पोखरा सेरोफेरो

प्रेस युनियन कास्कीलाई पुरस्कार अक्षयकोष रकम हस्तान्तरण
पोखरा, २९ असोज । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्ने पूर्णप्रसाद, स्वर्गीय मायादेवी शान्ति पत्रकारिता पुरस्कारको अक्षयकोष रकम मङ्गलबार हस्तान्तरण गरिएको छ । पूर्णप्रसाद बराल, स्वर्गीय मायादेवी बराल प्रतिष्ठानका अध्यक्ष तथा बराल दम्पत्तीका छोरा समाजसेवी धर्मराज बराल ‘भोला’ ले युनियनका अध्यक्ष नवीन सिग्देललाई ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाको चेक हस्तान्तरण गरेका थिए...
एनआरएनए युवा संयोजकमा पोखराका गुरुङको उम्मेद्वारी
पोखरा, २७ असोज । पोखरा २७ रिठेपानी घर भएका हिमाल गुरुङले गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिको नवौं अधिवेशनमा युवा संयोजकमा उम्मेद्वारी दिने भएका छन् । विगत १२ वर्षदेखि नेदरल्याण्डमा रहदै आएका उनले गैर अवासिय नेपाली संघ नेदरल्याण्डको सदस्यहुदै अध्यक्षसम्मको भूमिका निर्वाह गरिरहेका छन् । उनी समन्वय समितिको सदस्य पनि हुन् । अधिवेशन असोज...
उपचारका लागि खड्कालाई आर्थिक सहयोग
पोखरा, २७ असोज । आर्थिक अभावका कारण उपचारमा समस्या झेल्दै आएका ३५ वर्षीय राकेश खड्कालाई आर्थिक सहयोग गरिएको छ । बागलुङ्को सिगाना घर भई विगत २० वर्षदेखि पोखरा ८ इन्द्रपुरी टोलमा बस्दै आएका उनलाई १ लाख १५ हजार आर्थिक सहयोग गरिएको हो । काठमाण्डौ १० भोटेवहाल घर भई अमेरिका टेक्सास बस्दै आएकी रिमकुमारी मुल्मीको पहल...
काँग्रेस अगुवा नेता गुरुङको निधन
पोखरा, १५ असोज । नेपाली काँग्रेसका क्रियाशील सदस्य एवं अगुवा नेता मिजुरे निवासी जोखबहादुर गुरुङको ७७ वर्षको उमेरमा मङ्गलवार निधन भएको छ । केही समयदेखि बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको हो । उनको मिजुरे रबैडाडाँस्थित घाटमा अत्येष्टि गरिएको छ । उनको पार्थिक शरिरमा नेपाली काँग्रेस महासमिति सदस्य गिरिराज गौतम, जिल्ला सदस्य ओमप्रकाश गुरुङ,...
बगरमा व्यवसायीको शुभकामना
पोखरा, १२ असोज । विजयादशमी, दिपावली, नेपाल सम्वत्, इद र छठ पर्वको अवसरमा बगर व्यवसायी कल्याणकारी समितिले शनिवार शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा व्यवसायी र शुभेच्छुकको सहभागिता रहेको थियो । त्यस अवसरमा पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले सबै व्यवसायीको हित हुने गरी संस्थाप्रतिको आकर्षण बढाउनुपर्ने उल्लेख गरे । पोखरा उद्योग...
पोखरा १३ र याङ्जाकोटमा काँग्रेस जागरण, दोषारोपण नगरौं, जिम्मेवारी वहन गरौ – शर्मा
पोखरा, ५ असोज । नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत दोस्रो चरणमा क्षेत्र नं १(ख) कास्कीका विभिन्न स्थानमा जागरणसभा भएको छ । त्यसक्षेत्र अन्तर्गत पोखरा १३ र मादी गाउँपालिकाको याङ्जाकोटमा छुट्टाछुट्टै जागरणसभा भएको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए । पोखरा १३ मा आयोजित जागरणसभासँगै वडा कार्यसमिति पोखरा १३ समायोजन गरिएको छ ।...
