पोखरा सेरोफेरो

महन्त उपाध्यायको निधन
पोखरा, २५ माघ । पोखरा–२५ हेमजा मिलनचोक निवासी महन्त लक्ष्मीशरण उपाध्यायको विहीबार निधन भएको छ । ८२ वर्षिय उपाध्यायको बिहान आफ्नै निवासमा निधन भएको हो । स्वर्गीय उपाध्ययाको बिहीबार नै अन्येष्टि गरिएको छ । स्वर्गीय उपाध्यय विगत ५ वर्ष देखि मृगौलाको समस्याबाट पिडित थिए । स्वर्गीय उपाध्यायका दुई छोराबुहारी, तीन छोरी, १० नातिनातिना र तीन...
प्रजातन्त्र सेनानी रेग्मीको निधन
पोखरा, ४ माघ । कास्कीका अग्रज काँग्रेस नेता प्रजातन्त्र सेनानी केशवराज रेग्मीको ७३ वर्षको उमेरमा बिहीबार निधन भएको छ । पोखरा विन्ध्यवासिनी घर भएका रेग्मीको राजधानी सामाखुशीस्थित बहिनीको घरमा अपरान्ह चार बजे निधन भएको हो । रेग्मी विगत १५ वर्षदेखि दम रोगबाट प्रभावित छन् । उनका दुई श्रीमती र ५ जना दिदीबहिनी छन् । उनको...
युनियन संघले सम्मान तथा प्रशिक्षण गर्ने
पोखरा, १ माघ । नेपाल निजामति कर्मचारी युनियन संघ गण्डकीले पोखरामा माघ ५ गते सम्मान तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी, नेपाल निजामति कर्मचारी युनियन संघ कास्की र नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) को व्यवस्थापनमा कार्यक्रम हुन लागेको हो । कार्यक्रम पोखरा लेकसाइडस्थित कोमागाने पार्कमा हुने छ ।...
लक्ष्मी स्मृति पुरस्कारबाट उपकुलपति गुरुङ पुरस्कृत
पोखरा, २० पुस । यसपटकको लक्ष्मी सिग्देल स्मृति पुरस्कारबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङलाई पुरस्कृत गरिएको छ । पोखरामा शुक्रबार आयोजित कार्यक्रमबीच गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, पृथ्वीधर सिग्देल समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देल र पुरस्कार संस्थापक शरदकान्त सिग्देलले उनलाई सो पुरस्कारबाट सम्मान गरेका हुन् । पुरस्कारको राशि नगद ३० हजार पाँच सय ५५...
उपकुलपति गुरुङलाई लक्ष्मी स्मृति पुरस्कार
पोखरा, १६ पुस । यसपटकको लक्ष्मी स्मृति पुरस्कारबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङलाई सम्मान गरिने भएको छ । प्रा. तारा बरालको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले उनलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा सहप्राध्यापक रामगोपाल ढेवाजु र बरिष्ठ पत्रकार रवीन्द्र बास्तोला सदस्य थिए । पुरस्कारको राशी नगद ३० हजार...
मेलमिलाप दिवसमा प्रवचन
पोखरा, १५ पुस । ४३ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पोखरामा पुस १६ गते कार्यक्रम गरिने भएको छ । कास्की काँग्रेसले पार्टी कार्यालय चिप्लेढुङ्गामा प्रवचन कार्यक्रम गर्न लागेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । कार्यक्रमको तयारी पूरा भएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीका अनुसार, पार्टीका उपसभापति विजयकुमार गच्छादारको प्रमुख आतिथ्यतामा कार्यक्रम हुन...
सुरजलाई आर्थिक सहयोग
पोखरा, १ पुस । आर्थिक अभावमा रहेका प्यारालाईसिस बिरामी गोरखा धार्चे गाउँपालिका वडा नं ५ का ११ वर्षिय सुरज गुरुङको उपचारार्थ आर्थिक सहयोग गरिएको छ । गोरखा जिल्ला गुरुङ समाज युकेले उनलाई एक लाख ७१ हजार नौ सय ३० रुपैया आर्थिक सहयोग गरेको हो । समाजसेवी टेकबहादुर गुरुङको पहलमा समाजले उनलाई सहयोग उपलब्ध गराएको बताइएको...
