पोखरा सेरोफेरो

देवीलाल सापकोटा स्मृति समाजसेवी सम्मान गंगाबहादुरलाई
पोखरा, १८ असार । देवीलाल सापकोटा स्मृति समाजसेवी सम्मानबाट पोखरा–२५ हेमजाका समाजसेवी गंगाबहादुर कुँवरलाई सम्मान गरिएको छ । लायन्स क्लब अफ पोखरा लालिगुराँसले एक कार्यक्रमको आयोजना गरी सापकोटाका परिवारले स्थापना गरेको अक्षयकोषबाट उनलाई सम्मान गरेको हो । पोखरा महानगरपालिका वडा नं. २५ का वडाध्यक्ष शोभाकर तिमिल्सिना, लायन्स क्लब ३२५ बी १ कलस्टर १० का कलस्टर...
संगम टोलका योजना
पोखरा, १६ असार । ‘हामी सवै जुट्यौ भने असम्भव केही छैन, हामी प्रतिबद्व छौं’ हाम्रो टोल सुन्दर बनाउछौं भन्ने मूल नाराका साथ पोखरा–१३, स्थित संगम टोल विकास संस्थाले टोललाई व्यवस्थित बनाउनका लागि विभिन्न योजना सहितका कार्यक्रम अघि सारेको छ । संस्थाले टोलभित्र छाडा वा पालिएका कुकुर नियन्त्रण गर्ने, बालबालिकालाई बाटोमा खेल्न नदिने सिसि क्यामेरा जडान...
औषधि व्यवसायी संघको रक्तदान
पोखरा, ११ असार । नेपाल औषधि व्यवसायी संघ, गण्डकी शाखाले स्थापना दिवस अवसरमा रक्तदान कार्यक्रम गरेको छ । जसमा ७६ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सञ्जीव देवकोटाले जानकारी दिए । संघका केन्द्रीय सचिव यमनाथ पौडेलले पहिलोपटक रक्तदान गर्न लागेका रक्तदाता सविन अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे । उनले पोखरा र आसपासको...
नेपाल मुस्लिम संघ पोखरा गठन
पोखरा, १ असार । मुस्लिमहरुको पोखरामा सम्पन्न भेलाले अब्दुल रसिद मियाको अध्यक्षतामा नेपाल मुस्लिम संघ पोखरा महानगर समिति गठन गरेको छ । समितिको उपसभापतिमा लिल्ला मिया, सचिवमा मोहम्मद इर्साद, उपसचिवमा उमर मिया ,कोषाध्यक्षमा तैयव अलि मिया ,सह कोषाध्यक्षमा रविना खातुन छन् । समितिको सदस्यमा इर्साद मिया , साइद मिया , फैसल अलि मिया , ईमान...
प्रेस युनियन कास्कीमा अवार्ड स्थापना
पोखरा, ६ जेठ । नेपाल प्रेस युनियन कास्कीले कार्य समितिका पदाधिकारी एवं सदस्यलाई प्रोत्साहन गर्न अवार्ड स्थापना गरेको छ । प्रेस युनियन कास्कीका अध्यक्षले सल्लाहकारहरुसँगको सल्लाहमा कार्यसमितिका पदाधिकारी एवं सदस्यमध्यमा उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गर्ने गरी अवार्ड स्थापना गरिएको हो । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रेस युनियनको स्थापना...
काँग्रेस कास्कीद्वारा जागरण अभियानका थप कार्यक्रम तय
पोखरा, ४ जेठ । हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाली काँग्रेस कास्कीले राष्ट्रिय जागरण अभियानका लागि थप कार्यक्रम तय गरेको छ । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीको उपस्थितिमा शनिबार पार्टी कार्यालयमा बसेको बैठकले जागरण अभियानका थप कार्यक्रम तय...
