संयुक्त आयोजनामा मेला शुरु भएको हो । टिभिईटी करिअर फेयर – २०१८ नाम दिएर पोखरा सभागृहमा शुरु भएको मेला शनिवारसम्म...
संस्कृत भाषालाई अपहेलना गर्नु मातापिताको अपमान गरे जस्तै – कुँवर
पोखरा, १५ असार । प्रदेश नम्बर ४ का प्रमुख बाबुराम कुँवरले संस्कृत भाषालाई अपहेलना गर्नु भनेको मातापिताको अपमान गरे जस्तै भएको बताएका छन् । आधुनिकिकरणका नाममा संस्कृत, विज्ञान, भाषा, ज्ञान र क्षमतालाई अपहेलना गर्न खोज्नु दुर्भाग्यपूर्ण भएको उनको भनाई छ । उनले संस्कृतलाई ब्राम्हणको भाषा र भाषाको माध्यम मात्र भन्नु गलत भएको उल्लेख गरे ।...
गण्डकी मेडिकल कलेजमा नेपाल स्वास्थ्यकर्मी संघको इकाइ
पोखरा, १३ असार । पोखराको पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेजमा नेपाल स्वास्थ्यकर्मी संघको इकाइ गठन गरिएको छ । स्वास्थ्यकर्मी दीपक कार्कीको अध्यक्षतामा गठित इकाइको बरिष्ठ उपाध्यक्षमा डा. शंकर पौडेल, उपाध्यक्षमा शोकमणी सुवेदी, सचिवमा राजन पोखरेल, कोषाध्यक्षमा अमृत पौडेल छन् । इकाइको सदस्यहरुमा हरिबहादुर बस्नेत, सूर्यबहादुर कार्की, प्रदीप न्यौपाने, जीवन खड्का, साबित्री पराजुली र बुद्विबहादुर थापा छन्...
पोखरा – २१ मा हुने रोपाई महोत्सवको तयारी पुरा
पोखरा १२ असार । राष्ट्रिय धान दिवसको अवसरमा कृषि सञ्जाल पोखरा लेखनाथ महानगरपालिका वडा नं. २१ ले असार १५ गते पोखरामा गर्ने प्रथम असारे रोपाई महोत्सवको तयारी पुरा भएको छ । ‘कृषिमा प्राथमिकता, वडा नं. २१ लाई कृषिमा आत्मनिर्भरता’ भन्ने नाराका साथ आयोजना हुने प्रथम रोपाईं महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजक समितिका संयोजक उमानाथ...
‘स्वानुभवयोगभूषण’ पुस्तकको विमोचन
पोखरा, १० असार । स्व. खरदार रत्नमान उदासद्वारा लिखित ‘स्वानुभवयोगभूषण’ पुस्तक विमोचन गरिएको छ। पोखरामा आयोजित कार्यक्रमबीच अखिल नेपाल बौद्ध संघका भिक्षु भन्ते महास्थवीरले पुस्तकको विमोचन गरेका हुन् । स्व. खरदार रत्नमानका छोरा दुधमान उदासको ९७ औं जन्मदिनको अवसरमा पुस्तक विमोचन गरिएको हो । स्व. खरदार रत्नमानले २००२ सालमा लेखेको उक्त पुस्तक उदास परिवारद्धारा दोस्रो...
पोखरा-१ मा प्रस्तावना लेखन तालिम
पोखरा, ९ असार । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा बगर र महिला उद्यमी संघ कास्कीको संयुक्त आयोजनामा शनिवार पोखरा १ मा प्रस्तावना लेखन तालिम सम्पन्न भएको छ । तालिममा ६५ जना महिला सहभागी थिए । तालिममा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा बगर र महिला उद्यमी संघ कास्कीकी सल्लाहकार सीता गुरुङले सहजीकरण गरेकी थिइन्...
बिग एफएममा ७ वर्षपछि स्टेशन म्यानेजर, युवा पत्रकार रञ्जन अधिकारी निुयक्त
पोखरा, ९ असार  । पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएम १०१.२ को स्टेशन म्यानेजरमा युवा पत्रकार रञ्जन अधिकारी नियुक्त भएका छन् । पोखरा ब्रोडकास्टिङ मिडिया प्रालि.ले सात बर्षदेखि रिक्त रहेको सो पदमा अधिकारीलाई नियुक्त गरेको हो । स्टेशन म्यानेजरको जिम्मेवारी पाएका अधिकारी विगत १० वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । २०७० देखि एफएमकै समाचार विभागमा कार्यरत...
पोखरामा योग दिवस मनाइयो
पोखरा, ७ असार । बिहीवार २१ जुन, चौथो अन्तर्राष्ट्रिय योग दिवस । यस दिवसको अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गरियो । पतञ्जली योग समिति, प्रदेश ४ समितिले त्रिदिवसीय कार्यक्रम अन्तगर्त दिवसका अवसरमा योगका प्रक्रियाहरु सम्बन्धमा वृहत प्रशिक्षण कार्यक्रम ग¥यो । सिर्जनाचोक स्थित ह्वाइटहाउस पार्टी प्यालेसमा बिहान ५ बजेदेखि साढे ६ बजेसम्म योग कार्यक्रम भएको थियो...
योग दिवसमा विभिन्न कार्यक्रम गरिने
पोखरा, ५ असार । जुन २१, अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरामा पनि विभिन्न कार्यक्रम गरिने भएको छ । संयुक्त राष्ट्र संघले सन् २०१४ पछि मनाउन थालेको यो दिवसमा विश्वमा विभिन्न कार्यक्रम आयोजना गरिन्छन् । चौथौं अन्तर्राष्ट्रिय योग दिवसमा प्रभातफेरि, योग प्रशिक्षण लगायतका कार्यक्रम गरिने पतञ्जली योग समिति, प्रदेश ४ समितिले जानकारी दिएको छ । मंगलबार...
पोखरा – १४ मा ज्येष्ठ नागरिकका लागि शिविर
पोखरा, ३० जेठ । पोखरा लेखनाथ महानगरपालिका स्वास्थ्य महाशाखाले ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ मा आयोजित शिविरमा दुई सय ९० जना ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । शिविरमा स्वास्थ्यकर्मी सरिता थापा र रक्षा पोख्रेल सहितको नौ जनाको स्वास्थकर्मीको टोलीले उपचार सेवा प्रदान गरेको थियो ।...