तरुण दल कास्कीको उपसभापतिमा गुरुङ
पोखरा, १ पुस । नेपाल तरुण दल कास्कीको उपसभापतिमा दिपक गुरुङ (माइला)लाई मनोनयन गरिएको छ । तरुण दल कास्कीको आइतबार सम्पन्न बैठकले गुरुङलाई उपसभापतिमा मनोनयन गरेको हो । बैठकमा तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले उपसभापतिमा दिपक गुरुङलाई गरेको प्रस्ताव सर्वसम्मत पारित गरेको थियो । पोखरा महानगरपालिका वडा नं १३ निवासी गुरुङ साविकको नेपाल तरुण...
पोखराबाट महिलाहरुले भने – ‘सरकार सक्छस् न्याय दे, नसके राजीनामा दे’
पोखरा, २५ मङ्सिर । १६ दिने महिला हिंसा बिरुद्वको अभियान अन्तर्गत पोखरामा प्रदर्शन गरिएको छ । नेपाल महिला संघ क्षेत्र नं २ कास्की र नेपाल महिला संघ कास्कीले संयुक्त रुपमा प्रदर्शन गरेको हो । पोखरा चिप्लेढुङ्गास्थित नेपाली काँग्रेसको कार्यालयबाट शुरु भएको प्रदर्शन महेन्द्रपुल हुदै वीपी चोक पुगेको नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाटले जानकारी...
लायन्स क्लब अफ पोखरा माउण्टेन भ्यू-सिटीद्वारा विद्यार्थीलाई सहयोग
पोखरा, २३ मंङ्सिर । लायन्स क्लब अफ पोखरा माउण्टेन भ्यू-सिटीले विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले पोखरा महानगरपालिका वडा नं १६ हरिपाउस्थित हरिसिद्वि आधारभूत विद्यालयका ४५ जना विद्यार्थीलाई न्यायो कपडा र शैक्षिक सामाग्री वितरण गरेको हो । विद्यार्थीलाई स्वीटरलगायत टोपी, ट्राउजर, हाइनेक, मोजा, चप्पल, कापी, पेन्सिल, इरेजर, साबुन, मन्जन, ब्रस...
फिष्टेल एकेडेमीमा रक्तदान
पोखरा, २२ मंसिर।  पोखरा १७ पार्दीस्थित फिष्टेल एकेडेमीको रजत जयन्तीको अवसरमा शनिवार रक्तदान कार्यक्रम गरिएको छ। रक्तदानसँगै विद्यालयले रजत जयन्तीका कार्यक्रम शुभारम्भ गरेको छ। रजत जयन्तीमा आयोजना गरिने अन्य कार्यक्रम क्रमशः तय गरिने विद्यालयले जनाएको छ।  विद्यालयका संस्थापक प्राचार्य चिनु रानाभाटले रजत जयन्तीसँगै विद्यालयले आफ्नो भूमिका थप फराकिलो बनाउने उल्लेख गरे। ‘अब विद्यालय परिपक्व बनेको...
नेल्टाको दुई हप्ते तालिम
पोखरा, १४ मंसिर । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) ले पोखरामा आयोजना गरेको दुई हप्ते पशु प्रजनन तथा कृत्रिम गर्भाधान तालिम बिहीबार सकिएको छ । पशु सेवा तालिम केन्द्र पोखराको संयोजनमा आयोजित तालिममा चितवन, सुर्खेत, बाग्लुङ, बारा, जाजरकोट, रौटहट, काभ्रे लगायतका जिल्लाका १५ जना सहभागि थिए। तालिमका सहभागिलाई प्रमाणपत्र वितरण गर्दै पूर्व कानुन...