प्रेस युनियन कास्की विरोध प्रदर्शन गर्दै
पोखरा, १ जेठ । सञ्चार माध्यममाथि अंकुश लगाउने प्रस्तावित विधेयक विरुद्ध नेपाल प्रेस युनियन कास्कीले बिहिवार विरोध प्रदर्शन गर्ने भएको छ । वर्तमान सरकारले यो वा त्यो वहानामा मिडियालाई नियन्त्रण गर्ने नियत राखेर ल्याउने तयारी गरेको विधेयक खारेजीको माग गर्दै प्रदर्शन गर्न लागेको नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले जानकारी दिए । सरकारले संसदमा...
पोखरामा गण्डकी प्रदेशस्तरीय फेमिलियर सेमिनार हुदै
पोखरा, २७ वैशाख । वल्र्ड मार्ट युनिक सोलुसन प्रा.लिले पोखरामा २८ गते शनिवार गण्डकी प्रदेश स्तरीय फेमिलियर सेमिनार गर्ने भएको छ । प्रालिले गरेका महत्वपूर्ण काम र उत्पादनका बारेमा जानकारी दिने उदेश्यले सेमिनार गर्न लागिएको हो । सेमिनारमा स्वास्थ र सौन्दर्यसँग सम्बन्धित हेयर केयर तथा स्किन केयरका सामाग्रीहरु, स्वास्थको लागि अर्गानिक ग्रीन टी र मह...
प्रेस युनियन कास्कीको भित्तेपात्रो लोकार्पण
पोखरा, २५ वैशाख । नेपाल प्रेस युनियन कास्कीले नव वर्ष – २०७६ को अवसरमा प्रकाशित गरेको भित्तेपात्रो बुधबार लोकार्पण गरिएको छ । नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको रुपमा परिचित प्रेस युनियन कास्कीले पहिलो पटक भित्तेपात्रो प्रकाशनमा ल्याएको हो । भित्तेपात्रो लोकार्पण गर्दै नेपाली काँग्रेसका महामन्त्री एवं भुतपुर्व सञ्चार मन्त्री पुर्ण बहादुर खड्काले सरकारको अधिनायकवादी चरित्रका कारण...
पोविविको घटनामा कास्की काँग्रेसले भन्यो – ‘समस्या समाधान प्रहरी प्रशासनको बल प्रयोगबाट हुन सक्दैन’
पोखरा, १६ वैशाख । नेपाली काँग्रेस कास्कीले पोखरा विश्वविद्यालयमा भैरहेको आन्दोलन र असहज परिस्थितिप्रति ध्यानाकर्षण भएको जनाउँदै तत्काल समस्या समाधान गर्न माग गरेको छ । विश्वविद्यालय परिषरमा प्रहरीको परेड, रक्तमुछेल, लाठिचार्ज, गिरफ्तारी र धरपकड नसुहाएको भन्दै घटनाको निन्दा गरेको छ । विज्ञप्तिमा समस्या समाधान प्रहरी प्रशासनको बल प्रयोगबाट हुन नसक्ने जनाइएको छ । कास्की काँग्रेसका...
साथी शिक्षकलाई तालिम
पोखरा, १६ वैशाख । नेपाल परिवार नियोजन संघ कास्कीले साथी शिक्षकहरुका लागि दुई दिने वृहत्त सघन यौनिकता शिक्षा सम्वन्धी तालिम गरेको छ । तालिममा २० जना साथी शिक्षक सहभागि थिए । तालिममा विष्णु दाहाल, नारायणी त्रिपाठी, दिक्षा पराजुली, एमनाथ पौडेल, नवराज तिवारी, गिता जोशी, सम्पूर्ण गौतम र दिज्सन ढकालले सहजीकरण गरेका थिए । तालिम समापनमा...
काँहुखोलामा निःशुल्क स्वास्थ्य शिविर
पोखरा, १५ वैशाख । स्वास्थ्य नै धन हो भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा नं १३ काँहुखोलामा निःशुल्क स्वास्थ्य शिविर भएको छ । जनकल्याण समिति र सत्य युवा क्लबको संयुक्त आयोजना तथा विनायक फर्म काँहुखोलाको व्यवस्थापनमा शिविर भएको हो । शिविरबाट चार सय जना लाभान्वित भएको विनायक फर्मका संचालन नारायण बरालले जानकारी दिए ।...