पोखरा सेरोफेरो

वात्सायन वृद्वाश्रमलाई सहयोग
पोखरा, १४ असार । पोखरा १४ बाच्छेबुडुवास्थित वात्सायन वृद्वाश्रमलाई सहयोग गरिएको छ । स्व. दयाराम अधिकारीको स्मृतिमा श्रीमती डल्ली अधिकारी र छोरी लक्ष्मी अधिकारीले २१ हजार एक सय ११ सहयोग गरेका छन् । त्यस्तै, पोखरा १४ चाउथेका धर्मराज केसी र विष्णु केसीले १५ हजार पाँच सहित मास्क र सेनिटाइजर सहयोग गरेका छन् । ति सहयोग...
विभिन्न व्यत्तिद्वारा सहयोग
पोखरा, ११ असार । पोखरा महानगरपालिका वडा नं ३२ निवासी समाजसेवी एलिशा केसीले स्कूल टोलमा सहयोग गरेकी छन् । उनले मृगौला रोगी धनबहादुर गुरुङलाई खाद्यान्न र मास्क तथा टोलबासीलाई मास्क वितरण गरेकी हुन् । त्यस्तै, उनले राधाकृष्ण मन्दिरलाई तिन बोरा चामल सहयोग गरेकी थिइन् । लकडाउनपछि समस्यामा परेकालाई सहयोग गरेको बताइन् । उनी मातृभूमि लागि...
तरुण दल कास्कीद्वारा सहयोग
पोखरा, ४ असार । नेपाल तरुण दल कास्कीले लकडाउनपछि विभिन्न खाले समस्यामा परेका परिवारलाई सहयोग गर्ने अभियान जारी राखेको छ । विशेष गरी गरीब तथा विपन्न परिवार नराम्ररी प्रभावित हुन थालेपछि त्यस्ता परिवारलाई सहयोग गर्न तरुण दल कास्कीले सहयोग अभियान शुरु गरेको थियो । तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ विभिन्न व्यक्ति तथा संघसंस्थासँग समन्वय...
कास्की काँग्रेसले पठायो ज्ञापन पत्र
पोखरा, २ असार । नेपाली काँग्रेस कास्कीले मङ्गलबार जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । काँग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा गएको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई १४ बुँदे ज्ञापन पत्र बुझाएको प्रवक्ता नवीन...
काँग्रेस नेतृ आचार्यद्वारा प्रेस युनियन कास्कीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग
पोखरा, १ असार । नेपाली काँग्रेस कास्कीकी नेतृ रङ्गिला आचार्यले नेपाल प्रेस युनियन कास्कीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेकी छन् । कास्की काँग्रेसकी सहसचिव आचार्यले नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, रविना आले र सचिव प्रदिप पौडेललाई मास्क, सेनिटाइजर र ग्लब्स हस्तान्तरण गरेकी थिइन् । कोरोना भाइरसको महामारी बढिरहेका बेला आमनागरिकलाई...
अन्नपूर्ण गाउँपालिकालाई नेलम्बो नेपालबाट स्वास्थ्य सामग्री सहयोग
पोखरा, १ असार । नेलम्बो नेपालले अन्नपूर्ण गाउँपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड—१९ को बढ्दो संक्रमण र उच्च जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले यसको संक्रमण, रोकथाम तथा नियन्त्रणमा सावधानी अपनाउनका लागि चिकित्सा सामाग्रीहरु प्रदान गरेको हो । अन्नपूर्ण गाउँपालिकालाई पि.पि.ई सेट, थर्मल गन, स्यानिटाईजर, एन नाइन फाइव मास्क,...
