पोखरा सेरोफेरो

लायन्स र कारितासद्वारा सचेतना कार्यक्रम
पोखरा, १४ साउन । पोखरामा आइतबार रसायनिक विषादीले मानव स्वास्थ्य र पर्यावरणमा पार्ने असर बारे सचेतनामूलक कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ पोखरा पिस टाउन र कारितास नेपाल पोखराले संयुक्त रुपमा पोखरा महानगरपालिका वडा नं ७ स्थित श्रीकृष्ण माविमा कार्यक्रम गरेकोे हो । कार्यक्रममा नाटकको माध्यमबाट विषादीले मानवस्वास्थ्य र पर्यावरणमा पार्ने असर तथा त्यसबाट...
सुनचाँदी व्यवसायी संघ कास्कीको पाँचौं वार्षिक साधारणसभा
पोखरा, १४ साउन । सुनचाँदी व्यवसायी संघ कास्कीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । त्यसअवसरमा संघको भवन खरिदका लागि आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । साधारणसभाले महासचिव मनबहादुर लाम्गादेले प्रस्तुत गरेको वार्षिक र कोषाध्यक्ष सोभितमान बुद्वाचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । साधारणसभा उद्घाटन गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष...
नेल्टा गण्डकी अध्यक्षमा डा. न्यौपाने
पोखरा, १३ साउन । नेपाल अङ्ग्रेजी भाषा शिक्षक संगठन (नेल्टा) गण्डकीको प्रथम अधिवेशनले डा. नवराज न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको बरिष्ठ उपाध्यक्षमा कमलराज लम्साल, उपाध्यक्षमा रामचन्द्र पोखरेल, महासचिवमा लक्ष्मणबाबु आचार्य, सचिवमा पिताम्बर पौडेल, कोषाध्यक्षमा विष्णुहरि बास्तोला, सदस्यता सचिवमा केशवप्रसाद कँडेल छन्। समितिको सदस्यहरुमा मिनु कुँवर श्रेष्ठ, विनोद न्यौपाने, उपेन्द्रबाबु ढकाल, लालप्रसाद...
लायन्स माउण्टेन भ्यू सिटीद्वारा बृक्षरोपण
पोखरा, १२ साउन । लायन्स क्लब अफ पोखरा माउण्टेन भ्यू सिटीले पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोटमा शनिवार बृक्षरोपण गरेको छ । स्थानीय कालिका मावि परिषरमा आयोजित कार्यक्रममा विभिन्न प्रजातिका ७० बिरुवा रोपिएको छ । हालै स्थापना भएको क्लबले बृक्षरोपणबाट आफ्नो कार्य शुरु गरेको हो । रिजन चेयर पर्सन शिव श्रेष्ठले क्लबका अध्यक्ष टिकाराम ‘माधव’...
आन्दोलन तयारीका लागि पोखरा – १० मा काँग्रेसको भेला
पोखरा, ११ साउन । कास्की काँग्रेसले साउन १५ मा पोखरामा गर्न लागेको सरकारको अधिनायकवाद विरुद्वको प्रदर्शनलाई लक्षित गरी  पोखरा – १० मा भेला, छलफल र बैठक भएको छ । पोखरा महानगरपालिका भित्रका सवै वडामा आन्दोलन तयारी स्वरुप भेला, छलफल र बैठक गर्ने कास्की काँग्रेसको निर्णय अनुसार पोखरा – १० मा पनि भएको हो । कास्की...
प्रकाशले जन्मदिनमा बटुकलाई भोजन गराए
पोखरा, ९ साउन । जन्मदिन मनाउन भन्दै पछिल्लो समय फजुल खर्च गर्ने क्रम बढ्दै गएको छ । तर पोखराका एक युवाले भने फरक ढंगले जन्मदिन मनाएका छन् । जन्मदिनमा गरिने खर्चबाट उनले बटुकहरुलाई एक छाक भोजन गराएका छन् । पोखरा महानगरपालिका वडा नं २८ कालिका घर भई हाल पोखरा – १ मा बस्दै आएका प्रकाशरमण...