वडाध्यक्षसहित पक्राउ गरेकालाई रिहा गर्न कास्की काँग्रेसको माग
पोखरा, ३१ भदौं । माछापुच्छ«े गाउँपालिका वडा १ का वडाध्यक्ष वीरेन्द्र गुरुङ र तरुण दलका विपुल शर्मालाई पक्राउ गरिएकोमा नेपाली काँग्रेस कास्कीले गम्भीर ध्यानाकर्षण जनाएको छ । कास्की काँग्रेसका कार्यवाहक सभापति आइबहादुर गुरुङले मंगलबार जारी गरेको विज्ञप्तिमा पक्राउ गरिएकालाई तत्काल बिना सर्त रिहा गर्न माग गरेका छन् । वडाअध्यक्ष वीरेन्द्र गुरुङ, अध्यक्षका प्रत्यासि उम्मेद्वार खुशीमान...
कास्की क्षेत्र नं १ का विभिन्न स्थानमा जनजागरणसभा
पोखरा, २७ भदौ । राष्ट्रिय जनजागरण अभियानको दोस्रो चरण अन्तर्गत नेपाली काँग्रेसले कास्की क्षेत्र नं १ का विभिन्न स्थानमा सभा गरेको छ । काँग्रेसले पोखरा १२, पोखरा ३०, रुपा गाउँपालिका १ र २ मा जनजागरणसभा गरेको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए । सभामा बोल्ने वत्ताले काँग्रेसले मात्रै मुलुकको हित गर्ने भन्दै...
कास्की काँग्रेसले ३ वटै क्षेत्रमा वृक्षरोपण गर्ने
पोखरा, २४ भदौ । नेपाली काँग्रेस कास्कीले कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा वृक्षरोपण गरी जनजागरण अभियानको दोस्रो चरण शुभारम्भ गर्ने भएको छ । हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेसको राष्ट्रिय जागरणको दोस्रो चरण कास्कीमा भदौ २४ गते ३ वटै निर्वाचन क्षेत्रमा वृक्षरोपण गरी शुभारम्भ गरिने जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । क्षेत्र नं १ र...
कास्की काँग्रेसद्वारा जनजागरणका लागि समिति गठन
पोखरा, २२ भदौ । नेपाली काँग्रेस कास्कीले दोस्रो चरणको जनजागरण अभियानलाई लक्षित गरी २ वटा समिति निर्माण गरेको छ । कास्की काँग्रेसको बैठकले अभियानलाई प्रभावकारी बनाउनका लागि प्रचार र अनुगमन समिति गठन गरेको हो । पार्टीले जिल्ला सदस्य एवं नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको संयोजकत्वमा प्रचार समिति गठन गरेको छ। समितिको सदस्यमा जिल्ला...
कास्की काँग्रेसको क्षेत्र नं १ र २ मा समायोजन
पोखरा, २० भदौ । नेपाली काँग्रेस कास्कीले स्थानीयतह पुनसंरचना अनुसार क्षेत्र नं १ र २ मा समायोजन गरेको छ ।  सम्बन्धित क्षेत्रका महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य र वडा सभापतिको भेलाले २ क्षेत्रमा समायोजन गरेको हो ।  स्थानीय तह संगठन पुनसंरचना अन्तरिम व्यवस्था निर्देशिका २०७६ अनुसार समायोजन गरिएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।  कास्की...
गुरुकुल हाजिरीजवाफमा विन्ध्यवासिनी प्रथम
पोखरा, १५ भदौ । संस्कृत युवा मञ्च नेपालले कास्की जिल्लास्तरीय गुरुकुल हाजिरीजवाफ प्रतियोगिता गरेको छ । कास्कीका ९ वटा गुरुकुल आश्रमका १८ समूहको सहभागिता रहेको प्रतियोगितामा विन्ध्यवासिनी गुरुकुल विद्याश्रम प्रथम, सिद्व परोपकार वैैद्विक गुरुकुल आश्रम द्वितीय र विन्ध्यवासिनी गुरुकुल विद्याश्रम तृतीय भएका छन्। विजेता समूहलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार सहित...