काँग्रेसद्वारा मादीको शिक्षा शाखा कार्यालयमा तालाबन्दी
पोखरा, २८ जेठ । नेपाली काँग्रेस मादी गाउँपालिका इकाईले गाउँपालिकाको शिक्षा शाखा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । नेपाल सरकारको शिक्षा ऐन विपरीत गाउँपालिकाले मादी ३ स्थित सिताराम माविमा आफू अनुकुल कार्यविधि बनाइ गैरअभिभावकलाई लिएर विद्यालय व्यवस्थापन समिति गठन गरेको, शिक्षा क्षेत्रमा योगदान नै नभएका व्यक्तिहरुलाई समितिमा नियुक्त गरेको भन्दै तालाबन्दी गरेको नेपाली काँग्रेस मादी...
तीन तहका सरकार असफल भएको कास्कीका पाँच दलको ठहर
पोखरा, २८ जेठ । कास्कीका पाँच राजनीतिक दलले तीन तहका सरकार कोरोना नियन्त्रण, रोकथाम र आवश्यक व्यवस्थापनमा असफल भएको ठहर गरेका छन् । पोखरामा बुधबार सम्पन्न नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राप्रपा, नेकपा मसाल, राष्ट्रिय जनमोर्चा पार्टीको सर्वदलिय बैठकले त्यस्तो ठहर गरेको हो । पोखरा सृजनाचोकस्थित जनता समाजवादी पार्टी कास्कीको कार्यालयमा अध्यक्ष गिरिप्रसाद गुरुङको अध्यक्षतामा...
कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टिका लागि उचित व्यवस्था मिलाउन कास्की काँग्रेसको माग
पोखरा, २६ जेठ । नेपाली काँग्रेस कास्कीले आमनागरिकलाई असर नपर्ने र त्रास सृजना नहुने गरी कोरोनाका कारण मृत्यु भएका व्यक्तिको अत्येष्टि गर्ने व्यवस्था मिलाउन माग गरेको छ । आमनागरिकलाई असर नपर्ने गरी र त्रास सृजना नहुने गरी अन्त्येष्टिका लागि सुरक्षित स्थानको व्यवस्था मिलाउन माग गर्दछौ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा पोखरामा कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टिका...
नेलम्बोद्वारा माछापुच्छ«े गाउँपालिकालाई सहयोग
पोखरा, २७ जेठ । नेलम्बो नेपालले कास्कीको माछापुच्छ«े गाउँपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सावधानी अपनाउन पीपीई सेट, थर्मल गन, सेनिटाइजर, मास्क, ग्लब्स, हात धुने साबुन सहयोग गरेको हो । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडी, वडा नं ६ का वडाध्यक्ष हरिश्चन्द्र ढुगांना, नेलम्बो नेपालका अध्यक्ष...
समाजसेवी अधिकारीद्वारा सहयोग
पोखरा, २४ जेठ । पोखरा १२, माटेपानी निवासी समाजसेवी विद्या अधिकारीले पोखरा ५ मालेपाटनस्थित क्वारेन्टिनमा बस्नेहरुका लागि सहयोग गरेकी छन् । उनले एक थान ३२ इन्चको लाटन टिभी, एक थान इमर्जेन्सी लाइट, ४ सय पिस ग्लब्स, ४ सय पिस मास्क, १० थान सेनीटाइजर, बेड १ सेट, ५ केस पानीका साथै हेण्डवास, मार्टीन स्प्रे गरी करीब...
जीपी कोइराला फाउण्डेशनद्वारा प्रेस युनियनलाई सहयोग
पोखरा, २५ जेठ । जीपी कोइराला फाउण्डेशन कास्कीले नेपाल प्रेस युनियन कास्कीलाई शनिवार स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । बढ्दो कोरोना संक्रमणकाबीचमा नागरिकलाई सूसुचित गराउन सक्रिय संचारकर्मीको स्वास्थ्य सुरक्षाका लागि ति सामग्री प्रदान गरिएको हो । फाउण्डेशनले गरेको कार्यक्रममा प्रतिष्ठानकी गण्डकी प्रदेश संयोजक शारदा पौडेलले प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देललाई मास्क, ग्लब्स र...