वैदेशिक रोजगार कास्कीद्वारा आश्रमलाई सहयोग
पोखरा, ३१ असार । वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघ कास्कीले पोखरा महानगरपालिका वडा नं १७ स्थित मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । संघले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो । संघले दाल, चामल, तेल, नुन, चाउचाउ र जुस गरी करिव ३७ हजार मूल्य बराबरको खाद्यान्न सामाग्रंी सहयोग गरेको हो ।...
कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट राजबहादुर गुरुङ सम्मानित
पोखरा, २९ असार । कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार – २०७५ बाट पत्रकार राजबहादुर गुरुङ सम्मानित भएका छन् । पुरस्कारकी संस्थापक तमु धिं नेपालकी अध्यक्ष कर्मा गुरुङको ३९ औ वैवाहिक वर्षगांठको अवसरमा शुक्रबार सो पुरस्कार प्रदान गरिएको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, तमु धिं नेपालकी अध्यक्ष कर्मा गुरुङ, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीका...
सृजनशीलद्वारा विद्यार्थीलाई सम्मान
पोखरा, २४ असार । पोखरा महानगरपालिका वडा नं ४ गणेशटोल स्थित सृजनशील महिला समूहले एसईई उतिर्ण विद्यार्थीलाई सम्मान गरेको छ । समूहले कृष्मा पोखरेल, आत्मनन्द पौडेल, सुप्रिया कोइराला, विजय पौडेल र प्रसन्न अधिकारीलाई सम्मान गरेको कार्यक्रम संयोजक कल्पना पौड्यालले जानकारी दिईन् । विद्यार्थीलाई सम्मान गर्दै बुढानिलकण्ठ मन्दिर संरक्षण समितिका अध्यक्ष श्याम बहादुर कोइरालाले यस्तो सम्मानले...
सच्चाई काँहुखोला शाखाद्वारा विद्यार्थीलाई सम्मान
पोखरा, २३ असार । ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल शाखा काँहुखोला सच्चाई परिवार पोखरा – १३ ले शनिवार एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । कार्यक्रममा एसईई उतिर्ण गर्ने सच्चाई परिवारका सदस्यका २२ जना छोराछोरीलाई सम्मान गरिएको थियो । पोखरा महानगरपालिका वडा नं १३ का वडाध्यक्ष दर्शन लामा, अध्यक्ष रामजी केसी र सहउपाध्यक्ष...
कास्कीलाई अपाङ्गता मैत्री जिल्ला बनाऔं – गुरुङ
पोखरा, २१ साउन । अपाङ्गता मैत्री समाज कास्कीको प्रथम अधिवेशन तथा साधारणसभा पोखरामा बिहीबार सम्पन्न भयो । साधारणसभाले सचिव दण्डपाणि ढकालले प्रस्तुत गरेको वार्षिक र कोषाध्यक्ष चिज गिरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । यसअघि अधिवेशन उद्घाटन गर्दै प्रमुख अतिथि महिला नेतृ सरस्वती गुरुङले अपाङ्गता भएकालाई दया र माया नभएर नीतिगत रुपमा नै...
प्रवेश परीक्षा खारेजीको विरोध
पोखरा, १९ असार । विभिन्न तीन विद्यार्थी संगठनले पोखराको पृथ्वीनारायण क्याम्पसमा एलएल.बीका लागि लिइएको प्रवेश परीक्षा खारेज गरेकोप्रति विरोध जनाएका छन् । ती विद्यार्थी संगठनले प्रवेश परीक्षा खारेज गर्ने कानुन संकाय डिन कार्यालयको निर्णय फिर्ता लिन माग गर्दै मङ्गलबार क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । नेल्सा पि.एन अध्यक्ष नवीन घिमिरे, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष...